जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सबै बैंकको पैसा तिर्छुः ग्रीनलाइनका सञ्चालक अग्रवाल

ग्रीनलाइनका सञ्चालक अमित अग्रवालले आफ्नो ज्यान खतरामा रहेको बताएका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । अग्रवालले आफुलाई ऋण लिनेहरुले निकै समस्यामा पारेको बताए । ऋण लिनेहरुले समस्यामा पारेको कारण केही समय सबैको सम्पर्क बाहिर रहनु परेको बताए ।

अग्रवालले विभिन्न बैंक तथा अन्य गरी तीन अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भनेर हल्ला गरिएपनि त्यो गलत भएको बताए । उनका अनुसार ८० करोड रुपैयाँ मात्रै तिर्न बाँकी रहेको छ । अग्रवालले पत्रकार सम्मेलनमा आफुले मिटरब्याजमा २४ प्रतिशत तिरेर ऋण लिएको र त्यही ऋणका कारण उठ्न नसकेको दाबी गरे ।

पत्रकारसम्मेलनमा उनले आफु देश छाडेर अन्यत्र नगएको र उपचारको शिलशिलामा केही समय देशबारिह रहेको बताए । आफ्ना प्रतिस्पर्धीहरुले आफ्नो व्यापार व्यवसायलाई समाप्त गर्नको लागि विभिन्न नकारात्मक प्रचार बाजी गरेको बताए । उनले आफै बैंकको ऋण किस्ता र अन्य साहुहूको सापटी रकम भुक्तानी गर्न प्रतिबद्ध रहेको बताए । उनले बैंक र साहुलाई संयमित बन्न आग्रह गरेका छन् ।

अग्रवालले आफ्नो ज्यानको सुरक्षा र सहज तरिकाले व्यापार व्यवसाय गर्न सकेको खण्डमा मर्नु वा बाँच्नु जे गर्नुपरेपछि नेपालमा नै गर्न चाहेको जानकारी गराए ।

नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क २४%ले बढ्यो

नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद बीमाशुल्क संकलन रकम बढाएको छ ।

कम्पनीले चालु आवको पु मसान्तसम्ममा ६ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जनु अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा २४.०२ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ५ अर्ब ४८ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको बीमांकिय मूल्यांकन अघिको नाफा ३९.०३ प्रतिशतले घटेको छ । कम्पनीले यस अवधिमा १४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ६९ करोड ४० लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ६ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ कर्जा लगानी गरी २७ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीको कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५० पैसा छ । जीवन बीमा कोष ४७ अर्ब २१ करोड १२ लाख रुपैयाँ, जगेडा कोषमा एक अर्ब १ करोड २२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३१ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सले १७ हजार ९ सय ३७ वटा दाबी बापत २ अर्ब ६९ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । भने ६१ करोड ४३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन खर्च शिर्षकमा ७५ करोड ४१ लाख रुपैयाँ खर्चेको छ ।

फागुनदेखि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०३ प्रतिशत पुग्ने

फागुनदेख बैंकहरुले निक्षेपको ब्याजदर बढाउने भएका छन् । नेपाल बैकर्स संघको कार्यसमितिको बैठकले फागुनदेखि लागू हुने सबै प्रकारको निक्षेप खातामा ब्याजदर बढाउने निर्णय गरेको हो ।

शुक्रबार बसेको संघको बैठकले व्यक्तिगत तर्फ मुद्दतिमा ११.०३ प्रतिशत,संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको हो ।

बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत पुर्याउने निर्णय बैंकर्स संघले गरेको हो । कार्यसमिति बैठकपछि संघले आफ्ना सदस्यलाई सोही अनुसार निर्णय गर्न निर्देशन दिएको छ ।

बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन् । माघ महिनामा व्यक्तिगत तर्फ १०.०३ प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर थियो ।

प्रभु लाइफ इन्स्योरेन्सको नाफामा गिरावट

प्रभु लाइफ इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामा २३.४३ प्रतिशत घटेको छ। गत आर्थिक वर्ष ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा ६ करोड १९ लाख रुपैयाँ मात्र कमाएको छ।

२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ४१ करोड ९९ लाख रुपैयाँ सञ्चित छ। जगेडा कोषको आकार गत आर्थिक वर्षको तुलनामा ४७.८२ प्रतिशत बढेको छ।   

यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको जीवन बीमा कोषमा २ अर्ब ६० करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा जीवन बीमाकोष ८०.७४ प्रतिशत वृद्धि भएको देखिन्छ। इन्स्योरेन्सको महाविपत्ति कोषमा ३ करोड १८ लाख रुपैयाँ छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५५.७९ प्रतिशत बढेको हो। 

यस अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ६४.६४ प्रतिशत वृद्धि हुँदै एक अर्ब रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ६० करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो।
 

समीक्षा अवधिमा प्रभु लाइफको प्रति सेयर आम्दानी ६.१९ रुपैयाँ, प्रति सेयर नेटवर्थ १२२.५९ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य २५२.६३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०१.७५ गुणा रहेको छ।

शिवम् सिमेन्टको नाफामा उच्च गिरावट

शिवम् सिमेन्ट लिमिटेडको खर्बमा भएको बढोत्तरीले नाफामा उल्लेख्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पहिलो सिमेन्ट कम्पनीले शुक्रबार चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २७.५३ प्रतिशतले घटेको जनाएको छ। पोहोर पुसमा कम्पनीले ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यसपाली नाफा ४२ करोड ७३ लाख रुपैयाँमा खुम्चिएको हो।

कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्पानी पोहोरभन्दा ८.१५ प्रतिशतले बढेर ४ अर्ब ६० करोड नाघेको छ। साथै सिमेन्टका लागि चाहिने कच्चा पदार्थको खर्च १९.३० प्रतिशतले बढेर २ अर्ब ६ करोड नाघेको छ।

यसबाहेक कम्पनीले इन्धन तथा बिजुलीको खर्च पनि १३.३१ प्रतिशत बढेर एक अर्ब ३ करोड नाघेको जनाएको छ। पछिल्ला दिनमा डिजलको भाउ बढेको छ। यही कारण पनि खर्चमा वृद्धि भएको हो। कम्पनीको कुल खर्च नै १४.५४ प्रतिशतले बढेर ४ अर्ब ११ करोड नाघेको छ।

आइएमई जनरल इन्स्योरेन्सको दोस्रो त्रैमासमा नाफा घटे पनि प्रति सेयर आम्दानी २०.९७ रुपैयाँ

आइएमई जनरल इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा घटेको छ। इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.२३ प्रतिशत घटेको हो।

अघिल्लो आर्थिक वर्षमा १५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको आइएमई जनरलले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १२ करोड १३ लाख रुपैयाँ कमाएको छ।

एक अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको आइएमई जनरल इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड ४२ लाख रुपैयाँ सञ्चित छ। इन्स्योरेन्सको बीमा कोषको आकार ५३ करोड ५ लाख रुपैयाँ छ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको चुक्ता पुँजी ७ प्रतिशत, जगेडा कोष ५.३५ प्रतिशत र  बीमा कोषको आकार झन्डै २२ प्रतिशत वृद्धि भएको देखिन्छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ३.४ प्रतिशत वृद्धि हुँदै ३७ करोड ६३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ३६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो। 
 
इन्स्योरेन्सले २ हजार ५६१ वटा बीमालेखबापत ४२ करोड ८ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। ८ हजार ३७ वटा बीमालेखबापत एक अर्ब २० करोड १९ लाख रुपैयाँ भुक्तानी गर्न भने बाँकी रहेको देखिन्छ।

युनिलिभरको नाफा १३७ प्रतिशतले बढ्यो

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको नाफामा उल्लेख्य बृद्धि देखिएको छ। पोहोरभन्दा नाफा १३६.८० प्रतिशतले बढेको छ।

कम्पनीले शुक्रबार चालु आर्थिक बर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा १३ करोड १५ लाख रुपैयाँबाट बढेर ३१ करोड १४ लाख रुपैयाँ पुगेको जनाएको छ।

कम्पनीले उत्पादनमा ब्यापक बृद्धि गरेको छ। अन्य खर्च तुलनात्मक रुपमा घटाएर उत्पादन तथा बिक्री बढाएका कारण नाफा उच्च दरले बढेको हो।

कम्पनीले उत्पादन बिक्रीबाट हुने आम्दानी ४२ प्रतिशतले बढाएर एक अर्ब ६७ करोड रुपैयाँ पुर्याएको छ। यसका लागि लाग्ने कच्चा पदार्थको खर्च बृद्धि जम्मा साढे २७ प्रतिशत मात्र छ। कुल ८० करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ।

कम्पनीको कर्मचारी, अन्य सञ्चालन लगायत कुल खर्च २३ प्रतिशतले मात्र बढेको छ। यसमा सबैभन्दा बढि खर्च कच्चा पदार्थको छ। कुल खर्च एक अर्ब ३० करोड रुपैयाँ छ।

प्रिमियर इन्स्योरेन्सको नाफा घट्यो

प्रिमियर इन्स्योरेन्सको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १६.७३ प्रतिशत घटेको छ। गत आर्थिक वर्ष १८ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको प्रिमियरले चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा १५ करोड ५६ लाख रुपैयाँ कमाएको छ।

एक अर्ब ७ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४६ करोड ६५ लाख रुपैयाँ सञ्चित छ। कोषको आकार गत आर्थिक वर्षको तुलनामा ६२.१५ प्रतिशत वृद्धि भएको छ।

यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको बीमा कोषमा ९१ करोड ६७ लाख रुपैयाँ सञ्चित छ भने महाविपत्ति कोषको आकार ५ करोड ५ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बीमा कोष २०.७६ प्रतिशत वृद्धि भएको छ भने महाविपत्ति कोषको आकार झन्डै ३० प्रतिशत संकुचित भएको देखिन्छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २१.९२ प्रतिशत वृद्धि हुँदै ४६ करोड ९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ३७ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो। 
 
इन्स्योरेन्सले २ हजार ६८५ वटा बीमालेखबापत ३८ करोड ३२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। ६ हजार ९ सय २९ वटा बीमालेखबापत ३ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्न भने बाँकी रहेको देखिन्छ ।

सगरमाथा इन्स्योरेन्सको नाफामा छलाङ्ग

सगरमाथा इन्स्योरेन्सको नाफामा गत वर्षको तुलनामा सामान्य वृद्धि देखिएको छ। गत आर्थिक वर्ष १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा १७ करोड ७७ लाख रुपैयाँ पुर्‍याएको छ।

एक अर्ब ११ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५५ करोड ४३ लाख रुपैयाँ सञ्चित छ। जगेडा कोषको आकार गत आर्थिक वर्षको तुलनामा २७.३५ प्रतिशत वृद्धि भएको छ।   

यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको बीमा कोषमा एक अर्ब १३ करोड २९ लाख रुपैयाँ सञ्चित छ भने महाविपत्ति कोषको आकार १० करोड ८४ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बीमाकोष २५.५३ प्रतिशत वृद्धि भएको छ भने महाविपत्ति कोषको आकार झन्डै १२ प्रतिशत संकुचित भएको देखिन्छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १२.४६ प्रतिशत वृद्धि हुँदै ७७ करोड ८३ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ६९ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो। 
 
इन्स्योरेन्सले ४ हजार ६ सय ९ वटा बीमालेख बापत ७५ करोड ३० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। ११ हजार ४७८ वटा बीमालेख बापत २ अर्ब ४ करोड ७९ लाख रुपैयाँ भुक्तानी गर्न भने बाँकी रहेको देखिन्छ ।

समीक्षा अवधिमा सगरमाथा इन्स्योरेन्सको प्रति सेयर आम्दानी ३१.९८ रुपैयाँ, प्रति सेयर नेटवर्थ २६२ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ५६७.२० रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.०६ गुणा रहेको छ। 

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई भ्यालेन्टाइन्स डे को विशेष अवसरमा १५% क्यासब्याक

ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेको विशेष अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीहरुमा १५५ क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकका ग्राहकहरुले भ्यालेन्टाइन्स डेको अवसर पारेर आफ्ना प्रियपात्रहरुसंग माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फाल्गुन १ तथा २ गते सरसामान खरिद गर्दा “मेरी उनीलाई” लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम रु. २०० सम्म क्यासब्याक पाउने छन ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

नेपाल बङ्गलादेश बैंकको ११ औं एक्स्टेन्सन काउन्टर सिमरामा

 नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारतीचोक, डुमरवानामा आफ्नो ११औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा नं. १५ का वडाअध्यक्ष राम प्रसाद लामिछानेले गरेका थिए ।

बैंकले उक्त विस्तारित सेवा केन्द्रले सिमरा उपमहानगरपालिका वडा नं. १५ का साथै वडा नं ११, १२, १३, १४ र १६ मा वित्तिय पहुँच पुर्याई हरेक नेपालीको कम्तिमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउने उद्देश्यका साथविस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।

यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्तहुने रेमिट्यान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जानुनपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणालीमार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त हुने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सुविधाहरू सहजै प्राप्तहुने बैंकले जानकारी गराएको छ ।

“सबैका लागिबैंक”भन्ने मूलनारा सहित स्थापनाको २७औँ वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ११ एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएम बाट बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९.५२३८१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७६१९ प्रतिशत नगद गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजी एक अर्ब उन्नाइस करोड अठासी लाख नब्बे हजारको १० प्रतिशतले हुन आउने एघार करोड अन्ठानब्बे लाख उनानब्बे हजार लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उल्लेखित लाभांशमध्ये चुक्ता पूंजीको ९.५२३८१% ले हुन आउने एघार करोड एकचालिस लाख असी हजार बराबरको बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४७६१९% ले हुन आउने  सन्ताउन्न लाख नौ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त प्रस्ताव  बीमा समितिले स्वीकृत दिएपछि र कम्पनीको साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।