जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१

हालको खबर

  • होमपेज
  • बैंकमा थुप्रिएको ठूलो रकम परम्परागत कानूनले गर्दा लगानी हुन सकेन : अध्यक्ष ढकाल

बैंकमा थुप्रिएको ठूलो रकम परम्परागत कानूनले गर्दा लगानी हुन सकेन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरूमा ठूलो मात्रामा रकम थुप्रिएको बताएका छन् ।

साथै उनले ठूलो परिमाणमा बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको तर लगानी हुन नसकेको भन्दै यसो हुनुमा अव्यवहारिक कानून र नीतिगत अस्थिरता नै भएको पनि बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको ७१औं वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष ढकालले उद्योग व्यवसायसँग सम्बन्धित पुराना र अव्यावहारिक कानूनहरू समयसापेक्ष संशोधन नभएकै कारण लगानीकर्ताहरू उत्साहित हुन नसकेको बताए । उनले परम्परागत कानूनका कारण अझैपनि लगानीमैत्री वातावरण बन्न नसकेको बताए ।

उनले भने, ‘निजी क्षेत्रका छाता संगठनहरूको सुझावका आधारमा सरकारले ८ वटा पुराना कानून संशोधन गरेर केहि सुधार त भएको छ तर त्यो मात्र पर्याप्त छैन, अझै थुप्रै पुराना कानूनहरू संशोधन गर्नुपर्ने आवश्यकता छ ।’

साथै उनले नयाँ सरकार गठनपछि निजी क्षेत्रमा केही आशा पलाएको बताए ।उनका अनुसार निजी क्षेत्रमैत्री ऐन कानून र नीतिगत स्थायित्व भएमात्र लगानीकर्तामा लगानी गर्ने आत्मविश्वास बढ्छ ।

लुम्बिनी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले भारतीय पर्यटकलाई ठूलो संख्यामा भित्र्याएर विदेशी मुद्रा आर्जनका लागि नीतिगत सुधार गरी सीमाबाट आवत जावत सहज बनाउनुपर्ने बताए ।

महासंघको नेतृत्वमा निजी क्षेत्रले १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी सञ्चालनमा ल्याएको जानकारी गराउँदै अध्यक्ष ढकालले अब देशभरिका उद्योगी व्यवसायीले लगानीको अभावमा खुम्चेर बस्न नपर्ने बताए ।

‘ठूला परियोजनामा लगानीका लागि विदेशी लगानीकै भर पर्नुपर्छ भन्ने मान्यतालाई निजी क्षेत्रले तोडेको छ, यो कम्पनीको सेयर बन्न र कर्जा लिन सबैलाई ढोका खुला छ’, उनले भने ।

50
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका