
सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष प्रबल जंग पाण्डको अध्यक्षमा मंसिर १२ गते काठमाडौंको बत्तिसपुतलीमा सभा सम्पन्न भएको हो ।
कम्पनीको सभाले चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ लाभांश स्वीकृत गरेको छ ।
सभाले सो शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३ प्रतिशत अर्थात् ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ ।
साथै सभाले बैंकको प्रबन्ध पत्रमा संशोधन गरेर पुँजी वृद्धि, सञ्चालक समितिलाई अख्तियार दिने एजेन्डा समेत पारित गरेको छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार


































































