जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनआरएनएको ४० प्रतिशत मतगणना सकियो, कुमार पन्त अगाडि

एनआरएनएको ४० प्रतिशत मतगणना सकियो, कुमार पन्त अगाडि

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ४० प्रतिशत मतगणना सकिएको छ । यद्यपि, निर्वाचन समितिले यसको आधिकारिक जानकारी भने दिइसकेको छैन ।

बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान सम्ममा ४० प्रतिशत मतगणना सकिएको एनआरएनए स्रोतले जनाएको छ । निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियाे ।

जारी मतगणनामा कुमार पन्तले अग्रता बनाएका छन् । एनआरएनए स्रोतका अनुसार, पन्तले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई ७० मतले पछि पारेका छन् ।

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन गत असोज २८ देखि सुरु भएको थियो । ३० गतेसम्मका लागि महाधिवेशन तय गरिएको भए पनि प्राविधिक तथा अन्य विवादका कारण सम्मेलन लम्बिएको छ ।

निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो ।

निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहेका छन् ।  मतगणना सकिएपछि आगामी २ वर्षका लागि यी पदहरूको पूर्ति हुनेछ

4315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका