होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
आइतवार, पुस २१, २०८१
आइतवार, पुस २१, २०८१
  • होमपेज
  • पोखरा फाइनान्स पनि समस्यामा : राष्ट्र बैंकले स्पष्टिकरण लिने

पोखरा फाइनान्स पनि समस्यामा : राष्ट्र बैंकले स्पष्टिकरण लिने

पोखरा फाइनान्सको वित्तीय संस्थाको अवस्था खराब रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्सलाई सुधारात्मक कारवाहीको प्रक्रिया थालेको छ । राष्ट्र बैंक सञ्चालक समितिले पोखरा फाइनान्ससँग स्पष्टिकरण लिने निर्णय पनि गरेको हो ।

यता राष्ट्र बैंकले प्रष्टिकरण सोधेको पत्र आफूले प्राप्त नगरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविचन्द्र गुरुङले बताएका छन् । राष्ट्र बैंकले २०८० पुसमा फाइनान्समा स्थलगत निरीक्षण गरेको र सुधारका लागि आवश्यक निर्देशन दिएको बताउँदै राष्ट्र बैंकका निर्देशनहरू पालना भइरहेको उनले बताए ।

९ महिनामा फाइनान्सको खराब कर्जा २०३ प्रतिशतले वृद्धि भएको प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ । २०८० पुस मसान्तमा फाइनान्सको खराब कर्जा कुल कर्जाको ४.७६ प्रतिशत रहेको फाइनान्सले सार्वजनिक गरेको वित्तीय वितरणमा उल्लेख छ । २०८१ असोज मसान्तमा खराब कर्जा १४.४४ प्रतिशत पुगेको छ । ९ महिनामा खराब कर्जा विन्दुगत गणनामा ९.६८ अंकले बढेको छ भने प्रतिशत गणनामा २०३.३६ अंकले बढेको छ ।

फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४ करोड ९० लाख घाटा खाएको छ । गत वर्ष पनि नोक्सानमा गएको फाइनान्सको सञ्चित नोक्सानी ६८ करोड रुपैयाँ नाघेको छ । फाइनान्सको पुँजी १ अर्ब ८ करोड रुपैयाँ छ । फाइनान्सको निक्षेप, कर्जा लगानी लगायतको व्यवसायिक आकार पनि सानो हुँदै गएको छ । संस्थाको सुशासन पनि खराब देखियो, वित्तीय अवस्था पनि खराब छ ।

55
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका