समाचार
पूर्वमन्त्री रुप ज्योतीका दुई कम्पनीले नेपाल बैंकलाई ऋण नतिरेपछि लिलामीमा एनजीएम र ग्राण्डी

नेपाल बैंकले पूर्वअर्थ सहायक मन्त्री रुप ज्योतीका दुई कम्पनी लिलामीमा राखेको छ । बैंकले कान्तिपथ शाखाबाट लिएको ऋण नतिरेको र पटकपटक ताकेता गर्दा पनि चुक्ता नगरेको भन्दै लिलामीको ३५ दिने सूचना निकालेको हो ।
ज्योतीको नेपाल जनरल मार्केटिङ (एनजीएम) र ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटलले बैंकबाट लिएको ऋण तिर्न आनाकानी गरिरहेका छन् । एनजीएम हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता थियो । यो ड्रिस्टिब्युटरसिप ज्योती परिवारबाट खोसिइसकेको छ । यसैगरी ग्राण्डीबारे दाजु पद्म ज्योतीसँग विवाद छ ।
बैंकले ३५ दिने अन्तिम मौका दिँदै यसबीचमा कर्जा तिर्न नआए धितो जफत गरिने चेतावनी दिएको छ । यसैगरी रुपज्योती ज्योती परिवार कालोसूचीमा पनि पर्नेछन् ।
एनजीएमको सेयरधनी रुपका छोरा अभिक र छोरी सूरुची रहेका छन् । यसैगरी रुप ज्योती आफैं जमानी बसेका छन् ।
यसैगरी ग्रान्डीका सेयरधनी एनजीएमसँगै जय स्पिनिङ मिल्स र स्याकार कम्पनी रहेका छन् ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































