जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट ७.०५% लाभांश पारित

प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट ७.०५% लाभांश पारित

प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९को लाभांश पारित भएको छ।

काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश सेयर तथा बोनस सेयरमा लाग्ने करबापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७.०५ प्रतिशत लाभांश साधारणसभाबाट स्वीकृत भएको छ।

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रmपमा बीमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्ने तर्पm बिशेष ध्यान दिई कार्य अगाडि बढाइरहेको बताए। उनले कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजसँग प्रत्यक्ष जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवर्द्धन तथा उत्थानमा अग्रसर हुने नीतिलाई प्राथमिकतामा राखी बिभिन्न कार्यक्रमहरm सञ्चालन गर्दै आइरहेको र यसलाई भविष्यमा पनि निरन्तरता दिइने बताए।

ग्राहकको सन्तुष्टी नै कम्पनीको सफलता हो भन्ने कुरालाई मनन् गर्दै बीमा सेवालाई सबल तथा आधुनिकीकरण बनाउन डिजिटल ट्रान्सफर्मेसन योजना लागू गरी कार्ययोजना अगाडि बढाइएको लामाले बताए। सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहकको सन्तुष्टिको मुख्य आधार भएको कुरालाई मनन् गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक नीति तर्जुमा गरि सूचना प्रविधिको जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढीकरण गर्दै बीमाका नयाँ योजनाहरु तर्जुमा गरी कृषि तथा पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखी शाखा बिस्तार गर्ने नीति लिएको उनले जानकारी दिए।

सभामा सेयरधनीहरुले आफ्नो मन्तब्य, जिज्ञासा र सुझावहरु प्रस्तुत गर्दै कम्पनीको समग्र प्रगती सन्तोषजनक रहेको बताएका थिए। सभामा पेस भएका सामान्य तथा विशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित भएको छ।

1315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका