
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
माछापुच्छ्रे गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंक सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































