जोडिनुहोस
शुक्रबार, कार्तिक ९, २०८१
शुक्रबार, कार्तिक ९, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकलाई साफा अवार्ड

कामना सेवा विकास बैंकलाई साफा अवार्ड

कामना सेवा विकास बैंक, साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’बाट सम्मानित हुने भएको छ । बैंक साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’बाट सम्मानित हुने भएको हो ।  

साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२÷२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो । बैंकले आफ्नो १७ औं वार्षिक साधारण सभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा सेयरधनीहरु तथा सरोकारवालाहरुलाई बैंकको विवरणहरु उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।  

साफाले ११ नोभेम्वर २०२४ मा श्रीलंकाको कोलम्वोमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ । साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको संजाल साझेदार हो । जसमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, मालदिभ्स र अफगानिस्तानलगायत विभिन्न एघार वटा दक्षिण एशियाली क्षेत्रका चार्टड् एकाउन्टेन्ट निकायहरु समावेश छन् । साफाले हरेक वर्ष दक्षिण एशियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरुको मुल्याङ्कन गरि विभिन्न विधामा अवार्डहरु प्रदान गर्दै आईरहेको छ ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका