जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • १०.५२ प्रतिशत लाभांश बाँड्ने ज्योतिको घोषणा

१०.५२ प्रतिशत लाभांश बाँड्ने ज्योतिको घोषणा

ज्योति क्यापिटलले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

क्यापिटलले हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत अर्थात् २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

क्यापिटलले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न भदौ ३१ गते बिहान ९ बजे ज्योति विकास बैंकको केन्द्रिय कार्यालयको सभाहलमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

यस्तै, क्यापिटलको सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८०÷८१ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ ।

साथै, क्यािपटलको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुकोतर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरुको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा बढाउने प्रस्ताव गरेको छ । यस्तै, क्यापिटलको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव गरेको छ ।

900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका