जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेभन्ली स्पामा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकले हेभन्ली स्पाको सेवा लिँदा छुट पाउने भएका छन् । यसका लागि आज बैंक र कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत् भुक्तानी गर्ने ग्राहकले कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गरेवापत छुट पाउनेछन् ।

बैंकले हाल विभिन्न प्रदेशमा गरी १०३ वटा शाखा कार्यालयमार्फत् ६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

लक्ष्मी बैंकको १४१औं शाखा काठमाडौंको डिल्लीबजारमा

लक्ष्मी बैंकले १४१औं शाखा काठमाडौंको डिल्लीबजारमा सञ्चालनमा ल्याएकोे छ । डिल्लीबजारको कालिकामार्गमा रहेकोे यो शाखामार्फत् बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामकरुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाइल फोनमार्फत् बैंकिङ्ग सेवाप्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

डिसहोमले ल्यायो ६०० एमबीपीएस स्पीड भएको मेगा फाइ इन्टरनेट

डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाइ इन्टरनेट उपलब्ध गराउने घोषणा गरेको छ ।

डिशहोमले हाइस्पीड इन्टरनेट प्रयोगकर्ताका लागि ३०० र ६०० एमबीपिएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको हो ।

नेपालमै पहिलो पटक लेटेस्ट वाइफाइ टेक्नोलोजीको वाइफाइ ६ राउटर र मेस नोडमार्फत् ग्राहकहरुले हाइस्पीड इन्टरनेट चलाउन सक्ने कम्पनीले जनाएको छ ।

डिशहाहेमले ल्याएको वाइफाइ ६ राउटर अहिले बजारमा पाइने राउटरभन्दा ४ गुणा छिटो स्पीडमा चल्ने कम्पनीको दाबी छ ।

यस वाइफाइ ६ राउटरमा इएआई (आर्टिफिसियल इन्टेलिजेन्स), गिगावाइट एक्सेस, डुअल–ब्यान्ड स्मार्ट स्टिरिङ, सिमलेस रोमिङ, मल्टी–लेभल प्रोटेक्सन, मोर कनेक्सन एण्ड मेश नेटवर्किङ जस्ता विशेषताहरु वाइफाइ ६ राउटरमा छन् ।

सानिमा लाइफको खुद बीमाशुल्क २१% ले बढ्यो

सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा खुद बीमाशुल्क २१.५२ प्रतिशतले बढाएको छ ।

इन्स्योरेन्सले यस अवधिमा एक अर्ब १६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ९५ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको खुद नाफा ६९.३६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पुससान्तसम्ममा ९ करोड ३९ लाख रुपैयाँ खद नाफा कमाएको छ । गत आवको पुस मसान्सम्ममा कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड २७ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले अभिकर्ता कमिशन खर्चका लागि २० करोड ३ लाख रुपैयाँ खर्चेको छ ।

एक हजार २ सय ४२ बीमा दावीवापत १३ करोड ८५ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।

दई अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २३ करोड ३३ लाख रुपैयाँ र बीमा कोषमा दुई अर्ब ८२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ ।

मेट लाइफको नाफा घट्यो

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेट लाइफ)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ५३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३.४४ प्रतिशतले बढी हो ।

गत आवको यसै अवधिमा इन्स्योरेन्सले २ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले १० करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ३६.४१ प्रतिशतले कमी हो । गत आवको यसै अवधिमा कम्पनीले १६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले चालु आवको पुसमसान्तसम्ममा पुनर्बीमा कमिशनबाट ६ करोड १८ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट ७७ करोड ६२ लाख रुपैयाँ र बीमाले धितोमा कर्जाबाट ६ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा अभिकर्ता ममिशन खर्च शिर्षकमा २४ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा १९ अर्ब ६१ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

पुसमसान्तसम्ममा कम्पनीले ४ हजार ८ सय ७ वटा बीमा दावीवापत दुई अर्ब २४ करोड ४५ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भने एक हजार एक सय २३ बीमा दावीवापत ८१ करोड ३१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गर्न बाँकी छ ।

रिलायन्स लाइफको खुद बीमाशुल्क २२% ले बढ्यो

रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा खुद बीमाशुल्क २२.८३ प्रतिशतले बढाएको छ ।

इन्स्योरेन्सले यस अवधिमा एक अर्ब ३५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले एक अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीको खुद नाफा ३१.३२ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पुससान्तसम्ममा ७ करोड ६० लाख रुपैयाँ खद नाफा कमाएको छ । गत आवको पुस मसान्सम्ममा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आवको पुस मसान्तसम्ममा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड २७ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

बीमालेखको धितोमा कर्जाबाट कम्पनीले एक करोड २५ लाख रुपैयाँ आम्दनी गरेको छ । कम्पनीले अभिकर्ता कमिसन खर्चका लागि २३ करोड ७७ लाख रुपैयाँ खर्चेको छ ।

४ सय ५४ वटा बीमा दावीवापत ३७ करोड२४ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । १० वटा बीमा दावीवापत १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

एक अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको बीमा कोषमा तीन अर्ब ३६ करोड ९२ लाख रुपैयाँ र जगेडा कोषमा १८ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।

जगदम्बा मोटर्सको ‘कनेक्ट टु लभ योजना

टीभीएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर सम्पूर्ण टीभीएस स्कुटरहरुमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइलगायत नेपालमा बढी रुचाइएका स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आएको छ। स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भएको कम्पनीले जनाएको छ।

यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ। योजनाअन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँ टिभिएस स्कुटर खरिदमा ६ हजारसम्मको नगद छुटको साथै हरेक दिन लक्की ड्रमार्फत् एउटा रियलमी स्मार्टफोन जित्न सक्ने कम्पनीले जनाएको छ। लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत प्रशारण हुने बताइएको छ।

योजना अन्तर्गत ग्राहकहरुले ४०% डाउनपेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागू हुने बताइएको छ।

अदालत र प्रशासनलाई भेटेपछि ग्रिनलाइनका अग्रवाल दाजुभाइ बैंकरलाई भेट्दै

ऋण तिर्न नसकेर फरार भएका मदिरा कारोबारी अभिषेक अग्रवाल र अमित अग्रवाल बैंकहरुको सम्पर्कमा आएका छन्। बुधबार साँझ फोन सम्पर्कमा आएका उनीहरु बिहीबार प्रशासनिक काम सकेर बैंक ब्यवस्थापनलाई भेट्दै छन्।

ऋणी दिएका बैंकका प्रतिनिधिहरुले अग्रवाल दाजु भाइले बिहीबार भेट्न खोजेको पुष्टी गरेका छन्। अग्रवाल दाजुभाइ बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सुरक्षाका लागि पुगेका थिए। त्यसपछि जिल्ला अदालतमा रहेको लेनदेनसम्बन्धि मुद्दाको सुनुवाइमा सहभागी भएका छन्।

बैंकरले नेपाल आएको थाहापाएपछि अग्रवाल दाजुभाइलाई पच्छ्याएका थिए। बैंकरले तारन्तार खोजेपछि अग्रवाल दाजुभाइले केहीलाई आँफैले बिहीबार आउने बताएका हुन् भने केहीलाई आफ्ना सहयोगीमार्फत जबाफ दिएका हुन्। 

‘भरैसम्म भेट्न आउँछौं भनेर खबर पठाएका छन्’ एक बैंकरले भने, ‘फोनमा ऋण तिर्छु। सम्पतिले ऋण तिर्न पुग्छ भनिरहेका छन्।’ अग्रवाल दाजुभाइ सम्पर्कमा आएपछि बैंकहरु ऋण उठ्नेमा केही आशावादी देखिएका छन्।

अग्रवाल दाजुभाइलाई विभिन्न चार बैंकले ऋण दिएका छन्। त्यसमध्ये एभरेष्ट बैंकको अहिलेकै धितोबाट ऋण तिर्न पुग्छ भने बाँकी बैंकको धितोबाट मात्र ऋण उठ्ने अवस्था छैन।

बैंकहरुले ऋण उठाउनका लागि कानुनी कारवाही अगाडि बढाइसकेका छन्। उनीहरु र उनीहरुको ब्यापारका लागि एभरेष्टका साथै मेगा, नेपाल इन्भेष्टमेन्ट र ग्लोबल आइएमइ बैंकले ऋण दिएका छन्। सबै बैंकले ऋण उठाउनका लागि लिलामी प्रकृया अगाडि बढाइसकेका छन्। 

बैंकहरुको अग्रवाल दाजुभाइसँग हाइपोथेटिकल ऋण बढी भएकाले धितोबाट मात्र उठ्ने संभावना छैन। अग्रवाल दाजुभाइले विदेशी मदिरा आयात गरेर बिक्री गर्थे। उनीहरुको दरबारमार्ग र कान्तिपथमा भव्य मदिरा पसल छ। उनीहरुले ग्रीनलाइन सेन्टर प्रालिका नाममा ऋण लिएका थिए।

उनीहरुको ब्यापारमा एभरेष्टको करिब २२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ३२ करोड, ग्लोबल आइएमइ बैंकको करिब १८ करोड र मेगा बैंकको करिब २५ करोड ऋण लगानी छ। मदिरा स्टक भएको गोदाममा एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले सिलबन्दी गरेका छन्। 

बैंकहरुले हाइपोथेटिकल ऋण दिएका कारण सम्बन्धि व्यापारको स्टक भएको गोदाममा एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले ताला लगाएका हुन्।

यद्यपि बैंकहरुले दिएको सबै ऋण हाइपोथेटिकल भने होइन। विभिन्न ठाउँमा रहेका चारवटा फ्ल्याट, घरजग्गा लगायतका सम्पत्ति पारिपासोमा राखेर ऋण दिइएको छ। मेगा बैंकको स्टक र धितो दुवै राखेर ऋण दिएको छ। एभरेष्ट बैंकले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ। ग्लोबल आइएमइले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको छ। इन्भेष्टमेन्ट बैंकको पनि धितो र स्टकमा ऋण छ।

बैंकहरुसँग धितोमा रहेको सम्पति खरीद गर्नका लागि अन्य ब्यापारी सम्पर्कमा आएका छन्। उनीहरुले अग्रवाल दाजुभाइको घरजग्गाका साथै मदीरासमेत सकारिदिने भन्दै बैंकहरुलाई प्रस्ताव गरेका छन्। लिलामीका लागि अझै समय बाँकी छ।

त्यहीबेला अग्रवाल दाजुभाइ बैंकहरुको सम्पर्कमा आएका हुन्। उनीहरुले बुधबार प्रहरी अधिकारीहरुलाई पनि भेटेका छन्। उनीहरुमाथि उजुरी नपरेकाले प्रहरीले कारवाही प्रकृया अगाडि बढाएन। 

अग्रवाल दाजुभाइले बैंकबाहेक पनि बजारबाट मिटर ब्याजमा ऋण लिएका छन्। उनीहरुले ज्यान मार्ने धम्की दिएका कारण फरार हुनु परेको उनीहरुले बैंकहरुलाई जानकारी गराएका छन्। 

महालक्ष्मी लाईफको साधारणसभा सम्पन्न, स्वतन्त्र संचालकमा भट्टराई अनुमोदन

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा कार्यलयमा काठमाण्डौमा साधारणसभा सम्पन्न भएको हो।    

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए। अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारे। 

सभाले अध्यक्ष द्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ।व। २०७६र०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गरेको छ। स्वतन्त्र संचालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परिक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको सात लाख पचास हजारको खर्च समेत सभाले अनुमोदन गरेको छ। 

सभामा महालक्ष्मी लाईफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ । कार्यक्रमको अन्त्यमा संचालक शुरेस सापकोटाले धन्यवाद ज्ञापन गरेपछि सभा समापन भएको थियो । 

समृद्धि फाइनान्स र कुमारी बैंकबीच रेमिट्यान्स सेवा सम्झौता

समृद्धि फाइनान्स र कुमारी बैंक लिमिटेडबिच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतामा फाइनान्सकातर्फबाट प्रमुख व्यवस्थापक विनोद राज पौडेल र कुमारी बैंककातर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका हुन  ।

यो सम्झौता पश्चात कुमारी रेमिटको आन्तरिक र अन्तराष्ट्रिय रेमिटको भुक्तानी समृद्धि फाइनान्सका सम्पुर्ण शाखाहरुबाट सजिलै लिन सकिने छ । नेपाल राष्ट्र बैंकबाट“ग” बर्गको इजाजत पत्रप्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले पाँचवटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । 

ग्रीनलाईन सेन्टरलाई ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले दिएको करिब १ अर्ब कर्जामा २० देखि ७० प्रतिशत मात्रै धितोः राष्ट्र बैंक बेखबर ?

नेपालमा विगत २५ वर्षदेखि उच्च स्तरको मदिरामा व्यापार गर्दै आएको अग्रपाल परिवार एकाएक सम्पर्क विहिन भएपछि ४ वाणिजय बैंकहरुले दिएको करिब १ अर्ब कर्जा जोखिममा छ भन्दा अब चाहि फरक पर्दैन । एक बोतल उच्चस्तरको मदिरालाई ६ लाखसम्मको मूल्यमा विक्री गर्ने ग्रिनलाईन सेन्टरका सञ्चालक ओम प्रकाश अग्रवालका छोराद्वय अभिषेक अग्रवाल र अमित अग्रवालले ४ वटा वाणिजय बैंकबाट १ अर्ब भन्दा बढि कर्जा लिएको भेटिएको छ । भन्दा फरक पर्दैन ।

यी चारवटा बैंकले २० देखि ७० प्रतिशतसम्म कर्जा उठ्ने धितो राखेर कर्जा दिएको खुलेको छ भन्दा अब चाहि फरक पर्दैन । अग्रवाल परिवारका नौ सदस्य बेपत्ता भएपछि यतिबेला ४ बैंकबाट उनीहरुले लिएको ऋण जोखिममा परेको पक्का पक्की भएको छ । नेपालमा विदेशी मदिराको व्यवसाय गर्दै आएको व्यवसायिक घरानाका परिवार सम्पर्कविहीन बनेका हुन् । उनीहरुले काठमाडौं दरबारमार्गमा ग्रीनलाईन सेन्टर प्रा.लिका नाममा २५ वर्षदेखि विदेशी मदिराको व्यवसाय गर्दै आएका थिए । भन्दा फरक पर्दैन ।

राष्ट्र बैंक उच्च स्रोतले दिएको जानकारी अनुसार ग्रीनलाइन सेन्टर प्रा.लि.लाई नेपाल इन्भेस्टमेन्ट बैंकमा ३२ करोड, मेगा बैंकमा २५ करोड, एभरेस्ट बैंकमा २२ करोड, ग्लोबल आइएमइ बैंकमा १८ करोड कर्जा दिएको देखिन्छ । यसमा बैंकको २० प्रतिसतदेखि ७० प्रतिशतसम्म धितो भएको देखिन्छ । ग्रिनलाईन सेन्टर प्रा.लि.को तर्फबाट ऋण लिएका अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि नेपाल इन्भेष्टमेन्ट बैंकले ऋण उठाउने कानुनी प्रक्रिया अगाडि बढाएको छ । सञ्चालकहरुको नाममा ३५ दिनको सूचना निकालेर बैंकले ऋण तिर्न आग्रह गरेको भेटिएको छ । ग्रिनलाइन सेन्टर प्रा.लि.ले नेपाल इन्भेष्टमेन्ट बैंकमा करिब ५ करोड रुपैयाँ बराबरको धितो दिएका छन् भने बाँकी मदिराको स्टक बैंकले राखेको देखिन्छ । हाइपोथेटिकल ऋणको मात्रा बढी भएकाले धितोबाट मात्र ऋण असुली हुने सम्भावना रहँदैन् । त्यसैले इन्भेष्टमेन्ट बैंकले सार्वजनिक सूचना निकालेर ऋण उठाउने प्रक्रिया शुरु गरेको हो भन्दा फरक पर्दैन ।

नियम अनुसार ऋण नउठेपछि बैंकहरु प्रोभिजन गर्नुपर्छ,पुसको अन्तिममा घटना घटेको हुँदा चैतको ब्यालेन्ससिट निकाल्ने बेला यो बराबरको रकम प्रोभिजन गर्नुपर्छ ।’ हाइपो कर्जा दिएका एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनलाई सिल गरेका छन् । अब उनीहरुले आफ्नो पैसा उठाउनको लागि त्यहा भएको मदिरालाई बिक्री गर्ने छन् । भन्दा फरक पर्दैन । ग्रीनलाइन सेन्टर प्रा.लि. विदेशी मदिराको बिक्री गर्ने कम्पनी भएको हुँदा मंहगा मदिरा छन् । त्यस्तै बैंकहरुले ग्रीनलाइनका सञ्चालकको व्यक्तिगत नाममा भएको सम्पत्ति समेत लिलाम गर्ने देखिन्छ । भन्दा फरक पर्दैन ।

नेपाल इन्भेष्टमेन्ट बैंक बाहेक अरु बैंकले भने अहिलेसम्म सार्वजनिक रुपमै ऋण उठाउने कानूनी प्रक्रिया शुरु गरेको देखिँदैन् । उनीहरुले सेन्टरको मदिरा स्टक भएको गोदाममा सिलबन्दी गरेका छन् । गोदाममा इन्भेष्टमेन्टसँगै एभरेष्टले पनि ताला लगाएको छ । स्रोतहरुबाट प्राप्त तथ्यांकलाई हेर्दा बैंकहरुले दिएको सबै ऋण हाइपोथेटिकल नभएको देखिएको छ । भन्दा फरक पर्दैन । विभिन्न ठाउँमा रहेका चारवटा फ्ल्याट, घरजग्गा लगायतका सम्पत्ति धितोमा बैंकले ऋण प्रवाह गरेको देखिएको छ ।


मेगा बैंकले स्टक र धितो दुवै राखेर ऋण दिएको छ । मेगा बैंकको कर्जा उठ्ने पक्का पक्की जस्तै छ । तर, अरु एभरेष्ट बैंकले ज्ञानेश्वर चोकमा १७ आना जग्गा र घरसहित विभिन्न ठाउँका फ्ल्याट राखेर ऋण दिएको छ । त्यस्तै ग्लोबल आइएमइले ज्ञानेश्वरकै अर्को १७ आना जग्गा धितोमा राखेर ऋण दिएको उनीले दाबी गरे । सन् १९९९ मा ओमप्रकाश अग्रवालले काठमाडौंमा मदिरा कारोबारको लागि ग्रीनलाइन सेन्टर प्रा.लि. खोलेका थिए ।काठमाडौंमा विदेशी र महंगा रक्सी पाइने स्टोरको नाममा ग्रीनलाइन निकै परिचित भएको थियो । ओमप्रकाशले खोलेको कम्पनीको व्यवस्थापन उनका छोराहरु अभिषेक र अमित अग्रवालले गर्दै आएका थिए । अग्रवाल परिवार फरार भएपछि थोरै धितोमा ऋण प्रवाह गरेका बैंकहरु समस्यामा परेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले ४ वटा बैंकले करिब ८० करोड ऋण दिएको बताए । उनका अनुसार ग्रीनलाइन कम्पनीका सञ्चालकलाई दिएको ऋणको विवरण राष्ट्र बैंकले मागेको थियो । जसमा ४ वटा बैंकले मात्र मात्र ऋण दिएको खुलेको छ ।
बैंकहरुले ग्रीनलाइन सेन्टर प्रा.लि.का सञ्चालकलाई हाइपो तथा अन्य शिर्षकमा कर्जा दिएका थिए । हाइपोमा दिएको कर्जामा धितो हुँदैन । व्यवसायको आधारमा यस्तो कर्जा दिने गरिन्छ । बैंकहरुका अनुसार ग्रीनलाइन सेन्टर प्रा.लि.लाई दिएको कर्जामा ३० करोड जति उठ्ने देखिएपनि ५० करोड जति करिब नउठ्न सक्ने सम्भावना देखिएको छ । भन्दा अब चाहि फरक पर्दैन । गर्भनर साब हेक्का होस् ।

प्रवक्ता भट्टले यसरी दिएको ऋण नउठेमा बैंकहरुले सो बराबरको रकम नोक्सानी व्यवस्थाको लागि प्रोभिजन गर्नुपर्ने अबस्ता आउने प्रस्ट पारे ।
उनले थपे, ‘नियम अनुसार ऋण नउठेपछि बैंकहरु प्रोभिजन गर्नुपर्छ,पुसको अन्तिममा घटना घटेको हुँदा चैतको ब्यालेन्ससिट निकाल्ने बेला यो बराबरको रकम प्रोभिजन गर्नुपर्छ ।’ हाइपो कर्जा दिएका एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनलाई सिल गरेका छन् । अब उनीहरुले आफ्नो पैसा उठाउनको लागि त्यहा भएको मदिरालाई बिक्री गर्ने छन् । भन्दा फरक पर्दैन । ग्रीनलाइन सेन्टर प्रा.लि. विदेशी मदिराको बिक्री गर्ने कम्पनी भएको हुँदा मंहगा मदिरा छन् । त्यस्तै बैंकहरुले ग्रीनलाइनका सञ्चालकको व्यक्तिगत नाममा भएको सम्पत्ति समेत लिलाम गर्ने देखिन्छ । भन्दा फरक पर्दैन ।

ग्रीनलाइन सेन्टर प्रा.लि.का सञ्चालकको ज्ञानेश्वरमा घरजग्गा तथा विभिन्न स्थानमा अपार्टमेन्ट छ । ऋण दिएका बैंकहरुले जग्गा र घर समेत धितो लिएको हुँदा सो घरजग्गा लिलाम हुने पक्का पक्की भएको छ भन्दा फरक पर्दैन । घरमा भेटिएको त्यो पत्र ? महानगरीय प्रहरीवृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले अग्रवालकी छोरीको उपस्थितिमा पुस २२ गते अग्रवाल परिवार बस्दै आएको काठमाडौंको ज्ञानेश्वर पुगेर घरमा खोजतलास गरेको थियो । प्रहरीले अग्रवाल परिवारको घरबाट एउटा पत्र फेला पारेको छ । ओमप्रकाश अग्रवाल, उषा अग्रवाल (श्रीमती) र छोराहरू अभिषेक र अमित अग्रवालले हस्ताक्षर गरेको उक्त पत्रमा बैंक, वित्तीय संस्था र व्यक्तिगत ऋण तिर्न नसक्ने अवस्था बनेपछि आफूहरू सम्पर्कविहीन बन्नु परेको उल्लेख छ ।

सम्पत्तिभन्दा बढी तिर्नुपर्ने ऋण देखिएको छ भने व्यक्तिगत ऋण पनि ठूलो मात्रामा भएका कारण डुब्ने खतरा देखिएको छ । ग्रीनलाइन सेन्टर प्रा.लि. नेपालमा महँगो विदेशी रक्सी बेच्ने कम्पनी हो । उक्त कम्पनीले एक बोतलकै ६ लाख रुपैयाँ पर्ने रक्सीसमेत आयात गरेर बेच्ने गरेको थियो । २२ वर्षदेखि विदेशी मदिरा नेपाल भित्र्याएर बेच्ने यो कम्पनी नेपालको सबैभन्दा महँगो रक्सी बेच्ने कम्पनीमध्येको एक हो । अग्रवाल परिवारका सदस्यहरू २२ पुसदेखि बेपत्ता भएका हुन् ।

अभिषेकका बुबा ओमप्रकाश अग्रवालले छोराहरू अभिषेक र अमितले सञ्चालन गर्दै आएको ग्रीनलाइन सेन्टर प्रालि कोरोना संक्रमणपछि धरापमा परेको र त्यो सञ्चालन गर्न बैंक तथा अन्य विभिन्न व्यक्तिबाट लिएको ऋण तिर्न नसक्दा यो अवस्था भोग्नु परेको पत्रमा खुलाएका छन् ।
काठमाडौं ज्ञानेश्वरमा बस्दै आएका अग्रवाल परिवार सम्पर्कविहीन हुँदा घरमा पत्र छोडेका थिए । पत्र अभिषेकका ७३ वर्षीय बुबा ओमप्रकाश अग्रवालले लेखेका छन् । उनले विभिन्न व्यक्तिबाट मिटर ब्याजमा लिएको रकमका कारण बाँच्नु न मर्नुको अवस्थामा पुगेकोसमेत पत्रमा खुलाएका छन् । ‘हामीले ग्रीनलाइन सेन्टर प्रा.लि.बाट कमाएको नाफाले ब्याज तिर्दै आएका थियौँ । तर, २१ असोजमा बैंकहरूले ग्रीनलाइन सेन्टर प्रा.लिलाई पनि ताल्चा लगाइदिएकाले हामीले मिटर ब्याजका लागि पैसा तिर्न सक्ने अवस्था रहेन,’ पत्रमा भनिएको छ ।

आफूहरूको नाममा रहेको कम्पनी, बैंक तथा मिटर ब्याजमा दिनेहरूले कानुनी रूपमा बाँडेर लिन पनि अग्रवाल परिवारले भनेको छ । तर, उनीहरूको सम्पत्तिभन्दा बढी तिर्नुपर्ने ऋण देखिएको छ भने व्यक्तिगत ऋण पनि ठूलो मात्रामा भएका कारण डुब्ने खतरा देखिएको छ ।
ग्रीनलाइन सेन्टर प्रा.लि. नेपालमा महँगो विदेशी रक्सी बेच्ने कम्पनी हो । उक्त कम्पनीले एक बोतलकै ६ लाख रुपैयाँ पर्ने रक्सीसमेत आयात गरेर बेच्ने गरेको थियो । २२ वर्षदेखि विदेशी मदिरा नेपाल भित्र्याएर बेच्ने यो कम्पनी नेपालको सबैभन्दा महँगो रक्सी बेच्ने कम्पनीमध्येको एक हो । अग्रवाल परिवारका सदस्यहरू २२ पुसदेखि बेपत्ता भएका हुन् । विभिन्न बैंक तथा वित्तीय संस्था र व्यक्तिबाट उनीहरूले करिब ३ अर्बभन्दा बढी रकम ऋण लिएर भागेको प्रहरीको अनुमान छ । भन्दा फरक पर्दैन ।

चोरबाटो प्रयोग गर्दै बीमा कम्पनीहरुमा दर्जनौ सीइओ नियुक्तः बीमा समिति बेखबर ?

नेपालको कानून दैवले जानुन जस्तै भएको छ । नेपालका नियमनकारी निकायहरु भन्दा अब चाहि फरक पर्दैन । नेपालको जीवन बीमा र निजीवन बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिको निर्देशिकालाई छल्दै चोरबाटो प्रयोग गर्दै दर्जनौ बीमा कम्पनीहरुले सीइओ नियुक्त गरेका छन् भन्दा अब चाहि फरक पर्दैन । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू हेक्का होस् । छानवीन होस् र कारवाही पनि तत्कालै होस् ।

बीमा बजारमा बीमा सम्बन्धी दक्ष जनशक्तिको अभाव कायमै रहँदा कम्पनीहरुबीच कर्मचारी तानातानको अवस्थासमेत सिर्जना भयो । नयाँ कम्पनीहरूले पनि अनुभवी कर्मचारी नै खोज्न लागि परेका छन् भन्दा अब फरक पर्दैन । नयाँ बीमा कम्पनीले पुराना बीमा कम्पनीमा राम्रो काम गरेका र अनुभवी कर्मचारीलाई आफ्नो कम्पनीमा ल्याउन प्रयत्न गरे । पुराना कर्मचारी आएमा सहज हुने भएपछि कर्मचारी तान्ने प्रवृत्ति बढ्दै गएको भेटिएको छ ।

‘जहाँ राम्रो काम गर्ने वातावरण हुन्छ, जसले स्वतन्त्ररुपमा काम गर्न दिने वातावरण मिलाइ दिन्छ, यस्तो अवस्थामा मुभ हुनैपर्छ । तर विदेशी मुलुकमा पनि यस्तो अश्यास छ । कोही पनि लामो समयसम्म एउटै कम्पनीमा बस्दैन भन्दा फरक पर्दैन । कुलिङ पिरियडको व्यवस्था छल्न गरेर तल्लो तहमा जानु आफ्नो इज्जत तल पार्नु हो । भन्दा फरक पर्दैन । राष्ट्र बैंकले सीइओको कुलिङ पिरियड सम्बन्धी ल्याएको व्यवस्थालाई बीमा समितिले फलो गर्यो ।

कर्मचारी एक कम्पनीबाट अर्को कम्पनीमा जाने प्रक्रिया सामान्य प्रक्रिया हो । जुन प्रक्रिया निजी कम्पनीमा स्वाभाविक नै मानिन्छ । तर, अवसर पाउँदा एक तह घटुवा भएर जानु चाहि के हो ? कुनै एक कम्पनीबाट अर्को कम्पनीमा जागिरका लागि जाने प्रवृत्तिलाई स्वाभाविक मान्नै पर्दछ ।
‘जहाँ राम्रो काम गर्ने वातावरण हुन्छ, जसले स्वतन्त्ररुपमा काम गर्न दिने वातावरण मिलाइ दिन्छ, यस्तो अवस्थामा मुभ हुनैपर्छ । तर विदेशी मुलुकमा पनि यस्तो अश्यास छ । कोही पनि लामो समयसम्म एउटै कम्पनीमा बस्दैन भन्दा फरक पर्दैन । कुलिङ पिरियडको व्यवस्था छल्न गरेर तल्लो तहमा जानु आफ्नो इज्जत तल पार्नु हो । भन्दा फरक पर्दैन । राष्ट्र बैंकले सीइओको कुलिङ पिरियड सम्बन्धी ल्याएको व्यवस्थालाई बीमा समितिले फलो गर्यो ।

तर, अर्को कम्पनीको सीइओ बन्नकै लागि आफूले काम गरिरहेको कम्पनी छोडेर अर्को कम्पनीमा तल्लो पदमा जानुलाई भने स्वभाविकरुपमा लिनु कठिन मानिन्छ र ‘सीइओ भएको मान्छे डिसीइओमा जानुले आफ्नो इज्जतलाई तल पार्छ कि,’ उनले भने, ‘कुलिङ पिरियडको अवधिभरी घरमै बसेर पछि म आउँछु भनेर कुलिङ पिरियड पछि नियुक्ति लिनु राम्रो होला तर, यो अझै लागु भएको छैन ।

अब कथा हेरौं ।

रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली पुस १२ गते ४ वर्षे कार्यकाल सकाएर रिलायन्सबाट विदा भए । पराजुली रिलायन्स लाइफ इन्स्योरेन्स स्थापना भएपछि संस्थापक सीइओ बनेका थिए । रिलायन्समा अझै एक कार्यकाल सीइओ बन्न पाउने व्यवस्था भएता पनि उनी बाहिरिए । पराजुली बाहिरिएपछि रिलायन्सले कामु प्रमुख कार्यकारी अधिकृतमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल नियुक्त भए । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि भन्दै कँडेललाई कामु सीइओको जिम्मेवारी दियो ।

प्रुडेन्सियल इन्स्योरेन्सले श्रवणलाई कात्तिक ४ गतेदेखि इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी दियो । बिके महर्जनले कार्यकाल नसकिँदै राजीनामा दिएपछि प्रुडेन्सियल इन्स्योरेन्सको सीइओमा रावल नियुक्त भए । कम्पनी सञ्चालक समितिको पुष २० गते बसेको बैठकले रावललाई सिइओ नियुक्त गर्यो । यसबाट प्रस्ट हुन्छ की बीमा समिति कहाँ छ भनेर । गुराँस लाइफ इन्स्योरेन्समा विपिन कुमार लाल नियुक्त भए । कम्पनीका सीइओ नारायण कुमार भटट्राईले कार्यकाल सकिनु अगावै राजीनामा दिएका थिए ।

रिलायन्स लाइफको कम्पनी सञ्चालक समितिको पुस १४ गते बसेको बैठकले राकेश पोखरेललाई सिइओ नियुक्त छनौट गरी सिफारिस गर्यो ।
माघ १३ गतेदेखि लागू हुने गरी पोखरेललाई सिइओ पदमा नियुक्त गरियो । पोखरेललाई सिइओ नियुक्त गर्न बीमा समितिले माघ ७ गते स्वीकृती दियो । पुष १२ गते रिलायन्स लाइफबाट बाहिरिएका पराजुली माघ २५ गते नेपाल लाइफ इन्स्योरेन्समा वरिष्ठ डेपुटी सीइओमा नियुक्त भए ।
नियामक निकाय बीमा समितिद्धारा जारी बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिका अनुसार पराजुली ६ महिनासम्म अर्को बीमा कम्पनीमा सीइओ बन्न पाउने छैनन् । तर, सीइओ बन्न नपाए पनि पराजुली वरिष्ठ डेपुटी सीइओ बनेर नेपाल लाइफ भित्रिए । भन्दा फरक पर्दैन । बीमा समितिका अध्यक्षज्यू हेक्का होस् ।

प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले कार्यकाल सकिन २ महिना बाँकी छँदै गत असोजमा पदबाट राजिनामा दिए । उनले कात्तिक १ गतेदेखि लागू हुनेगरी राजिनामा दिएका थिए । प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितिले कार्तिक ५ गतेदेखि लागु हुने गरी उनको राजिनामा स्वीकृत गर्यो । प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो राजीनामा स्वीकृत गरेपछि महर्जन कात्तिक ७ गते नै नेपाल इन्स्योरेन्समा प्रवेश भए । राजीनामा स्वीकृत भएको भोलिपल्ट नै नेपाल इन्स्योरेन्सले महर्जनलाई कामु सीइओको जिम्मेवारी दियो । यसबाटै प्रस्ट हुन्छ बीमा समितिको निर्देशनको धज्जी उडाएका छन् भनेर अध्यक्षज्यू हेक्का होस् ।

सगरमाथा इन्स्योरेन्सका डेपुटी सीइओ श्रवण कुमार रावलले पदबाट राजीनामा दिए ।प्रुडेन्सियल इन्स्योरेन्सले श्रवणलाई कात्तिक ४ गतेदेखि इन्स्योरेन्सको कार्यवाहक सीईओको जिम्मेवारी दियो । बिके महर्जनले कार्यकाल नसकिँदै राजीनामा दिएपछि प्रुडेन्सियल इन्स्योरेन्सको सीइओमा रावल नियुक्त भए । कम्पनी सञ्चालक समितिको पुष २० गते बसेको बैठकले रावललाई सिइओ नियुक्त गर्यो । यसबाट प्रस्ट हुन्छ की बीमा समिति कहाँ छ भनेर । गुराँस लाइफ इन्स्योरेन्समा विपिन कुमार लाल नियुक्त भए । कम्पनीका सीइओ नारायण कुमार भटट्राईले कार्यकाल सकिनु अगावै राजीनामा दिएका थिए ।

कम्पनीहरुले एक तह घटाएर ६ महिनाको कुलिङ पिरियड सकिएपछि भने प्रमुख कार्यकारी अधिकृतमा नियुक्त दिने प्रवृत्तिलाई रोक्न नसकेको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नालायकीपन हो भन्दा फरक पर्दैन । बीमा समितिद्धारा जारी बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिका अनुसार एउटा कम्पनीबाट राजिनामा दिएको ६ महिनाभित्र अर्को कम्पनीको सीइओ बन्न नपाउने व्यवस्था छ ।

सीइओ भट्टराईले व्यक्तिगत कारण देखाई असोज १९ गते पदबाट राजीनामा दिए । उनको राजीनामा कात्तिक १ गतेदेखि लागू हुनेगरी सञ्चालक समितिले स्वीकृत गर्यो । सिद्धार्थ इन्स्योरेन्सका सीइओ विरेन्द्र वैद्धवारको कार्यकाल दोहोरियो । कुनै एक कम्पनीको प्रमुख कार्यकारी अधिकृत तत्काल अर्को कम्पनीमा सोही पदमा नियुक्त गर्न नपाउने व्यवस्था रहेको र सो व्यवस्था सीइओको लागि मात्रै लागू हुने समितिको तर्क छ । तर, यो गलत व्यवस्था हो भन्दा फरक पर्दैन । हेक्का हासे ।

सीइओ पदका लागि मात्रै कुलिङ पिरियड लागू हुने बीमा समितिको निर्देशनमै देखिन्छ । तर, कम्पनीहरुले एक तह घटाएर ६ महिनाको कुलिङ पिरियड सकिएपछि भने प्रमुख कार्यकारी अधिकृतमा नियुक्त दिने प्रवृत्तिलाई रोक्न नसकेको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नालायकीपन हो भन्दा फरक पर्दैन । बीमा समितिद्धारा जारी बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिका अनुसार एउटा कम्पनीबाट राजिनामा दिएको ६ महिनाभित्र अर्को कम्पनीको सीइओ बन्न नपाउने व्यवस्था छ । कम्पनीहरुले उक्त व्यवस्थाको दुरुपयोग गर्दै तल्लो तहमा नियुक्त गर्ने र कुलिङ पिरियड सकिएपछि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने रणनीति अपनाउँदै आएका छन् ।