जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कर्णाली विकास बैंकमा पूर्वअध्यक्ष मिश्र नेपालगञ्जबाट पक्राउ

कर्णाली विकास बैंकमा पूर्वअध्यक्ष मिश्र नेपालगञ्जबाट पक्राउ

कर्णाली विकास बैंकमा भएको दुई अर्ब रुपैयाँको आर्थिक घोटालासम्बन्धी अनुसन्धानले तीव्रता पाउँदै गएको छ। सोही प्रकरणमा बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार उनलाई नेपालगञ्जको धम्बोजी चोकबाट नियन्त्रणमा लिएको हो। मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्षको जिम्मेवारीमा थिए। उनले संस्थागत सञ्चालकको हैसियतमा बैंक सञ्चालनमा प्रत्यक्ष भूमिका निर्वाह गरेका थिए।

मिश्र नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत हुन्। उनलाई २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका लागि उम्मेदवार सिफारिस गरेको थियो।

बैंकमा साढे दुई अर्ब रुपैयाँ बराबरको आर्थिक अपचलन भएको खुलेको छ। प्रारम्भिक अनुसन्धानमा यो हिनामिना बैंक सञ्चालकहरूको मिलेमतोमा योजनाबद्ध रूपमा गरिएको पाइएको सीआईबी स्रोत बताउँछ। हाल कर्णाली विकास बैंक नेपाल राष्ट्र बैंकको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालनमा छ।

यसअघि नै सीआईबीले सो घोटालाका मुख्य योजनाकार मानिएका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित तीन जनालाई पक्राउ गरिसकेको छ।

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका