जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • समस्याग्रस्त तीन सहकारीद्वारा निक्षेपकर्ताको रकम दुरुपयोग

समस्याग्रस्त तीन सहकारीद्वारा निक्षेपकर्ताको रकम दुरुपयोग

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई समस्या ग्रस्त सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ।

समितिले मन्त्रालयबाट समस्याग्रस्त घोषणा गरी समितिमा रहेका सहकारी संस्थाहरुमध्ये ओरेन्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्बन्धमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभूत मूल्य, मान्यता र सिद्धान्तको पालना गराउने र निश्चित सिद्धान्त र मापदण्डका आधारमा मागदाबीकर्ताहरुलाई रकम उपलब्ध गराउने व्यवस्था गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

मन्त्री श्रेष्ठले सहकारीहरुमा समस्या आउनै नदिने गरी काम गर्न कार्ययोजना बनाएर लागि पर्नुपर्नेमा जोड दिँदै आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताउनुभयो ।

सहकारी संस्थाहरुले सहकारीको मूल्य, मान्यता र सिद्धान्तले स्व–उत्तरदायी, इमानदारी, पारस्परिक सहयोगजस्ता अवधारणलाई आत्मसात् गरी सहकारीमा सुशासन प्रवर्द्धन गर्ने कानुनी जिम्मेवारीविपरीत हुने गरी कार्य गरेको कारण सहकारी संस्थाहरु समस्या ग्रस्त बनेको निष्कर्ष समितिले निकालेको छ।

समितिले निक्षेपकर्ताको बचत रकम सहकारीको उद्देश्य र सिद्धान्तविपरीत कानुनको प्रत्यक्ष बर्खिलाप हुने गरी दुरुपयोग गरेको, ऋण दिँदा जमानत वा सुरक्षण नराखी वा धितोको अस्वाभाविक बढी मूल्य कायम गरी ऋण प्रवाह गर्ने गरेको, कृत्रिम व्यवसाय खडा गरी ऋण दिने गरेका कारण समस्या उत्पन्न भएको प्रतिवेदनले देखाएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सिद्धान्त र मापदण्ड बनाएर समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने गरी समितिले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

3900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?