जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जालाई विशेष रुपमा समेट्छः बम बहादुर मिश्र

राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जालाई विशेष रुपमा समेट्छः बम बहादुर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले पछिल्लो समय युवाहरु विदेशीने क्रम बढेको भन्दै आफ्नै देशमा केही गर्न सकिने बताए ।

बिहीबार काठमाडौंमा मिडिया इन्टरनेशनल र बैंकिङ खबरको ‘काम गरौं आफ्नै देशमा’ कार्यक्रमको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि मिश्रले वित्तीय शिक्षा र साक्षरताका माध्यमबाट कसरी रोजगारी बन्ने भन्ने विषयमा राष्ट्र बैंकले सिकाउँदै आएको बताए ।

विदेशमा मान्छे जानै नदिने भन्ने होइन् कि नेपाल फर्कने वातावरण निर्माण गर्नुपर्ने उनले बताए । नीतिमा समन्वय गरेर अगाडि बढ्दा स्वदेशमै प्रशस्त रोजगारी सिर्जना गर्न सकिने उनले बताए । नेपालमा काम गर्ने वातावरण बनाउन राष्ट्र बैंकले सहुलियत कर्जा प्रवाहलाई विशेष रुपमा समेट्ने पनि मिश्रले बताए ।

1185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका