होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
आइतवार, पुस २१, २०८१
आइतवार, पुस २१, २०८१
  • होमपेज
  • चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिटेन्स

चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिटेन्स

चालु आर्थिक वर्ष रेमिटेन्स ९.१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्ष चार महिनामा ५ खर्ब २१ अर्ब ६३ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। त्यसमध्ये १ खर्ब १४ अर्ब रुपैयाँ कात्तिक महिनामा भित्रिएको हो।

साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड, भदौमा १ खर्ब २६ अर्ब र असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो। रेमिटेन्स पोहोर चार महिनाको तुलनामा बढेपनि वृद्धिदर भने घटेको छ। पोहोर चार महिनामा रेमिटेन्स २२.५ प्रतिशतले बढेको थियो। यसपालि पुनः श्रम स्वीकृति लिने संख्यासहित पोहोरको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या केही बढेको देखिन्छ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेका कारण रेमिटेन्स बढेको हो। यो वर्ष चार महिनामा १ लाख ४७ हजार ४७८ जना अन्तिम श्रम स्वीकृति र ९४ हजार १०५ जना पुनः श्रम स्वीकृति लिएर विदेशिएका छन्। पोहोर चार महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ थियो।

105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?