जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सिटिजन लाइफद्धारा घातक रोग वापत १० लाख रुपैयाँ हस्तान्तरण

सिटिजन लाइफद्धारा बीमित स्वयं सरिना लामालाई प्राण घातक रोग बिरुद्ध १० लाख दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक दुली धादिङ्ग स्थायी घर भई हाल ललितपूर बसोबास गर्दै आएकी लामाले २०७४ मा सिटिजन लाइफ जमल शाखामा प्राण घातक रोग सहित जीवन बीमा गराएकी थिइन् । हाल उनलाई मृगौलाको समस्या भएको छ । सोही अनुरुप कम्पनीले उक्त रकम प्रदान गरेको हो ।

सिटिजन लाइफको मूख्य कार्यालय टेकुमा दावी भुक्तानी विभागका प्रगेश बस्नेतद्धारा चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जमल शाखा प्रमुख प्रकाश कुमार श्रेष्ठ लगायत अन्य एजेन्सी मेनेजरहरु साथै बीमित लामाको श्रीमान पूर्ण तामाङ्गको उपस्थिती थियो ।

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा ललितपुरको सुबानेमा

सिटिजन्स बैंक इन्टरनेसनलले ललितपुरको बाग्मती गाउँपालिका सुबानेमा शाखारहित बैंकिङ सेवा शुरुवात गरेको छ ।
बैंकले माघ २२ गतेदेखि ९१औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।

सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्गको साथै सो स्थानका बासिन्दालाई स्वरोजगार बनाई आर्थिक रुपमा सबल बनाउन बैंकले विभिन्न आयआर्जनका कार्यक्रममा सहुलियतपूर्ण कर्जा समेत वितरण गरेको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

महालक्ष्मी लाइफको खुद बीमाशुल्क ४३% ले बढ्यो

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले यस अवधिमा ६७ करोड ९१ लाख ५१ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षकोे सोही अवधिमा ४७ करोड २८ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क ४३.६२ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको खुद नाफामा सामान्य सुधार आएको छ । चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले ५ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा कम्पनीले ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ६ करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले बीमालेखको धितोमा कर्जाबाट ७२ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले अभिकर्ता कमिशनका लागि १२ करोड ९९ लाख रुपैयाँ खर्चेको छ ।

कम्पनीले यस अवधिमा ६ सय ७४ वटा बीमा दाबीवापत ७ करोड ६४ लाख ३३ हजार रुपैयाँ भुक्तानी गरेको छ भने २३ वटा बीमा दावीवापत ५ लाख ९३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यस अवधिमा कम्पनीमा तीन हजार २ सय ५० वटा बीमालेख जारी भएका छन् । गत आवको यसै अवधिमा कम्पनीमा तीन हजार ४ सय २८ वटा बीमालेख जारी भएका थिए ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २० करोड २८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको बीमा कोषको आकार ५२.६६ प्रतिशतले बढेर एक अर्ब ७३ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

जनरल इन्स्योरेन्सको नाफा ५६% ले बढ्यो

जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा खुद नाफा बढाएको छ ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीले खुद नाफा ५६.२० प्रतिशतले बढाउन सफल भएको हो । यस अवधिमा कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३ करोड ६४ लाख रुपैयाँ रहेको थियो । दोस्रो त्रैमाससम्ममा कम्पनीले १३ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क १२.७६ प्रतिशतले बढेको हो ।

कम्पीले पुनर्बीमा कमिसन आयबाट ७ करोड ९१ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट १ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा ८ सय ९४ वटा बीमा दावीवापत ११ करोड ४९ लाख रुपैयाँ कुद दावी भुक्तानी गरेको छ । भने तीन हजार सात सय ९३ वटा बीमा दावीवापत ५६ करोड ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

एक अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १३ करोड ३ लाख रुपैयाँ संचिती छ ।

यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो ।

कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् ।

बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको छ ।

यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ वापत एक करोड सम्म र बोनस रकम उपलब्ध हुनेछ ।

उक्त योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैया देखि आयश्रोतको आधारमा चाहे अनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने ब्यवस्था रहेको छ । साथै न्युनतम ७ बर्षदेखि अधिकतम २५ बर्ष सम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस बीमा योजना अन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ ।

उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेख अन्तर्गत ऋण तथा समपर्ण सुविधा प्राप्त गर्न सक्ने ब्यवस्था रहेको छ ।

कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए ।

राजश्व चुहावटको आरोपमा चार जना विरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागको इटहरी कार्यालयले राजश्व चुहावटको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको छ । कार्यालयले सूर्य मेटल इण्डष्ट्रिजका अध्यक्षसहित चार जना विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको हो । 

सूर्य मेटल इण्डष्ट्रिज प्रालि धरानका अध्यक्ष सुनसरीको धरान उपमहानगरपालिका वडा नं १० बस्ने वर्ष ६७ का उत्तम कुमार ताम्राकार, ऐ प्रालिका सञ्चालक सोहि उपमहानगरपालिका वडा नं २ बस्ने वर्ष ७३ का चन्द्रेशवरी ताम्राकार, वडा नं ५ बस्ने वर्ष ४३ का अनुप ताम्राकार र ईटहरी उपमहानगरपालिका वडा नं ६ बस्ने वर्ष ६६ का निर्मल कुमार ताम्राकार विरुद्द मुद्दा दायर गरिएको हो । 

कार्यालयले चार जना विरुद्ध १२ करोड १९ लाख ४० हजार ६४३ रुपैयाँ विगोसहित २४ करोड ३८ लाख ८१ हजार २८६ रुपैयाँ सजायको माग दाबी गरि मुद्दा दायर गरेको हो । उनीहरुले विना विल वीजकरगैह्र कर वीजकबाट मालवस्तुहरुको कारोबार गरी प्रचलित मुल्य अभिबृद्धि कर ऐन तथा आयकर ऐन, नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको राजश्व अनुसन्धान कार्यालयको आरोप छ । 

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख ३० मा निर्वाचन गर्ने निर्णय गरेको हो। 

सरकारले देशैभर एकैचरणमा निर्वाचन गर्ने जनाएको छ।

जसका लागि आवश्यक तयारी थाल्न सरकारले निर्वाचन आयोगलाई आग्रह गरिसकेको छ। यसअघि सरकार र निर्वाचन आयोगबीच जेठ ४ मा निर्वाचन गर्ने सहमति भएको थियो। तर, सरकारले त्यसअघि नै निर्वाचन गर्ने मिति घोषणा गरेको छ।

मेटलाइफ फर्चयुन म्यागजिनको प्रशंसनीय बीमा कम्पनीहरुको सूचिमा पर्न सफल

मेटलाइफ फर्चयुन म्यागजिनको २०२२ को सबैभन्दा प्रशंसनीय बीमा कम्पनीहरुको सूचिमा पर्न सफल भएको । मेटलाइफको अनुसार  प्रशंसनीय मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुमध्ये मेटलाइफ पनि  समावेश गरिएको हो ।

बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फर्चयुनले कर्न फेरि नामक विश्वव्यापि संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य गरेको थियो । यसमा बीमा कम्पनीको लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारणहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग मिलेर फर्चुनले सर्वेक्षण गरेको थियो ।

मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले आफ्नो कम्पनी जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरु मध्ये एक भएकोमा खुशी लागेको बताए । मेटलाइफका कर्मचारीहरुले कम्पनीको उद्देश्यलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई गरिएको वाचा पूर्ति गर्न र आफ्ना समुदायहरुमा सकारात्मक परिवर्तन ल्याउन सँधै अग्रसर रहेकाले फर्चयुनले प्रदान गरेको यो मान्यता आफ्नै कर्मचारीहरुको मान्यता भएको सीइओ खलाफले बताए ।

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ८४ लाखसम्मको बीमा

एन आई सी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरून थप गरेको छ । उक्त योजनामा तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदा रहेको बैंकले जनाएको छ ।  

सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाख रुपैयाँसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको छ । 

साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहक महानुभावहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सकिने बैंकले दावी गरेको छ ।

 बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ । 

तरलता अभाव समाधान कसरी गर्न सकिन्छ?

तरलता अभावको समस्या एउटा मात्र नभइ अनेकौं भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन सुधारका सुझाबहरु दिएको छ।

यद्यपी सुझाबहरु संघले राष्ट्र बैंकका गभर्नरलाई बुझाइसकेको छ। आइतबार संघले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको मात्र हो।

सुझाबहरु कुनै बैंक तथा वित्तीय संस्था आफैले लागू गर्नुपर्ने खालका छन् भने कुनै नेपाल राष्ट्र बैंकले सम्बोधन गर्ने किसिमका छन्। कुनै नेपाल सरकारले लागू गर्नुपर्ने प्रकृतिका छन्। कुनै सबैको समन्वयात्मक पहलबाट सुल्झिन सक्ने खालको छ।

तत्काल सम्बोधन गर्न सकिने सूझाबहरु

  • समन्वयात्मकरुपमा अघि बढ्ने
  • व्यवसाय बिस्तारमा संयमता अपनाउने र कर्जा बिस्तार विस्तार रणनीतिलाई पुनरावलोकन गर्ने
  • विप्रेषणलाई प्रोत्साहन गर्ने नीति ल्याउने
  • आयात निरुत्साहित गर्ने कार्यक्रम ल्याउने
  • स्वदेशी बस्तु तथा सेवा प्रयोग गर्न प्रोत्साहन गर्ने नीति ल्याउने
  • निक्षेप र कर्जाको मिश्रणमा सुधार गर्दै लैजाने
  • नेपाल राष्ट्र बैंकमा पेश गरिने बार्षिक बजेट तथा व्यवसाय बिस्तार योजनालाई सुपरिवेक्षण गर्ने
  • बृहतरुपमा प्रभाव पार्ने नीति ल्याउँदा लागू गर्नका लागि प्रर्याप्त समय प्रदान गर्ने
  • सरकारले नेपाल राष्ट्र बैंक मार्फत पुनर्कर्जाको रकमलाई अझ बृद्घि गरी कृषि, घरेलु उद्योग जस्ता उत्पादनशिल क्षेत्रको अल्पकाल र मध्यमकालको पुनरकर्जा उपलब्ध गराउने।

क्रमशः लागु गर्दै जान सकिने सूझाबहरु

  • कोभिडको प्रभावित कर्जालाई पहिचान गरी प्रोभिजिनिङ्गको व्यवस्था गर्ने
  • आयात प्रतिस्थापनका नीति ल्याउने
  • पुँजीगत खर्चलाई समयमै खर्च गर्ने परिपाटी बसाउने
  • व्याजदर तथा शुल्क निर्धारण गर्ने कार्य बजारलाई छोडी दिने
  • डोमेस्टिक सिस्टमेटिकल्ली इम्पोर्टेन्ट बैंक घोषणा गर्ने,
  • काउन्टर साइक्लिकल बफर लागू गर्ने
  • उत्पादनमूलक क्षेत्रमा बढी कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने किसिमका कार्यक्रम ल्याउने ।

अध्ययन गरी/दीर्घकालिनरुपमा लागु गर्न सकिने सूझाबहरु

  • अर्थतन्त्रमा सन्तुलन कायम गर्नका लागि दीर्घकालिन योजना बनाइ लागू गर्ने
  • सस्टेनेवल फाइनान्स रोडम्पाप बनाइ लागू गर्ने
  • एसेट म्यानेजमेन्ट कम्पनी स्थापना सम्बन्धी अध्ययन गरी आवश्यक नीति ल्याउने
  • शैक्षिक क्षेत्र र श्रम बजारको बिकास गर्नका लागि युवालाई आकर्षण गर्ने तथा विदेशी विद्यार्थी नेपाल ल्याउने व्यवहारिक योजना बनाइ लागू गर्ने
  • बचत तथा ऋण सम्बन्धी कारोवार गर्ने सहकारीहरुको नियमन र सुपरिवेक्षणका लागि नेपाल राष्ट्र बैंकमा भए जस्तै विज्ञहरु रहने गरी विशेष नियमनकारी निकायको स्थापना गर्ने
  • नेपाललाई सफ्टवेयर आयात देशबाट निर्यात गर्ने देशमा रुपान्तरित गर्ने
  • कृषि र विपन्न वर्ग कर्जामा गएको लगानीको प्रभावकारिता र सदुपयोगिताको अध्ययन गर्ने
  • तरल सम्पत्तीमा लगानी गर्न सकिने क्षेत्रको पहिचान गरी लागू गर्ने नीति ल्याउन वातावरण बनाउने

सिटिजन लाइफ इन्स्योरेन्सले आइओएस एप गर्‍यो अपग्रेड

सिटिजन लाइफ इन्स्योरेन्सले सेवालाई समयानुकूल परिस्कृत आइओएस एपमा थप सुविधासहित अपग्रेड गरेको छ। 

कम्पनीका ग्राहक र अभिकर्ताहरुलाई डिजिटल सेवा उपलब्ध गराउन  एपले थप सहयोग गर्ने कम्पनीको विश्वास छ।

सिटिजन लाइफ इन्स्योरेन्स एप मार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी पाइने बताइएको छ। 

यस्तै, नेपालभर रहेका सम्पुर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिविधिहरुको जानकारी लिन सकिने कम्पनीले जनाएको छ। 

नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभाश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजीको १४.७३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृति तथा साधारण सभाबाट अनुमोदन गरेपछि सेयरधनीले पाउनेछ ।