जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • उच्च पदस्थहरु पक्राउ पर्दा पनि प्रभु बैंकप्रति ग्राहकको विश्वास उस्तै, ‘कारोबार नर्मल छ

उच्च पदस्थहरु पक्राउ पर्दा पनि प्रभु बैंकप्रति ग्राहकको विश्वास उस्तै, ‘कारोबार नर्मल छ

उच्च पदस्थहरु पक्राउ पर्दा पनि प्रभु बैंकप्रति ग्राहकको विश्वास भने नघटेको पाइएको छ । बैंकिङ कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले बैंकका उच्च पदस्थहरुलाई पक्राउ गर्दा पनि बैंकप्रति ग्राहकको विश्वास भने उस्तै रहेको पाइएको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकका प्रमुख कार्यकारी अधिकृतसहित उच्च पदस्थ कर्मचारी पक्राउ गर्दासमेत बैंकप्रति ग्राहकको विश्वास नघटेको बैंककै कर्मचारीहरुले दाबी गरेका छन् ।

‘सिइओ सरसहित उच्च पदस्थ कर्मचारी पक्राउ पर्दा सुरुमा हामी नै डराएका थियौँ । बैंकप्रति ग्राहकको विश्वास घट्ने हो कि भन्ने चिन्ता थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकका एक उच्च अधिकारीले भने, ‘तर परिस्थिति सोचेको भन्दा फरक भइदियो । बैंकप्रति ग्राहकको विश्वास उस्तै छ । घटेको छैन ।’

ती अधिकारीका अनुसार बैंकमा कारोबार पनि सामान्य नै छ । अर्कोतर्फ सामान्यतः बैंकको नेतृत्वमाथि प्रश्न उठेका बेला ग्राहकको विश्वास गुम्दा विथड्र गर्नेहरु बढ्ने गरे पनि प्रभु बैंकको केसमा त्यस्तो नभएको ती अधिकारीको दाबी छ । ‘बैंकको कारोबारमा कुनै फरक छैन । सबै कुरा नर्मल चलिरहेको छ ।’, उनले भने, ‘विथड्र पनि एब्नर्मल छैन । सबै नियमितजस्तै छ ।’

मंसिर १४ गते सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ), बैंकका डेपुटी सिइओ मणिराम पोखरेल, बैंकका कर्जा अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको थियो । यो समाचार तयार गर्दासम्म उनीहरु सीआईबीकै हिरासतमा छन् । हाल बैंकले निरज लम्साललाई बैंकको कार्यवाहक सिइओ जिम्मा दिएको छ ।

955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका