जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • साउनमा ३ वाणिज्य बैंकको सिडी रेसियो ९० प्रतिशत नाघ्यो

साउनमा ३ वाणिज्य बैंकको सिडी रेसियो ९० प्रतिशत नाघ्यो

आर्थिक वर्ष ७९/८० को पहिलो महिना अर्थात साउनमा ३ वटा वाणिज्य बैंकको  कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघेको छ। नेपाल बैंकर्स संघका अनुसार साउन ३१ गतेसम्मको अवधिमा २६ वाणिज्य मध्ये ३ वटा बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको हो।

संघको विवरण अनुसार साउन ३१ गतेसम्मको अवधिमा सेन्चुरी कमर्शियल बैंकको  सीडी रेसियो ९१.६३ प्रतिशत पुगेको छ भने नबिल बैंकको सीडी रेसियो ९०.९२ प्रतिशत पुगेको छ। त्यस्तै नेपाल बैंकको सीडी रेसियो ९०.७२ प्रतिशत पुगेको छ ।

सिडी रेसियो ९० प्रतिशत नाघेपछि राष्ट्र बैंकले यी बैंकलाई कारवाही गर्न सक्छ । राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार सिडी रेसियोको अनुगमन दैनिक रुपमा हुन्छ। तर मासिक औसत आधारमा त्यस्तो अनुपात नाघेमा सम्बन्धित सुपरिवेक्षण विभाग मार्फत हर्जाना लगाइने ब्यबस्था राष्ट्र बैंकलले गरेको छ। प्रत्येक महिनाको १ गतेदेखि मसान्तसम्मको प्रत्येक कार्यदिन (सार्वजनिक विदा वाहेक) को आधारमा मासिक औसत अनुपात निर्धारण गरिने ब्यबस्था छ।

कुनको सिडी रेसियो कति ?

Bank Name CD Ratio
CENTURY 91.63%
NABIL 90.92%
NBL 90.72%
GLOBAL 89.95%
RBB 89.93%
NCC 89.81%
BOK 89.66%
HBL 89.47%
ADBL 89.32%
KUMARI 89.31%
PRIME 89.17%
MEGA 88.68%
SBL 88.09%
SUNRISE 88.01%
CITIZENS 87.80%
NMB 87.41%
CIVIL 87.19%
LAXMI 86.99%
SCBNL 86.85%
EBL 86.79%
NIBL 86.76%
MBL 86.60%
NICA 86.37%
SANIMA 84.80%
NSBL 84.64%
PRABHU 82.88%

1390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका