जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । मंगलबार गुडविल फाइनान्स र नेप्सेबीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख ५० हजार थान १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ सूचीकरण गर्ने सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल मार्फत सो मात्रामो ऋणपत्रको बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २ लाख ५० थान ऋणपत्र वितरण भई नेप्सेमा सूचीकृत भएको हो ।

गुडविल फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

9025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका