जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • ऐन आएको ८ वर्षपछि सहकारी ऋण असुली न्यायाधीकरण गठन

ऐन आएको ८ वर्षपछि सहकारी ऋण असुली न्यायाधीकरण गठन

सरकारले सहकारी कर्जा असुली न्यायाधीकरण गठन गरेको छ । सहकारी ऐन २०७४ मा नै सहकारी कर्जा असुली न्याधिकरणको व्यवस्था भए पनि ऐन कार्यान्वयनमा गएको ८ वर्षसम्म पनि गठन हुने सकेको थिएन ।

पछिल्लो समय सहकारीमा समस्या बढ्दै गएको र सहकारीको ऋण असुलीमा समेत समस्या भए पनि सहकारी कर्जा असुली न्यायाधिकरण गठनको लागि सरकारमाथि दबाब बढ्दै गएको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृतिबहादुर बस्नेतको अध्यक्षतामा सहकारी कर्जा असुली न्यायाधीकरण गठन गर्ने निर्णय भएको एक मन्त्रीले बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा बस्नेतको अध्यक्षतामा कर्जा असुली न्यायाधीकरण गठन गरेको एक मन्त्रीले जानकारी दिए । न्यायाधीकरणको सदस्यहरूमा बसन्त पराजुली र गोबिन्द शर्मा गैरैलाई नियुक्त गरेको हो ।

1105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका