जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकद्वारा अपेक्षित क्रेडिट हानि सम्बन्धी मार्गदर्शन २०८१ संशोधन

राष्ट्र बैंकद्वारा अपेक्षित क्रेडिट हानि सम्बन्धी मार्गदर्शन २०८१ संशोधन

नेपाल राष्ट्र बैंकले लागू गरेको एनएफआरएस ९ – अपेक्षित क्रेडिट हानि सम्बन्धी मार्गदर्शन २०८१ मा विभिन्न महत्वपूर्ण संशोधन गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (बीएफआईहरू)लाई क्रेडिट जोखिमको पहिचान, मूल्यांकन तथा व्यवस्थापनसम्बन्धी प्रावधानमा स्पष्टता ल्याउन राष्ट्र बैंकले नयाँ निर्देशिका सार्वजनिक गरेको हो। संशोधित निर्देशिका अनुसार अबदेखि ३० दिनभन्दा बढी किस्ता तिरेर नबुझिएको ऋणलाई “जोखिममा वृद्धि भएको” मानिनेछ।

अघिल्लो संस्करणमा यसलाई ३० दिन भनिएपनि नयाँ संशोधनमा “एक महिनाभन्दा बढी” समय उल्लेख गरिएको छ। अन्य सबै धितोको नेट रियलाइजेबल भ्यालु (NRV) गणना गर्दा वर्तमान मूल्यबाट २५% कटौती गरिने व्यवस्था गरिएको छ।

1130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका