जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेसनल लाइफको २० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

नेसनल लाइफको २० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

नेसनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस सेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशतले हुन आउने ५० करोड ११ लाख रुपैयाँ नगद र ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

बोनस सेयर नेप्सेमा सूचीकृतपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ पुगेको छ। कम्पनीले पोहोर ४० करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट भने लाभांश घोषणा गरेको छैन।

नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ।

कम्पनीले सेयरधनीलाई २०७८/७९ मा ६.५ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर, २०७७/७८ मा १५ प्रतिशत बोनस सेयर र २०७६/७७ मा १९ प्रतिशत बोनस सेयर दिएको थियो।

2290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका