जोडिनुहोस
सोमवार, अशोज ७, २०८१
सोमवार, अशोज ७, २०८१
  • होमपेज
  • होसियार, बढ्दैछ अनलाइनमार्फत ठगीको घटना

होसियार, बढ्दैछ अनलाइनमार्फत ठगीको घटना

 पछिल्लो समय अनलाइन ठगीका घटना बढ्दै गएको पाइएको छ । गएको आर्थिक वर्ष २०८०–८१ मा ३४ करोड ७२ लाख १५ हजार रुपैयाँको अनलाइन ठगी भएको देखिएको छ । नेपाल प्रहरीमा परेको उजुरीको आधारमा सो बराबरको अनलाइन ठगी भएको पाइएको हो । प्रहरीले प्राप्त उजुरीको आधारमा १६६ वटा मुद्दा अघि बढाएको छ ।

त्यसको अनुमानित ठगी रकम ३४ करोड ७२ लाख १५ हजार रुपैयाँ देखिएको हो । प्रहरीले अनलाइन ठगी मुद्दामा गत आवमा २३३ जनालाई पक्राउ पनि गरेको छ । त्यसमा १९८ जना स्वदेशी र २५ जना विदेशी नागरिक रहेका छन् । अघिल्लो आव २०७९–८० मा भने ७५ वटा मात्रै मुद्दा अघि बढेको थियो भने ठगी रकम ३५ करोड ८८ लाख २० हजार रुपैयाँ थियो ।

अघि बढेको मुद्दा संख्याको तुलनामा गत आवमा अनलाइन ठगी बढेको देखिन्छ । पछिल्लो समय नेपालमा इन्टरनेटसँगै डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको छ । फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाल तथा मोवाइल बैंकिङ र डिजिटल वालेट जस्ता भुक्तानीका उपकरण लगायतका प्रविधिको प्रयोग बढ्दै गएको छ ।

प्रहरी तथ्यांकअनुसार समीक्षा वर्षमा अनलाइन स्क्यामबाट सबै भन्दा धेरै ठगी भएको देखिन्छ । त्यसबाट २५ करोड तीन लाख ९५ हजार रुपैयाँ ठगी भएको छ । यस अन्तरगत प्रहरीले ३६ वटा मुद्दा अघि बढाएको छ । धेरै ठगी हुनेमा दोस्रो स्थानमा भने अनलाइन बैंकिङ रहेको छ । गत आवमा अनलाइन बैंकिङबाट एक करोड १५ लाख ६० हजार रुपैयाँ ठगी भएको प्रहरीको तथ्यांकले देखाउँछ । यसमा प्रहरीले १७ वटा मुद्दा अघि बढाएको छ ।

तेस्रो स्थानमा भने अनलाइन सपिङ रहेको छ । समीक्षा वर्षमा अनलाइन सपिङमार्फत ९७ लाख ६६ हजार रुपैयाँ बराबरको ठगी भएको देखिन्छ । त्यसमा प्रहरीले ४० वटा मुद्दा अघि बढाएको छ । यस्तै, इसेवा, फोन पे जस्ता वालेटबाट ८९ लाख ७३ हजार रुपियाँको अनलाइन पेमेन्ट ठगी भएको छ । त्यसमा प्रहरीले २८ वटा मुद्दा अघि बढाएको छ ।

यस्तै, सामाजिक सञ्जालबाट ५७ लाख ८५ हजार रुपैयाँ, लट्रीको नाममा ४४ लाख पाँच हजार र फिशिङबाट १० हजार रुपियाँ बराबरको अनलाइन ठगी भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीले सामाजिक सञ्चालन ठगीमा १६, लट्री ठगीमा ५ र फिसिङ एउटा मुद्दा अघि बढाएको छ । यसैगरी अन्य विभिन्न माध्यमबाट पाँच करोड ६३ लाख १६ हजार रुपैयाँ बराबरको अनलाइन ठगी भएको तथ्यांकमा उल्लेख छ । त्यसमा प्रहरीले २३ वटा मुद्दा अघि बढाएको छ ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?