जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रभू टेक्नोलोजीको लाइसेन्स राष्ट्र बैंकले गरेन नविकरण

प्रभू टेक्नोलोजीको लाइसेन्स राष्ट्र बैंकले गरेन नविकरण

नेपाल राष्ट्र बैंकले प्रभू टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र (लाइसेन्स) नविकरण गरेको छैन् ।

प्रभूले २०७६ फागुन ११ गते भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त गरेको थियो । केन्द्रिय बैंकका अनुसार भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा १३(४) को व्यवस्था बमोजिम नविकरण नगरिएको जनाएको छ ।

उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी भए आजैका मितिले ३० दिनभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।

1460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका