जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रुडेन्सियल इन्स्योरेन्स सञ्चालक समितिद्वारा ७.३% लाभांश प्रस्ताव

प्रुडेन्सियल इन्स्योरेन्स सञ्चालक समितिद्वारा ७.३% लाभांश प्रस्ताव

प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश घटेको छ। गत आर्थिक वर्षका लागि ७.३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। आव ०७६/७७ को लाभांश ८.४२ प्रतिशत दिएको थियो।

इन्स्योरेन्सले आर्थिक वर्ष ०७७/७८ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमबार बसेको सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश नियामक निकाय बीमा समिति र आगामी वर्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्ने प्रुडेन्सियलले जनाएको छ। 

कम्पनीको लाभांश गत आर्थिक वर्षको तुलनामा घटेको छ। आर्थिक वर्ष २०७६/७७ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश सेयरधनीमाझ वितरण गरेको थियो।

3745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका