मिदास टेक्नोलोजीको हेल्थकेयर एप “मेरो डाक्टर” ले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पु¥याएको छ । सँगसगै, मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओ.पी.डी.टिकट बिरामीहरूले आफैँ अस्पतालमा नगई घरबाटै भुक्तानी गरी आस्पतालका सेवा लिन सफल भएका छन् । यसरी घरबाटै अस्पतालको ओ.पी.डी. टिकट लिँदा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत भएको अनुभव सेवाग्राहीहरूले गर्नुभएको छ ।
मिदास टेक्नोलोजी, स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दाबढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।
रेवतबहादुर कार्कीको सिफारिसमा धितोपत्र बोर्ड अध्यक्ष बन्न ५ जना छानिए
धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले दिएको नम्बरको आधारमा नयाँ अध्यक्षको लागि ५ जनाको नाम सर्टलिष्ट भएको छ । कार्कीलाई धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले आवेदकको मुल्यांकन गर्ने जिम्मेवारी दिएको हो ।
धितोपत्र बोर्ड अध्यक्षको लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशन निरज गिरी तथा धितोपत्र बोर्डका डेपुटी कार्यकारी निर्देशक कृष्णराज पोखरेल सहित ५ जना सर्टलिष्टमा परेका छन् । अन्य ३ जनामा रमेश हमाल,खगेन्द्र कटुवाल र डा गोपाल भट्ट छन् ।
कार्कीले आवेदकको शैक्षिक योग्यता र कार्ययोजनाको आधारमा नम्बर दिएका थिए । सोही आधारमा ५ जनाको नाम सर्टलिष्टमा परेको हो ।
भट्ट नेपाल राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् ।
धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिको लागि सरकारले योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । अब छनोट समितिले ३ जनाको नाम अध्यक्ष नियुक्तिको लागि सरकार समक्ष सिफारिस गर्ने छ ।
राजनीति आस्थाको हिसाबले नेपाल स्टक एक्सचेन्जमा माओवादी निकट मानिएका कृष्ण कार्की सीइओ नियुक्त भएका छन् । धितोपत्र बोर्डमा कांग्रेस निकट व्यक्ति नै अध्यक्ष बन्ने करिब पक्का देखिएको छ । सर्टलिष्टमा परेका ५ जना कांग्रेस निकट भनेर चिनिन्छन् ।
सानिमा जनरल इन्स्योरेन्सको नाफा ९५% ले बढ्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा सानिमा जनरल इन्स्योरेन्सले खुद नाफा ९५.६५ प्रतिशतले बढाएको छ ।
यस अवधिमा कम्पनीले ५ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले १४ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
जुन गत आवको यसै अवधिको तुलनामा ७३.२८ प्रतिशतले बढी हो । गत आवको पुस मसान्तसम्ममा कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीले दोस्रो त्रैमासको अवधिमा पुनर्बीमा कमिशन आयबाट ८ करोड ८० लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट एक करोड १७ लाख रुपैयाँ आम्दनी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले पुनर्बीमा कमिशन आयबाट ४ करोड ८७ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ७९ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले पुनर्बीमा कमिशनका लागि ८४ हजार रुपैयाँ र अभिकर्ता कमिशनका लागि ६७ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ ।
यस अवधिमा कम्पनीमा ४५ हजार ७ सय ५२ वटा बीमालेख जारी भएका छन् । भने नवीकरण गरिएको बीमालेखको संख्या ५ हजार २ सय ८८ वटा रहेको छ ।
कम्पनीले दोस्रो त्रैमासको अवधिमा ९ सय ७ वटा बीमा दाबीवापत ६ करोड ६० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।
कम्पनीले २ हजार २ सय २ वटा बीमा दावीवापत ४८ करोड रुपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ ।
कम्पनीका अनुसार भुक्तानी हुन बाँकी दाबी रकममा कोरोना बीमाको भुक्तानी हुन बाँकी वापतको दाबी रकम र संख्या समेत समावेश गरिएको छ ।
रिलायबल नेपाल लाइफको खुद बीमाशुल्क ४६% ले बढ्यो, नाफामा सामान्य सुधार
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।
जुन गत आवको यसै अवधिको तुलनामा ४६.२३ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमाससम्मको अवधिमा इन्स्योरेन्सले एक अर्ब ३१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद नाफामा भने सामान्य सुधार आएको छ । दोस्रो त्रैमाससम्मको अवधिमा रिलायबलले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट २० करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, इन्स्योरेन्सले बीमालेख धितोमा ९ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरी २० करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले अभिकर्ताका लागि २८ करोड ९३ लाख रुपैयाँ खर्चेको छ ।
सात हजार एक सय बीमा दावीवापत ५८ करोड ४८ लाख १५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।
एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा एक अर्ब ६० लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको बीमा कोषको आकार ८९.२९ प्रतिशतले बढेर तीन अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा एक अर्ब ९० करोड रुपैयाँ सञ्चित थियो ।
खल्तीले ल्यायो आइफोन १३ र एक रुपैयाँमै फ्लाइट टिकट जित्ने मौका
नेपालको मुख्य अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले फेरी लिएर आएको छ, ‘उडान अब मात्र रू. १’ । जस अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनेछ । यसका साथै हरेक दिन एक जनालाई रू. १ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ ।
‘खल्ती’ फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म भएको छ, जसमा १२ सयसम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ । यति मात्र होइन, विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरि तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ ।
यो अफर २३ माघ देखि फागुन ३०, २०२२ सम्म मान्य हुनेछ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्
प्रभु मनि ट्रान्सफरको कारोबार घट्यो, २०२१ मा व्यवसाय २२% ले गिरावट
प्रभु मनि ट्रान्सफरको कारोबार सन् २०१९ देखि २०२१ लगातार तीन वर्ष घटेको छ। रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार २०२१ मा २२ प्रतिशतले कारोबार ओरालो लागेको छ। २०२० मा २० प्रतिशत र २०१९ मा २ प्रतिशतले कारोबार घटेको थियो।
रेमिट्यान्स बजारमा चर्को प्रतिस्पर्धा र कोरोना महामारीले थप असर परेकाले कम्पनीको कारोबार घटेको जनाएको छ।
केही वर्षयता रेमिट्यान्स बिजनेसमा वाणिज्य बैंक, वित्तीय संस्था र अन्य मनि ट्रान्सफर अपरेटरहरु थपिँदा प्रतिस्पर्धा बढेको बताइएको छ।
प्रभु मनि ट्रान्सफरको नेटवर्कमा ६ हजार बैंकिङ एजेन्ट, तीन हजार व्यक्तिगत एजेन्ट र करिब तीन हजार को-अपरेटिङ एजेन्ट जोडिएका छन्।
मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, यूएई, अमेरिका लगायतका देशहरुमा प्रभु मनि ट्रान्सफर लोकप्रिय बनिरहेको कम्पनीले जनाएको छ।
सन् २०२१ को अन्तिममा कम्पनीको नेटवर्थ ३५ करोड २० लाख रुपैयाँ पुगेको छ। २०२१ मा कम्पनीले ६ करोड ६० लाख रुपैयाँ लाभांश भुक्तानी गरेको छ।
कोरोना महामारीको असर केही कम हुँदै गएकाले रेमिट्यान्स उद्योग पनि सुधारको चरणमा रहेकाले वित्तीय अवस्थामा सुधार आउने अपेक्षा कम्पनीले गरेको छ।
प्रुडेन्सियल इन्स्योरेन्स सञ्चालक समितिद्वारा ७.३% लाभांश प्रस्ताव
प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश घटेको छ। गत आर्थिक वर्षका लागि ७.३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। आव ०७६/७७ को लाभांश ८.४२ प्रतिशत दिएको थियो।
इन्स्योरेन्सले आर्थिक वर्ष ०७७/७८ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समिति र आगामी वर्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्ने प्रुडेन्सियलले जनाएको छ।
कम्पनीको लाभांश गत आर्थिक वर्षको तुलनामा घटेको छ। आर्थिक वर्ष २०७६/७७ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश सेयरधनीमाझ वितरण गरेको थियो।
अनुज र मनिष, कामु सीईओमा खनाल
कुमारी बैंकको सीईओ अनुजमणी तिम्सेनाले राजिनामा दिएका छन् । सोमबार साँझ बसेको संचालक समितिको बैंठकमा कामु सीईओ रहेका तिम्सेना र डेपुटी सीईओ रहेका मनिष तिम्सेनालाई मोटो भिआरएसमा विदा गरेको हो ।

संचालक समितिले भिआरएस स्किम ल्याएको त्यसमा आफुले अप्लाइ गरेको अनुजमणी तिम्सेनाले बताए । बैंक संचालक समिति बैठकले कायम मुकायम सीईओको म्मिेवारी रामचन्द्र खनाललाई दिएको छ ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बालाजुको लोलाङमा खुल्यो डिशहोम फाईबरनेटको सह–वितरण शोरुम
नेपालभर ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले काठमाडौंको बालाजुको लोलाङ हाइटमा पनि सह–वितरण शोरुम खोलेको छ ।
माघ २३ गते देखी डिशहोम फाईबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको संचालन बालाजु ईलेक्त्रिक ट्रडर्सले गर्नेछ ।
उक्त शोरुम समुद्धघाटन डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापा को उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएको बालाजु ईलेक्ट्रेनिक ट्रेडर्सले अब डिशहोम फाईबरनेट बिक्री र बिक्री पछिको सेवा नयाँ शोरुम मार्फत दिनेछ ।
कुमारी बैंकको का.मु सिइओमा रामचन्द्र खनाल
कुमारी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामचन्द्र खनालले पाएका छन् । बैंकको माघलल २४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मको लागि माघ २५ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको हो ।
खनाल हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । बैंक गत असारदेखि प्रमुख कार्यकारी अधिकृत विहिन छ । निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी गत असार ३१ गते ४ वर्षे कार्यकारी पुरा गरेर अवकास भएका थिए ।
वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको थियो । ६ महिना वितिसक्दा पनि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकेको कुमारीले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने दुई जनालाई प्रदान गरिसकेको छ ।
योगेेश्वर अमात्यको जग्गा किर्ते काण्डका कारण तिमल्सिना र डेपुटी सिइओ मनिष तिमिल्सिना विदामा बसेका कारओ खनालले कार्यबहाकको जिम्मेवारी भएका हुन् ।
बीमालेखको जानकारी अब रिलायन्स लाइफको मोबाइल एपबाट लिन सकिने
बीमालेख सम्बन्धि जानकारी अब मोबाइल एपबाट लिन सकिने भएको छ । सेवाग्राहीलाई मध्यनजर गर्दै रिलायन्स लाइफले उक्त मोबाइल एपको निर्माण गरेको हो ।
रिलायन्स लाइफले निर्माण गरेको उक्त एपबाट बीमितले नवीकरण बीमा शुल्क भुक्तानी मितिबारे जानकारी लिन सकिन्छ । साथै परिपक्क बीमालेख बारे जानकारी लिन, परिवारजनको बीमालेख लिंक गर्न र व्यतीत बीमालेख बारे यस एपबाट सेवा लिन सकिन्छ ।
एपकोे पोलेसी होल्डर लगइनमा गई सम्पूर्ण जानकारी लिन सकिन्छ । यो एप भने एप्पल स्टोर गुगल प्लेमा उपलब्ध रहेको रिलायन्स लाइफ इन्सुरेन्सले जनाएको छ ।
सानिमा जनरलको नायब महाप्रबन्धकमा रिजाल नियुक्त
सानिमा जनरल इन्स्योरेन्सको डेपुटी जनरल म्यानेजर (नायब महाप्रबन्धक) मा रेना रिजाल नियुक्त भएकी छन् । एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट आफ्नो करियर सुरु गरेकी रिजाल सानिमा जनरल इन्स्योरेन्स कम्पनीको उक्त पदमा नियुक्त भएकी हुन् ।
उनी सँग इन्स्योरेन्स कम्पनीको विभिन्न पद तथा तहमा बसेर काम गरेको लामो अनुभव रहेको छ ।












