जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२
  • होमपेज
  • शिखर इन्स्योरेन्स भित्र डरलाग्दो बदमासी

शिखर इन्स्योरेन्स भित्र डरलाग्दो बदमासी

पटक/पटक अन्तिम पटक भन्दै १४ वर्ष शिखर इन्स्योरेन्स कम्पनीको सदाबहादर सिइओ बनेका दिप प्रकाश पाण्डेले कम्पनी मात्र कब्जा गरेका छैनन् । उनीकै चर्को लगानी रहेको सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी पनि चलाएका छन् भन्दा अब चाहि फरक पर्दैन । भनिन्छ बीमा कम्पनीहरुको नियमक निकाय नेपाल बीमा प्राधिकरणले पाण्डेको कार्यकाल अन्तिम पटक भन्दै हरेक पटक पत्र काटेको छ । उनको कार्यकाल अन्तिम रहेको भन्दै प्रधिकरणले दिएको ३ पटक भयो तर पनि उनी अझै सिइओ पदमा रहिआएका छन् । उनको अगाडी नियमक निकाय समेत रमिते बनिरहेको मात्रै छैन निरिह बन्दै गएको देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले २०७३ साल फागुन २७ गते पाण्डेको कार्यकाल अन्तिम भएको जानकारी गराउँदै करार स्वीकृत गरेको छ । त्यसपछि उनीलाई अन्तिम पटक भन्दै ३ पटक सम्म बीमा समितिले सिइओको नियुक्त थप गर्दै आएको छ । नेपाल बीमा प्राधिकरणको बदमासीका कारण आजभन्दा १० वर्ष अघि नै अनितम पटक भन्दै नियुक्त भएका पाण्डे अझै अर्को ४ वर्ष पदमा रहने देखिन्छ । करिब १४ वर्ष पाण्डे कम्पनी कब्जा नै गरेको भेटिएको छ । यसरी विवाद नै विवादमा शिखर १४ वर्ष शिखर एन्स्योरेन्स कम्पनी कब्जामा लिएर चलाएका दिप प्रकाश पाण्डे अझै १ कार्यकाल थप गर्न शक्ति केन्द्र धाईरहेको भेटिएको छ भन्दा अब फरक पर्दैन ।

लाखौ शेयरधनी हजारौं लगानीकर्ताहरुको रगत र पसिनाबाट बनेको कम्पनी भित्र पाण्डेले आतंक नै मच्चाएको नेपाल बीमा प्राधिकरणले गोप्यरुपमा निरिक्षण गरेको स्थलगत निरिक्षण प्रतिवेदन भित्रै उल्लेख गरेको छ । भन्दा अब फरक पर्दैन । नेपाल बीमा प्राधिकरण भित्र अध्यक्ष पटक/पटक फेरिदा पाण्डेले उनीहरुलाई गुम्राहमा राखी कम्पनी चलाउँदै आएको भेटिएको छ । पाण्डेले शुरुमा बीमितलाई केही रकम किस्ता दिए पनि पटक/पटक दुख दिने गरेको प्रतिवेदन भित्रै उल्लेख गरिएको छ । यति मात्रै होइन बीमा लेख लिदा १० प्रतिशत कम्पनीलाई छुट दिने नाममा एजेन्ट र सिइओ र मार्केटिङ मिलेर लाखौ घोटला गरेको भेटिएको छ । छुट सिइओ देखि तलका कर्मचारीले आधा र आधा कर्पोरेट हाउसका मालिकले लिने गरेको भेटिएको छ यो लुट नभए के हो ?

वाहिर हेर्दा चिटिक्क देखाउने कम्पनी भित्र खोक्रो परेको नेपाल बीमा प्राधिकरणले फेला पारेको छ । १/२ महिनामा यति दाबी भुक्तानी दिए भनेर प्रचारवाजी गर्दै आएको शिखर इन्स्योरेन्स भित्र यति डरलाग्दो बदमाशी प्रतिवेदन भित्र छ । हेरौं प्रतिवेदन भित्र के के छ ? आफुलाई बेलाबेलामा नम्बर १ दाबी गर्ने निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स उच्च जोखिममा देखिएको छ । भन्दा अब फरक पर्दैन । जीवन बीमक संघका पूर्व अध्यक्षसमेत रहेका दिप प्रकाश पाण्डे प्रमुख कार्यकारी अधिकृत रहेको यस बीमा कम्पनीमा जोखिम नै जोखिम रहेको तथ्य नेपाल बीमा प्राधिकरणको स्थलगत निरीक्ष प्रतिवेदनले पुष्टी गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् ।

शिखर इन्स्योरेन्सको स्थलगत निरीक्षणको गोप्य प्रतिवेदन अनुसार कम्पनीमा बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिकाको पालना नभएको, बीमा समितिलाई अटेर गरेको, सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका २०७५ का विभिन्न व्यवस्था पालना नगरी संस्थालाई उच्च जोखिममा राखेको, निर्जीवन बीमकको लागि सोल्भेन्सी मार्जिन निर्देशिकालाई अटेर गरेको, लगायतका गम्भीर तथ्यहरु बाहिर आएका छन् । यो डकुमेन्ट एक उजुरीसहित अख्तियारमासमेत पुगेको खुलेको छ । भन्दा फरक पर्दैन ।

बीमा समितिले २०७६ असार २६ गते बीमा समितिलाई बुझाएको उक्त प्रतिवेदनमा शिखर इन्स्योरेन्सभित्र भएका अनेक मनपरी र विभिन्न काण्डहरुबारे सविस्तार खुलाइएको देखिन्छ । कहाँ छ नेपाल बीमा प्राधिकरण ? बीमाकको संस्थागत सुशासन सम्बन्धि व्यवस्था विपरित शिखर इन्स्योरेन्समा काम भएको तथ्य प्रतिवेदनमा उल्लेख छ । भन्दा फरक पर्दैन । संचालक समिति तथा उपसमितिबाट लगानी अनुमोदन हुँदा सोको निर्णय नगरकोदेखि कृति क्यापिटल इन्भेष्टमेन्ट लिमिटेडमा शिखरका सीइओ दीप प्रकाश पाण्डेलाई संचालक पठाउँदा निर्णयसमेत नगरी पठाएको तथ्यसमेत विवरणमा उल्लेख छ । साथै सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीसँग सम्बन्धित विषयमासमेत कम्पनीले चरम लापरवाही गरेको, सम्बन्धित निकायमा पेश गर्नुपर्ने डकुमेन्टहरु पेश नगरेको, लगायतका तथ्यहरु पनि उक्त स्थलगत रिपोर्टमा उल्लेख छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्षज्यू हेक्का होस् । यता कमपनीले निर्जीवन बीमाकका लागि सोल्भेन्सी मार्जिन निर्देशिकाको पालना नगरेको, नियमानुसार दायित्वको मूल्यांकन नगरेको, र सो निर्देशिका मान्नुपर्नेमा आफुखुसी सफ्टवेरको मूल्य गणना गरेकोसमेत प्रतिवेदनमा उल्लेख छ । यस्तै कम्पनीको लेखा तथा वित्तसँग सम्बन्धित विषयमा पनि शिखर इन्स्योरेन्सले मनपरी गरेको देखिएको छ । मासिक रुपमा बैंक हिसाब मिलान विवरण तयार नगरेको, बीमाकको बीमा व्यवसाय गर्न पाउने अधिकारकटौती गर्ने गरी कुनै एक कम्पनीसँग सम्झौता गरेको, कतिपय कमपनीलाई पेश्की भुक्तानी गर्दा एडभान्स ग्यारेअन्तकक नलिएको, बीमाशुल्क वापत बैंक ग्यारेअन्तकक लिएकोमा तीस दिनभित्र बीमाशुल्क भुक्तानी नगरेको लगायतका तथ्य पनि प्रतिवेदनमा देखिन्छ ।

कम्पनीभित्र यो हदसम्म लापरवाही भएको देखिएको छ कि बीमाकले बीमा शुल्क प्राप्त गर्नु अगावै बीमालेख जारी गरी जोखिम वहाँ गरेको देखिएको छ । यतिमात्र होइन बीमितको अनुरोधमा बीमालेख रद्ध गरी बीमाशुल्क फिर्ता गर्दा जोखिम वहाँ गरेको मितिसम्मको अवधीको बीमाशुल्क कतै बाँकी अवधिको मात्र बीमाशुल्क फिर्ता गर्नुपर्नेमा सम्पूर्ण बीमाशुल्क फिर्ता गरेकोसमेत देखिएको छ । बीमा समितिबाट स्वीकृति नै नलिएका बीमालेखहरु पनि प्रचलनमा राखेर बीमित र नियामकको आँखामा छारो हाल्ने काम कम्पनीले गरेको भेटिएको छ ।

कम्पनीले होल इन वन बीमालेख जारी गर्दा बीमालेख प्रचलनमा नल्याई कभरनोटमात्र जारी गर्ने गरेको, प्रस्ताव फारम प्राप्त नगरी तथा पूर्ण नाभारियेका प्रस्ताव फारम प्राप्त गरी बीमालेख जारी गर्ने गरेको, बीमितको अनुरोध बीमा सम्पुश्ती मार्फत बीमालेखमा भएको व्यवस्था परिवर्तन गरेको, बिमितले प्रस्ताव गरेको बीमांक रकम र जारी बीमालेखको बीमांक रकमनै गरक फरक परेको, लगायतका कैफियत पनि प्रतिवेदनमा उल्लेख देखिन्छ । कम्पनीमा दाबी भुक्तानीमा पनि समस्या रहेको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ । बीमाकले सर्भेयरबाट प्रतिवेदन प्राप्त भएको ३५ दिनभित्र दाबी भुक्तानी नभएको, क्षति मुल्यांकन गर्न खटिएका सर्भेयरले सर्भे प्रतिवेदन ढिला गरी बिमितलाई दुख दिने गरेको, बीमाकले सर्भेयर नियुक्तिक असम्बन्धमा कुनै स्पष्ट नीति नहुँदा कम्पनीले ५० वटा भन्दा बढी सर्भे रिपोर्ट पेश गर्न बाँकी भएका सर्भेयरलाई समेत सर्भे गर्न खटाएको, बीमाकले दाबी भुताक्नी स्वीकृत हुनुभन्दा अगावै भुक्तानी पूर्जा जारी गरेको, दाबीहरु कुनै प्रक्रिया र निर्णय बीना नै बन्द गरेको, बीमितले पेश गरेको दाबी जानकारी तथा भुक्तानी सम्बन्धि विवरण सफ्टवेरमा राख्ने नगरेको, कम्पनीको दाबी निर्धारण समितिले गरेको निर्णयमा सर्भेयरले क्षति मुल्यांकन गरेको वास्विक रकमभन्दा कम रकम मूल्यांकन गरेको भनी उल्लेख गरेको देखिएको तथ्य पनि उल्लेख छ । यसले कम्पनीभित्र सीइओ वा संचालकहरुले चाहंदा कानुन बाधक नै पर्दैन भन्ने शैलीमा शिखर भित्र काम भएको देखिएको छ । भन्दा फरक पर्दैन ।

कम्पनीले कर्मचारी उत्तराधिकारी योजना (सक्सेस प्लान) तयार नगरेकोद्केही उपकार्यकारी प्रमुख नियुक्त नगरेकोसम्म, नियुक्त भएका कर्मचारीहरुलाई तोकिएको ढाँचामा कार्यकारी प्रमुखले कार्य विवरण उपलब्ध नगराएकोदेखि, संस्थागत सुशासन इकाई गठन नगरेकोसम्म प्रतिवेदनमै खुलाइएको देखिन्छ ।

शिखर इन्स्योरेन्स भित्र उच्च जोखिमका कामसमेत धेरै भएको प्रतिवेदनमा उल्लेख छ । संस्थागत सुशासनमा कम्पनी कुनहदसम्म लापरवाही छ भन्ने तथ्य पनि प्रतिवेदनमा स्पष्टसँग उल्लेख गरिएको छ । कम्पनीले कर्मचारी उत्तराधिकारी योजना (सक्सेस प्लान) तयार नगरेकोद्केही उपकार्यकारी प्रमुख नियुक्त नगरेकोसम्म, नियुक्त भएका कर्मचारीहरुलाई तोकिएको ढाँचामा कार्यकारी प्रमुखले कार्य विवरण उपलब्ध नगराएकोदेखि, संस्थागत सुशासन इकाई गठन नगरेकोसम्म प्रतिवेदनमै खुलाइएको देखिन्छ । कम्पनीले ग्राहक पहिचान विवरण भराउने नगरेको र कम्पनीले फर्म, कम्पनी, संघ संस्था लगायतको दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली, सम्झौता, कागजातमा दस्तखत गर्ने अख्तियारीनामा आदी खुल्ने कागजातसमेत नलिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यतिसम्मकी बैंकले मासिक रुपमा बैंक हिसाब मिलान विवरण तयारसमेत नगरेर कम्पनीलाई उच्च जोखिममा राखिएको प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले लघु बीमा व्यवसायलाई प्राथमिकतामा राखी उल्लेख्य कारोबार नगरेको, बीमकले जगेडा कोष, बीमा कोष, असमाप्त जोखिम वापतको व्यवस्था र भुक्तानी हुन बाँकी दाबी वापत व्यवस्थाको योग भन्दा कम नहुने गरी एयर मार्क नगरेको, शाखाहरुमा समितिको निर्देशनअनुसार क्वालिफाइड म्यानपावर नराखेकोसेमत प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल प्राधिकरणका अध्यक्षज्यू । सचेत भया । (राजतिलक साप्ताहिकबाट साभार गरिएकाे)

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका