जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • बैंक कर्मचारी माथी घर देखेको, बच्चाको स्कूल देखेको भन्दै अभियन्ताका नाममा पटक-पटक धम्कीः अर्बै कर लिने राज्य मौन ?

बैंक कर्मचारी माथी घर देखेको, बच्चाको स्कूल देखेको भन्दै अभियन्ताका नाममा पटक-पटक धम्कीः अर्बै कर लिने राज्य मौन ?

यति बेला कर्जाको साँवा ब्याज उठेको छैन । बैंकरहरु तनाबमा मात्रै छैनन् । कर्जा नउठेपछि उठाउन खोज्दा धम्कीबाट त्रसित बनेको भेटिएको छ भन्दा फरक पर्दैन । ‘तपाइँको घर कहाँ छ त्यो पनि देखेका छौं । छोराछोरी कुन स्कुल पढ्छन् त्यो पनि देखेका छौं । यि शब्द ‘अभियन्ता’ भनौदाहरुको हो भन्दा फरक पर्दैन । फोन मार्फत यसरी धम्की दिँदै भने ‘तिमीहरुले मलाई कालोसूचीमा राख्न लगाएको हो, भन्दै ती ‘अभियन्ता’ले घरको लोकेसनदेखि बच्चा पढ्ने स्कुलको नामसमेत भन्दै धम्क्याउँदै फोन र एसएमएस आउन थालेको वाणिज्य बैंकका एक कर्मचारीले दाबी गरे ।

‘सर, मलाई त डर लाग्न थाल्यो,’ ती कर्मचारीले आफ्ना सिइओसामु भने । ती हाकिम आफैं पनि पीडित थिए । केही दिनअघि जिल्ला घुम्न जाँदा उनलाई त्यसै गरी केही ‘अभियन्ता’ले धम्क्याएका थिए । फोनमा धम्क्याउनेहरु आफैं ऋणी भने होइनन्, कसैको ‘उद्दारक’ बन्न खोजेर ऋणीको पक्षबाट बोलिरहेका हुन् । भन्दा फरक पर्दैन । बैंकहरुबाट गुनासो आएपछि राष्ट्र बैंकका कर्मचारीले अहिलेसम्म प्रहरीमा उजुरबाजुर गरेका छैनन् । तर, कार्यालयभित्र भने यस बारेमा के गर्ने भनेर कुराकानी चलेको देखिन्छ । ‘अहिले बैंकरहरूलाई पनि धम्की दिन थालेका छन् । ऋण उठाउन जानेहरुलाई रोक्ने, अवरोध गर्ने काम बढेको गुनासो आइरहेको छ,’ धम्की पाएका ती उच्च अधिकारीले पंक्तिकारसंग भने, ‘जेनजी आन्दोलनपछि विभिन्न गिरोह, अभियन्ताका नामबाट आतङ्कित पार्न थालिएको छ नि ।’

फोनमा धम्क्याउनेहरु आफैं ऋणी भने होइनन्, कसैको ‘उद्दारक’ बन्न खोजेर ऋणीको पक्षबाट बोलिरहेका हुन् । भन्दा फरक पर्दैन । बैंकहरुबाट गुनासो आएपछि राष्ट्र बैंकका कर्मचारीले अहिलेसम्म प्रहरीमा उजुरबाजुर गरेका छैनन् ।

भदौ २३ र २४ को आन्दोलनपछि बढ्दो अराजकताले व्यावसायिक क्षेत्रमा जस्तै बैंकिङ क्षेत्रमा पनि त्रास फैलिएको देखिन्छ । गभर्नर साब हेक्का होस् । बैंकले आवश्यक धितो राखेर ऋण दिएको हुन्छ । केही समयपछि ऋण भुक्तान हुन छाड्छ । बैंकले ऋण उठाउन कानुनी बाटोबाट कारबाही शुरु गर्छन् । त्यो कारवाही रोक्नका लागि धम्क्याउने, तर्साउने गर्न थालिएको भेटिएको छ । तर, बैंक र वित्तिय संस्थाहरुसँग अर्बौ कर लिने तर एक बाक्य किन बोल्दैन सरकार यो चाहि खोजी कै विषय बनेको छ भन्दा फरक पर्दैन । ‘कतिपय गुनासा जायज पनि हुन्छन् । त्यसमा त राष्ट्र बैंकले ऋणीलाई सहयोग गरिदिने गरेको छ । तर, यहाँ कानुनी प्रकृया नै हातमा लिएर अहिले धम्क्याउन थालिएको छ । एक सिइओले पंक्तिकारसंग दाबी गरे ।

सरकारले प्रसाइँसँग २० लाख रुपैयाँसम्मको ऋण मिनाहाका लागि सरोकारवालासँग छलफल गर्ने भन्ने समझदारी गरेको छ । यससँगै कालोसूचीबाट हटाउने सम्बन्धी प्रक्रिया अगाडि बढाउन राष्ट्र बैंकसँग कुराकानी गर्ने भनेर सम्झौता गरिएको छ ।

भदौ २३ र २४ को आन्दोलनपछि अभियन्ताको नाममा उच्छृङ्खल व्यक्तिले टोली बनाएर बैंकका शाखामा जाने, म्यानेजरको कोठामा गएर बस्ने, अश्लिल भाषा प्रयोग गर्ने गर्न थालेका छन् । त्यसमाथि विवादास्पद व्यवसायी दुर्गा प्रसाइँसँग सरकारले गरेको पछिल्लो सम्झौतापछि धम्क्याउने क्रम अझ बढेर गएको भेटिएको छ । अर्थमन्त्रीज्यू हेक्का होस् । सरकारले प्रसाइँसँग २० लाख रुपैयाँसम्मको ऋण मिनाहाका लागि सरोकारवालासँग छलफल गर्ने भन्ने समझदारी गरेको छ । यससँगै कालोसूचीबाट हटाउने सम्बन्धी प्रक्रिया अगाडि बढाउन राष्ट्र बैंकसँग कुराकानी गर्ने भनेर सम्झौता गरिएको छ । त्यसपछि प्रसाइँदेखि अन्यले बैंकमै गएर कर्मचारी थर्काउने घटना बढ्न थालेको एक सिइओले पंक्तिकारसंग बताए । जेनजी आन्दोलनअघि पनि ऋण उठाउन जाने कर्मचारीमाथि हातपातका एकाध घटना भइरहेका थिए । लिलाम गर्दा वडाध्यक्षले ‘घरबाटो सिफारिस’ नगरेर असहयोग गर्दै आएका समेत भेटिएको छ । यो कस्तो स्थानीय निकाय हो । कहाँ छ राज्य अर्थमन्त्री ज्यू ?

नियतवश ऋण नतिर्नेहरुलाई बैंकले दबाब दिन थालेका थिए । जेनजी आन्दोलनपछि त्यस्ता ऋणीको पक्षमा विभिन्न ‘अभियन्ता’को नाममा धम्क्याउन सुरु भएको देखिन्छ ।

तर, जनेजी आन्दोलनपछि भने ‘गभर्नरको, अर्थमन्त्रीको घर डढाएको थाहा छ कि छैन? अब तिमीहरुको पनि डढ्ला नि’ भन्दै धम्की आउन थालेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले पंक्तिकारसंग बताए । नियतवश ऋण नतिर्नेहरुलाई बैंकले दबाब दिन थालेका थिए । जेनजी आन्दोलनपछि त्यस्ता ऋणीको पक्षमा विभिन्न ‘अभियन्ता’को नाममा धम्क्याउन सुरु भएको देखिन्छ । ‘केही समय लिलामी रोक्दा पैसा उठ्छ भने त्यस्तोमा सहजीकरण गर्ने गरिएको छ । तर यहाँ तिर्नका लागि होइन नतिर्नका लागि धम्क्याउन सुरु भयो,’ जिल्ला दौडाहामा रहेका एक बैंकरले पंक्तिकारसंग दाबी गरे ।

‘वास्तविक ऋणीले धम्की दिएको भए त्यो अर्कै कुरा हुन्थ्यो,’ ती बैंकरले भने, ‘अहिले समूहबाट धम्की आइरहेको छ । यस्ता संगठित धम्कीले काम गर्ने वातावरण बिग्रीदै गएको छ नि । कतिपय बैंकमा काम गर्ने कर्मचारीले आफूहरूलाई राजनीतिक समूहले पनि दबाब दिन थालेको बताउने गरेका छन् । कारण के हो, चन्दा की अरु केही ? असुरक्षा र अराजकताको अवस्था लम्बियो भने बैंकिङ क्षेत्र नै संकटमा पर्ने देखिन्छ । सचेत भया ।

440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका