जोडिनुहोस
बिहिबार, कार्तिक ८, २०८१
बिहिबार, कार्तिक ८, २०८१

हालको खबर

  • होमपेज
  • बैंकहरूको कर्जाको औषत ब्याजदर ९.५२ प्रतिशत

बैंकहरूको कर्जाको औषत ब्याजदर ९.५२ प्रतिशत

वित्तीय संस्थाहरूको ब्याजदर घट्ने क्रम जारी छ। निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढ्न नसकेपछि बैंक वित्तीय संस्थाहरूले निरन्तररुपमा ब्याजदर घटाइरहेका छन्।

भदौ मसान्तसम्ममा बैंकहरूको कर्जाको औषत ब्याजदर घटेर ९.५२ प्रतिशतमा आइपुगेको छ भने निक्षेपको औषत ब्याजदर ५.४८ प्रतिशतमा झरेको छ। निक्षेपतर्फ साधारण बचतको ब्याजदर घटेर ३.३८ प्रतिशत र मुद्दती निक्षेपतर्फको औषत ब्याजदर ७.७१ प्रतिशत कायम भएको छ।

भदौसँगै असोज र कात्तिक महिनामा पनि बैंकहरूले ब्याजदर घटाएकाले आगामी समयमा निक्षेप र कर्जाको ब्याजदर थप घट्ने देखिएको छ। साधारण बचततर्फको ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिनका लागि राष्ट्र बैंकले अन्तरबैंक ब्याजदर ३ प्रतिशतमा आउन दिएको छ।

बैंकिङ प्रणालीमा भएको अधिक तरलताले राष्ट्र बैंकले ३ प्रतिशत निक्षेप संकलन दर कायम गरेर प्रशोचन गरिरहेकाले साधारण बचतकर्ताले ३ प्रतिशतभन्दा माथि नै ब्याजदर पाइरहेका छन्।

कर्जातर्फ हेर्ने हो भने बैंकहरूले अधिकांश प्रोडक्डको ब्याजदर घटाएका छन्। ओभरड्राफ्ट कर्जा, रियल स्टेट कर्जा र अन्य कर्जाको ब्याजदरबाहेक अधिकांश प्रोडक्टहरूको औषत ब्याजदर एकल अंकमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

ओभरड्राफ्ट शीर्षकमा कर्जाको ब्याजदर औषतमा १०.६६ प्रतिशत, हायरपर्चेज कर्जाको ब्याजदर औषतमा १०.०९ प्रतिशत र अन्य कर्जाको ब्याजदर १०.०५ प्रतिशत कायम भएको छ।

सेयर बजार चलायमान भइरहेको पछिल्लो समयमा सेयर कर्जाको औषत ब्याजदर घटेर एकल अंकमा आएको छ। राष्ट्र बैंकको भदौ महिनाको तथ्यांकअनुसार मार्जिन प्रकृतिको कर्जाको ब्याजदर ९.९० प्रतिशत कायम भएको छ।

बैंक वित्तीय संस्थाहरूले आयात कर्जा ९.८६ प्रतिशत ब्याजदरमा प्रवाह गरिरहेका छन्। चालु पुँजी कर्जाको ब्याजदर घटेर ९.५५ प्रतिशतमा आएको छ भने डिप्राइट सेक्टरको कर्जाको ब्याजदर ८.६१ प्रतिशतमा कायम भएको छ।

यस्तै क्यास क्रेडिट कर्जाको ब्याजदर ९.७७ प्रतिशत, डेढ करोडसम्मको आवासीय कर्जाको ब्याजदर ९.९३ प्रतिशत र विल्स खरिद कर्जा ९.८४ प्रतिशतमा कायम भएको छ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका