जोडिनुहोस
आइतवार, मंसिर २, २०८१
आइतवार, मंसिर २, २०८१
  • होमपेज
  • सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिट्यान्समा धेरै कर तिर्ने कम्पनी

सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिट्यान्समा धेरै कर तिर्ने कम्पनी

सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।

कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले सम्मान गरेको छ । कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिट्यान्सको तर्फबाट संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टन्डनले सम्मानपत्र ग्रहण गरेका थिए ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका