जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • युनाईटेड फाईनान्सको २४ औं शाखा धनगढीमा

युनाईटेड फाईनान्सको २४ औं शाखा धनगढीमा

युनाईटेड फाईनान्स लिमिटेडले सुदुरपश्चिम प्रदेशकै पहिलो शाखाको रुपमा धनगढी, कैलालीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै फाईनान्सको शाखा कार्यालयको संख्या २४ पुगेको छ ।

फाईनान्सले बिहीबार देखि कैलाली जिल्ला धनगढी चौराहामा आफ्नो २४ औं शाखा सञ्चालनमा ल्याएको हो । बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ, कैलालीका अध्यक्ष  पुष्पराज कुवर र फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।

सोही कार्यक्रममा फाईनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए ।

युनाईटेड फाईनान्स लिमिटेडले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साथै यस फाईनान्समा भारतको प्रतिष्ठित कम्पनी मुथुट फाईनान्सको समेत लगानी रहेको छ ।

9945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?