
पाँच क्यासिनोले आर्थिक वर्ष २०८०/८१ मा १ अर्बभन्दा बढी रोयल्टी नबुझाएको पाइएको छ । बुधबार महालेखापरीक्षकले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनले १ अर्ब भन्दा बढी ७८ करोड ५१ लाख ४९ हजार बक्यौता तिर्न बाँकी देखाएको हो ।
महालेखाको प्रतिवेदनअनुसार गत आवमा ६ क्यासिनोको १ अर्ब ९५ करोड १६ लाख ४९ हजार बक्यौता रहेकोमध्ये आव २०८०/८१ मा मा एक क्यासिनोको १६ करोड ६५ लाख असुल भएको थियो ।
रोयल्टी नबझाउने क्यासिनोमध्ये हाल २ क्यासिनो सञ्चालनमा नरहेको र ३ क्यासिनो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयले खारेज भएकोमा सर्वोच्च अदालतको आदेशानुसार यो वर्ष नवीकरण दस्तुर बापत ६२ लाख ५० हजार रुपैयाँ र रोयल्टीबापत १२ करोड ३७ लाख ५० हजार रुपैयाँ प्राप्त भएकोले बाँकी बक्यौता हिसाब अद्यावधिक गरी असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
क्यासिनो रोयल्टी तथा इजाजत नवीकरण क्यासिनो नियमावली, २०७० को चौथो संशोधन २०७६ को नियम १० मा इजाजत दस्तुर र नियम १२ र १३ मा नवीकरण दस्तुर लाग्ने व्यवस्था छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































