जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सनराइज बैंकको ८६ औं शाखारहित बैंकिङ्ग सेवा झापामा

सनराइज बैंक लिमिटेडले झापा जिल्लाको कमल गाउपालिका वडा नं.–७, बाह्रघरेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ८६ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलार्ई नियुक्त गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिमा कमल गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष पृथ्वीपती राई तथा अन्य अतिथिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सनराइज बैंक लिमिटेड १ नं. प्रदेश प्रमुख बिबेक निरौलाको सभापतित्वमा संचालित उक्त कार्यक्रमको संचालन दमक शाखाका शाखा प्रबन्धक मदन तिम्सीनाले गर्नु भएको थियो ।

सो कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी, व्यापारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८६ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

डिजिटल भुक्तानीमा अन्तरआवद्धता बढ्दो, फोनपे नेटवर्कमा प्रभुपे आबद्ध

पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ । यसैक्रममा नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र प्रभु टेक्नोलोजिबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ । 

अन्तरआवद्धता सम्बन्धी बुधवार एक कार्यक्रमकाबीच जानकारी दिएर यस सहकार्यसँगै अब प्रभुपे फोनपे नेटवर्कमा आबद्ध भएको छ । अबदेखि प्रभुपेका ग्राहकले  फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस किसिमको  सहकार्य नेपालको डिजिटल कारोबारमा ठुलो उपलब्धी हुने अपेक्षा गरिएको छ ।  

कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, ‘हामी पहिला देखि नै अन्तरआबद्धताका लागि जोड दिँदै आइरहेका थियौँ,पछिल्ला दिनमा नियामक निकाय राष्ट्रबैंकले पनि एक आपसमा अन्तरआद्धताका लागि निर्देशन गरिरहेको छ । हामी सबै कम्पनीको लडाई भनेको नगद कारोबारसँग हो । प्रभुपेसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा थप मद्दत पुग्नेछ । हामी अन्य भुक्तानी सेवा प्रदायकलाई पनि हम्रो नेटवर्कमा जोडिन आह्वान गर्दछौँ ।’  

डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन् । दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । 

कामना सेवा विकास बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच भुक्तानीका लागि सहकार्य

कामना सेवा विकास बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज बीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

उक्त साझेदारी पत्रमा सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । 

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच एससीटी यूपीटी कार्ड, स्मार्ट क्यूआर, एससीटी एन पे जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ । 
 

अर्थमन्त्री शर्मा हुँ भन्दै करोडौं ठगि गर्ने पेसेवार ठग प्रहरीकाे नियन्त्रणमा

कहिले माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) भन्दै र कहिले मेडिकल तथा साइन्स कलेज खोल्ने बहानामा करोडौं उठाएर फरार रहेका पेसेवार ठगलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न बहाना बनाई ठगी गरेको आरोपमा प्युठान जिल्ला तोरवाङ गाउँपालिका-६ घर भई हाल झिमरुक गाउँपालिका बस्ने ईश्वरीप्रसाद पोख्रेललाई सोमबार राति पक्राउ गरेको हो ।

बागमती प्रदेश ०१-०२६ च ४००१ नम्बरको कार चेक जाँच गर्ने क्रममा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दान बहादुर कार्की बताए ।

पक्राउ परेका पोख्रेल पेसेवार ठग भएको प्रहरीले दाबी गरेको छ । उनले २०६९ सालमा माओवादी नेता जनार्दन शर्मा (प्रभाकर) बनेर साइन रेसुङ्गा बैङ्क केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई समेत ठगेका थिए । प्रहरीका अनुसार उनले पन्थलाई ७ लाख रुपैयाँ ठगी गरेका थिए ।

प्रहरीका अनुसार २०६४/०६५ सालमा पौडेलले दाङ राप्ती गाउँ पालिका २ मा साइन्स कलेज स्थापना गर्ने र जागिर लगाइदिने नाममा १ करोड बढी रकम उठाएर फरार भएका थिए । यसै गरी कैलालीको धनगढीमा समेत मेडिकल कलेज खोल्ने नाममा स्थानीय व्यवसायी र सर्वसाधारणसँग लाखौं रकम उठाएर फरार भएको जनाइएको छ ।

यस्तो छ उनको ठगीको श्रृंखला

२०६४/०६५ सालमा जिल्ला दाङ साविक लालमटिया गा.बि.स.हाल राप्ती गाउपालिका वडा नं.०२ मा साइन्स कलेज स्थापना गर्ने र सो मा जागिर लगाइदिने भनि बिभिन्न व्यक्तिहरूबाट अं.१,००,००,००० (एक करोड ) भन्दा बढी रुपैया उठाई ठगी फरार भएको भन्ने खुल्न आएको ।

२०६५ सालमा कैलाली जिल्लाको धनगढी स्थित मेडिकल कलेज खोल्ने र सोको लागि लगानी चाहिने भनि विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूलाई लाखौँ रकम ठगी गरी फरार भएको भन्ने खुल्न आएको ।

पर्सा जिल्लाको विरगञ्जमा देवेन्द्र कुमार कर्णले सञ्चालन गरेको Jagadamba sales trading Pvt. Ltd मा गई आफु Gaumukhi Feed Industries & Trade link Pvt.Ltdको सञ्चालक भएको भनि च्यानल गेट, एङगल तथा रडहरू रू.४७,००,०००।–(सडचालिस लाख) मा खरिद गरी सो वापत Gaumukhi Feed Industries & Trade link Pvt.Ltdनामको माछापुच्छ्रे बैङकमा रहेको १००१५२४१०४८७८११२ खाता नं.को रकम नभएको चेक मिति २०७८।०३।१३ गते दिई फरार भएको ।

गोयल कम्पनिको विक्रेता भैरहवाको शिद्धार्थ हार्डवेयरबाट मिति २०७८।१०।०५ गते रू.२३,००,०००।– (तेइस लाख) बराबरको हार्डवेयर सामग्री (पाईप,I-beam, Channel gate) आदि फ्याक्ट्री बनाउन लागेको छु भनि सामान लिई सो वापत Gaumukhi Feed Industries & Trade link Pvt.Ltd नामको कृषि विकास बैङक लिमिटेड प्युठानको खाता नं.०९१९६०१९९५३१७०११ नं.को रकम नभएको चेक दिई फरार भएको ।

नेपाली सेनाको ठेकेदार हुँ भनि चितवन जिल्लाको टाडीमा सञ्चालित Rijal Food & Beverages Pvt.Ltd बाट मिति २०७८।०७।३० गते Gaumukhi Feed Industries & Trade link Pvt.Ltd को नाममा दालमोट,भुजिया लगायत नमकिनजन्य सामानहरू खरिद गरी सो वापतको भुक्तानीको लागी माछापुच्छ्रे बैङकको रकम नभएको चेक दिई फरार भएको सो बापत कम्पनीले रु.२८,००,०००।– (अठ्ठाइस लाख) को क्षति बेहोरेको ।

नवलपरासी जिल्लामा रहेको समृद्धि स्टिल कम्पनीमा २५,००,०००। लाख बराबरको सामान दिई रकम नभएको चेक दिई फरार भएको ।

प्युठान सिमेन्ट कारखानाबाट रू.२०,००,०००।–बराबरको सामान लिई रकम नभएको चेक दिई फरार रहेको ।

गोल्छा अर्गनाईजेसनबाट रू.३०,००,०००।– बराबरको चामल चिउरा तथा फलामका सामाग्रीहरू लिई रकम नभएको चेक दिई फरार भएको ।

काठमाण्डौ जिल्लाको टेकुमा शिव प्रसाद थापाले सञ्चालन गरेको निर्मणी मेशिनरी सप्लायर्शबाट विभिन्न मेसिनरी सामानहरू लिई माछापुच्छ्रे बैङकको रु.१,२७,०००।–बराबरको रकम नभएकोको चेक दिई फरार रहेको ।

पहिले दर्ता भएका मुद्धाहरू

ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा मिति २०५७।०६।०१ गते स्थानिय जनतालाई डर त्रासको वाताबरण सृजना गरेको हुनाले सार्वजनिक ऐन अन्तर्गतको मुद्धा दर्ता भएको ।

ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा २०६९।०९।१६ गते तत्कालिन साइन डेभलेपमेन्ट बैङकको केन्द्रिय कार्यलयका लेखा प्रमुख भुवन पन्थलाई फोन गरी म माओबादी नेता जनार्दन शर्मा प्रभाकर हुँ भनि कामको शिलशिलामा १ /२ घण्टाको लागि रकम आवश्यक परेको भन्दै नविल बैङकको नक्कली खाता नं.१३१००११७५१३४२ पिडितलाई दिई रु.७,००,०००।– (सात लाख) ठगी गरेको हुनाले ठगी मुद्धा दर्ता भई अनुसन्धान पश्चात जेल चलान भएको।

महानगरीय प्रहरी परिसर काठमाण्डौमा २०७३।०८।०७ गते राष्ट्रिय अनुसन्धान बिभागमा जागिर लगाइदिन्छु भनि रू.१,५०,०००।- ठगि गरेको हुनालेमुद्धा दर्ता भई अनुसन्धान भएको ।

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंक लिमिटेड बीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको “ख”वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेड बीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समयदेखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवासुविधा पु¥याउँदै आएको मूलुकको बैकिङ्ग क्षेत्रको अग्रणी कामना सेवा विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवाविकास बैंक लिमिटेडबीच SCT-UPT Debit Card, SMARTQR, SCT-nPay जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।

बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ । साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

राजश्व विभागले विइङ ह्युम्यानका सञ्चालकलाई धरौटीमा छाड्यो

बलिउड अभिनेता सलमान खानको फाउन्डेसनले चलाएको क्लोथिङ स्टोर बिइङ ह्युम्यानको आवरणमा अवैध गतिविधिमा संलग्न भएको अभियोग लागेका सन्तोषचन्द्र बख्रेललाई धरौटीमा छाड्न आदेश भएको छ ।

राजश्व अनुसन्धान विभागले बख्रेललाई १ करोड ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

विभागले उनीसँगै पक्राउ परेका रविन पाख्रिनलाई १ करोड ३८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । शैलेश पन्त र नारायणप्रसाद घिमिरेलाई चाहिँ ६ लाख रुपैयाँ धरौटी मागिएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले चार जनालाई राजश्व छलिको मदिरासहित काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई १४ माघमा पक्राउ गरेको थियो । पछि बख्रेलको गोदाममा छापा मारेर प्रहरीले अवैध सुर्तीजन्य पदार्थ र कस्मेटिक सामग्रीहरु बरामद गरेको थियो ।

सुदूरपश्चिममा २३ अर्बको लगानीमा ३५० मेगावाट सौर्य ऊर्जा उत्पादनको लागि अध्ययन गर्न अनुमति

लगानी बोर्डले सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाटको सौर्य ऊर्जा उत्पादनको लागि सम्भावना अध्ययन गर्न अनुमति दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको लगानी बोर्डको बैठकले डोटी र डडेल्धुरामा दुईवटा आयोजना गरेर ३५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्नको लागि एमएस सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई अनुमति दिने निर्णय गरेको हो ।

बैठकले डाबर नेपालले प्रस्ताव गरेको ९ अर्ब ६८ करोड पुँजी थप्ने प्रस्तावलाई समेत स्वीकृत गरेको छ ।

बैठकले तल्लो अरुण आयोजना निर्माणको लागि भारतीय कम्पनी एसजेवीएन लिमिटेड इन्डियाले प्रस्ताव गरेको प्रारम्भिक प्रतिवेदनलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

हायर पर्चेज कर्जाः यि हुन् राष्ट्र बैंकले ल्याएका नयाँ व्यवस्थाहरु !

नेपाल राष्ट्र बैंकले हालै हायर पर्चेज कर्जा सम्बन्धी नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० लाई तेस्रो संशोधन गरेको हो । नयाँ व्यवस्था अनुसार हायर पर्चेज कर्जा दिने कम्पनीले पनि एक सञ्चित कोष कायम गर्नुपर्ने छ । 

कम्पनीले प्रत्येक वर्षको नाफाबाट २० प्रतिशत रकमको चुक्ता पुँजीको दोब्बर नहुँदासम्म छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । चुक्ता पुँजीको दोब्बर भइसकेपछि भने हरेक आर्थिक वर्षमा नाफाको १० प्रतिशत रकम सो कोषमा छुट्याउनु पर्ने छ । सञ्चित कोषमा जम्मा भएको रकम राष्ट्र बैंकको स्वीकृति विना अन्य शीर्षकमा खर्च नपाइने व्यवस्था नयाँ संशोधनमा गरिएको छ ।

राष्ट्र बैंकले तिनीहरुको न्यूनतम चुक्ता पुँजी ३० करोड रुपियाँ तोकेको छ । यसअघि न्यूनतम २० करोड रहेको चुक्ता पुँजीलाई २०७८ असारमसान्तसम्म ३० करोड रुपियाँ पु¥याउनुपर्ने व्यवस्था गरिएकोमा तेस्रो संशोधनमार्फत न्युनतम चुक्ता पुँजी तोकिएको हो ।

हायर पर्चेज कर्जा दिने कम्पनीको खुद सम्पत्तिको १० गुणा भन्दा बढी ऋण तथा कर्जा सापटी लिन नपाउने प्रावधान समेत थप गरिएको छ भने औसत व्याज दरमा ४ प्रतिशतभन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत व्याज दर अन्तर कायम गर्नुपर्ने व्यवस्था समेत नयाँ संशोधनमा थपिएको छ । कम्पनीको खुद सम्पत्ति भ्ननाले चुक्ता पुँजी, स्वतन्त्र कोषहरु र नाफा नोक्सान मौज्दातको कुल रकम हुने जनाइएको छ । कम्पनीले एउटै ग्राहकलाई अघिल्लो त्रैमासकको खुद सम्पत्तिको बढीमा ३० प्रतिशतसम्म कर्जा प्रदान गर्न सक्ने सीमा तोकिएको छ । कुनै कम्पनीको अर्को कम्पनीमा २५ प्रतिशत वा सो भन्दा बढी शेयर भएमा त्यसलाई पनि एकल ग्राहक समूहमा राखिने राष्ट्र बैंकको नयाँ संशोधनमा उल्लेख छ ।

निक्षेप वा बचत संकलन गर्न नपाउने

हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि किसिमले निक्षेप वा बचत संकलन गर्न पाउने छैन । हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन पाउने छैन । यस बैंकले कम्पनीको ब्याजदर निर्धारण सम्बन्धमा आवश्यक देखिएमा समय समयमा द्ध त्यस्तो ब्याजदर सम्बन्धी नीतिगत व्यवस्था गर्न सक्नेछ । यसरी नेपाल राष्ट्र बैंकबाट भएको ब्याजदर सम्बन्धी व्यवस्था पालना गर्नु सम्बन्धित कम्पनीको कर्तव्य हुनेछ ।

किस्ता रकम एक वर्ष भन्दा बढी अवधिले भाखा नाघेमा सम्पूर्ण कर्जा रकमलाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । कम्पनीले हायर पर्चेज कर्जा दिने स्वीकृति पाएको मितिले ६ महिनाभित्र त्यस्तो कारोवार शुरु गरिसक्नु पर्नेछ । अन्यथा त्यस्तो कम्पनीलाई कारोवार गर्न प्रदान गरिएको स्वीकृति स्वतः रद्द हुनेछ ।

शंंकास्पद तथा खराब वर्गमा गरिएको कर्जालाई निष्क्रिय कर्जा गणना गरी त्यस्तो अवस्थामा व्याज रकमको लेखांकन नगद प्राप्तिको आधारमा मात्र गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बीमा कम्पनीले सीइओको तलब घटाउन नपाउने

बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतको तलब सुविधा कटौती गर्न नपाउने भएको छ ।

एउटा बीमा कम्पनीबाट अर्को कम्पनीमा जाँदा वा सोही कम्पनीमा नयाँ नियुक्ति गर्दा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको तलव भत्ता तथा सुविधा नघट्ने भएको छ ।

बीमा समितिले बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०७४ को पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

सीइओ पुनः नियुक्ति गर्दा वा नयाँ नियुक्ति गर्दा मापदण्ड अनुसार गणना गरिएको निश्चित वार्षिक तलब भत्ता रकम यसअघि प्रदान गरिएको वार्षिक तलव तथा कम हुन आएमा समितिको स्वीकृती लिई अघि प्रदान गर्दै आएको तलव भत्ता रकमसम्म प्रदान गर्न सक्ने व्यवस्था समितिले गरेको हो ।

समितिद्वारा संशोधित मार्गदर्शनको दफा ४ मा ‘बीमकले प्रमुख कार्यकारी अधिकृतको पुनः नियुक्ति गर्दा वा नयाँ नियुक्ति गर्दा यस उपदफा बमोजिम गणना गरिएको निश्चित वार्षिक तलव भत्ता रकम यस अघि प्रदान गरिएको वार्षिक तलव तथा भत्ताभन्दा कम हुन आएमा समितिको स्वीकृति लिइ अघि प्रदान गरिएको तलबभत्ता रकमसम्म प्रदान गर्न सकिनेछ,’ उल्लेख छ ।

बीमा कम्पनीका सीइओले निश्चित वार्षिक तलब तथा भत्ताहरु, कार्य सम्पादनमा आधारित पारिश्रमिक, बीमा सम्बन्धी सुविधाहरु र अन्य सुविधाहरु प्राप्त गर्न सकिने व्यवस्था छ ।

जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुको सीइओले विगत तीन आर्थिक वर्षको औषत कर्मचारी खर्चको ६ प्रतिशतसम्म तलब भत्ता पाउन सक्ने व्यवस्था छ ।

यस्तै, जीवन र निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको हकमा बीमकको विगतको तीन वर्षको आर्थिक वर्षहरुको अन्यको औषत कुल सम्पत्तिको क्रमश ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्म सीइओलाई तलव भत्ता तथा सुविधा दिन सकिने मापदण्ड छ ।

उक्त मापदण्डहरुको आधारमा गणना गर्दा जुन मापदण्डबाट न्यूनतम रकम आउँछ सोही अनुरुपको निश्चित तलव भत्ता प्रदान गरिने मार्गदर्शनमा उल्लेख छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

सरकारले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताएका हुन् ।

त्यस्तै सरकारले धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य गरेको छ । सञ्चार मन्त्री कार्कीका अनुसार निर्वाचन आयोगबाट प्राप्त परामर्श बमोजिम स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम वि.स २०७९ साल बैशाख ३० गते शुक्रबारको दिन ७५३ वटा स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले बर्ड फ्लू नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्डफ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदुतहरुको अवधि थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै, डिजिटल प्रणालीमार्फत् नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धि सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यान्वयनले गोरखाको कार्यक्षेत्र भित्र पर्ने नुवाकोट जिल्लाको सडक सिमा भित्र परेका तीन वटा घरटहराको राहत स्वरुप क्षेतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

उनले सरकारले बालअधिकार सम्बन्धि अन्तरराष्ट्रिय महासन्धि १९८९ को छैटौं आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र संघमा पेश गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको बताए । त्यस्तै सरकारले फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता कार्कीले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्धितिय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा, समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ती तथा पदस्थापन गर्ने निर्णय समेत गरेको बताए ।

एनसीसी बैंकका सञ्चालक निशेष प्रधानले दिए राजीनामा

नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडमा सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा प्रतिनिधित्व गर्ने निशेष प्रधानले राजीनामा दिएका छन् ।कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानले दिएको राजीनामा सोही दिनदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

बहुराष्ट्रिय कम्पनी डाबर नेपालले १० अर्ब लगानी गर्ने

बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले नेपालमा करिब १० अर्ब लगानी गर्ने भएको छ ।

लगानी बोर्डको बैठकले डाबर नेपाल प्रालिले प्रस्ताव गरेको ९ अर्ब ६८ अर्ब करोड रुपैयाँ पुँजी थप्ने प्रस्तावलाई अनुमति दिएको हो । मंगलबार बसेको बोर्ड बैठकले डाबर नेपाल प्रालिले गरेको पुँजी थप्ने प्रस्तावलाई अनुमति दिएको हो ।

डाबर इन्डियालाई रुक्म शमशेर राणाले नेपालमा भित्राएका थिए । सन् १९८९ मा स्थापना भएको डाबर नेपालले नेपालमा व्यवसायिक उत्पादन सन् १९९२ देखि सुरु गरेको थियो ।

डाबर नेपाल प्रालिमा ९७.५० प्रतिशत सेयर हिस्सा डाबर इन्टरनेशनल लिमिटेडको रहेको छ । बाँकी २.५० प्रतिशत सेयर हिस्सा रुक्म शमशेर राणाको रहेको छ । डाबर नेपालले वर्षमा ५० करोडभन्दा बढी नाफा गर्ने गर्छ । भारत निर्यातमा पाप आयल र भट्मासको तेलको निर्यात हुनु अगाडि डाबरको हिस्सा बढी थियो ।

२०७५/७६ मा नेपालले ९७ करोड ११ करोड बराबरको निर्यात गरेको थियो ।

डाबर नेपाल प्रालिले गत आर्थिक वर्ष २०७५र७६ मा ६ अर्ब ३३ करोड बराबरको निर्यात गरेको थियो । नेपालमा रहेको उद्योग प्रतिष्ठानबाट सबैभन्दा बढी रकमको निर्यात गर्ने कम्पनी डाबर नेपाल प्रालि हो ।