जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

कर्पोरेट डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्री गर्दै

कर्पोरेट डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै २ लाख ७२ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान कायम संस्थापक शेयरधनीहरुले सूचना जारी भएको मितिले फागुन २० गते भित्र आवश्यक कागजात प्रमाणपत्रसहित केन्द्रीय कार्यालय आदर्शनगर, बीरगञ्जमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

बैंकले तोको उक्त अवधिमा संस्थापक शेयर खरीदका लागि आवेदन नपरेमा अन्य उपयुक्त इच्छुक व्यक्तिलाई शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

हिमालयन जनरलको सिइओमा विजय बहादुर शाह

 हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा बिजय बहादुर शाहलाई नियुक्त गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले शाहलाई नियुक्ति गर्ने प्रस्ताव सहित बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्य व्यक्तिगत कारणले गर्दा  कार्यकाल सकिनु डेढ वर्ष अगाडी नै बाहिरिदै छन् । उनि यहि माघ मसान्तसम्म मात्रै बस्ने भएकाले कम्पनीले फागुनदेखि नै नियुक्ति गर्ने हिसावले शाहलाई नियुक्ति गर्ने प्रकृयाँ अगाडी बढाएको हो ।

तर कुलिङ पिरियडका कारण शाह फागुन ९ गते पछि मात्रै प्रमुख कार्यकारी अधिकृतका लागि योग्य हुन्छन् । उनि नेपाल इन्स्योरेन्स कम्पनीबाट साउन ८ गते पद मुक्त भएका थिए । यस हिसावले उनि फागुन ९ गते हिमालयन जनरलमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि योग्य ठहरिन्छन् । संस्थागत सुशासन निर्देशिका अनुसार बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि ६ महिनाको कुलिङ पिरियड तोकिएको छ ।

शाह नेपाल इन्स्योरेन्स भन्दा पहिला एनएलजीमा दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएका थिए । ३५ वर्ष भन्दा बढिको कार्यानुभव भएका शाहले नेपाल बीमक संघलाई दुई पटक नेतृत्व गरिसकेका छन् । बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शाहले एमबीएसम्मको अध्ययन गरेका छन् ।

काठमाडौं ,न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सको तेस्रो शाखा सञ्चालन

फोर नाइन बागलुङ ज्वेलर्सले काठमाडौंको न्यूरोडमा शाखा सञ्चालनमा ल्याएको छ। ‘शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित  फोर नाइन बागलुङ ज्वेलर्सले न्यूरोड स्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट सेवा सुरु गरेको हो।

करीब १० वर्ष अगाडी बागलुङबाट ज्वेलरीको काम सुरु गरेको थियो। चितवनको भरतपुर स्थित सिजी ल्याण्डमार्क र नारायणगढको मिलनरोड मार्फत सेवा दिँदै आएको उक्त पसलले काठमाडौंका ग्राहलाई मध्यनजर गर्दै न्यूरोडमा तेस्रो शाखा संचालनमा ल्याइएको ज्वेलर्सका अध्यक्ष अमिर सुनारले जानकारी दिए।

उनी भन्छन, ‘बागलुङ ज्वेलर्सका ग्राहकहरु काठमाडौंमा पनि छन्। आफ्नो क्षेत्रका ग्राहकहरुको माग पुरा गर्ने, छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ शाखा विस्तार गरिएको हो।’ उक्त पसल १० करोडको लगानीमा संचालनमा आएको सुनार बताउँछन्।

लाइफ इन्स्योरेन्स कर्पोरेशनको साधारणसभा आह्वान 

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ११ गते बुधबार सम्पन्न हुने गरि साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक  वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २१ करोडको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनकोलागी १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने,  लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने , लगायतका प्रस्ताव पेश हुने छन्।कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

एक्सेल डेभलपमेण्ट बैंकले शेयरधनीहरुको हितग्राही खातामा

एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले निष्कासन गरेको ३० प्रतिशत हकप्रद शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म विक्री गरेको उक्त हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा माघ ४ गते सूचीकृत गराए पश्चात सम्बन्धीत शेयरधनीहरको हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजारको आधारमा १० बराबर ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता शेयर विक्री गरेको थियो ।

हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असोज १ गते एक दिन बुक क्लोज गरेकाले भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा मात्र शेयर जम्मा भएको हो । यो हकप्रद शेयर विक्री प्रबन्धकको जिम्मेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गरेको छ

सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन

सगरमाथा इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा शोभा श्रेष्ठ चयन भएकी छिन् । कम्पनीको माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनलाई चयन गरेको हो ।

ललितपुरको सुनाकोठी निवासी श्रेष्ठसँग दुई दशकभन्दा बढि बैंक वित्तिय क्षेत्रमा काम गरेको अनुभव छ ।  

एशियन लाइफको साधारण सभा हुने स्थान परिवर्तन, एजिएम माघ २१ गते

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभाको स्थान परिवर्तण भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले कोभिडको तेस्रो लहर चलिरहेको कारण कम्पनीको १३औं वार्षिक साधारण सभाको स्थान परिवर्तन गरेको जनाएको छ ।

कम्पनीले एक सुचना जारी गर्दै (कम्पनीको रजिष्ट्रार कार्यालयबाट स्वीकृति लिइएको) स्थान परिवर्तन गरी आगामी माघ २१ गते कम्पनीको प्रधान कार्यालय मैतिदेबी, काठमाडौंबाट अर्भुअल माध्यमबाट हुने जनाएको छ । सभा विहान ११ बजे सु हुनेछ ।

सभाले संचालक समितिबाट प्रस्तावित र बीमा समितिबाट स्वीकृत २७ प्रतिशत लाभांश यस पटकको साधारण सभामा शेयरधनीको लागि मुख्य आकर्षण हुने भएको छ। साधारण सभामा लाभांश वितरण, २०७६/७७ को वासताल, नाफा नोक्सान हिसाब लगायत वित्तीय विवरणमा छलफल र पारित गर्ने कार्यक्रम रहेको छ।

साधारण सभामा हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुने ५० करोड २६ लाख ९०‌ हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गरिंदैछ। त्यसैगरी बोनश शेयरको लागि शेयरधनीले भुक्तानी गर्नुपर्ने लाभकरवापतको रकम भुक्तानी गर्नको लागि २ प्रतिशत नगद लाभांश वापत ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि पेश गरिने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ।

साथै बाह्य लेखापरिक्षक आर ए एस एशोसिएसट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, एशियन क्यापिटलमार्फत् सामूहिक लगानी कोष संचालन गर्न नियामक निकायबाट स्वीकृत लिने , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभामा पेश गरिंदैछ।

त्यसैगरी सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहायता प्रदान गर्दा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पेश गर्नेछ । साधारण सभामा शेयरधनीहरु भौतिक वा अभौतिक कुनै पनि माध्यमबाट सहभागिता जनाउन सक्ने एशियन लाईफ इन्स्योरेन्सले प्रकाशन गरेको सूचनामा उल्लेख छ। शेयरधनीले एनआइबीएल एस क्यापिटलबाट जुम मिटिङको लागि आइडी र पासकोड प्राप्त गर्न सक्नेछन्।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते एक दिनको लागि बुक क्लोज गर्दैछ । तयसकारण माघ ११ गतेसम्म शेयर खरिद गर्ने शेयरधनीले २७ प्रतिशत लाभांश प्राप्त गर्नेछन् ।

सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको दावी भुक्तानी

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोग विरुद्धको दावी रकम इस्मा गा.पा. वडा नं. ४ गुल्मीका बीमित  मधु खत्रीलाई हस्तान्तरण गरेको छ । खत्रीले रु १० लाख बीमाङ्कको बीमालेख लिएको १ बर्ष बिते लगत्तै मृगौला फेल भएको र कम्पनीले १८ घातक रोगहरु को रक्षावरण हुने गरी घातक रोग सुविधा प्रदान गर्ने गरेकोमा निज खत्रीले बीमाशूल्क रकममा थप रु. १६९० भुक्तान गरी घातक रोग सुविधा लिएकोले कम्पनीले घातक रोग बापतको बीमाङ्क रु. १० लाख खत्रीलाई हस्तान्तरण गरेको हो । उक्त दावी पश्चात पनि उनको पोलिसीमा घातक रोग बाहेको सम्पूर्ण सुविधा यथावत रहि निरन्तर रहने कम्पनीले जनाएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक  नरोत्तम ढकाल, दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी  तारणी कटुवालको उपस्थितिमा मधु खत्रीलाई प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का ज्यूले चेक हस्तान्तरण गरेका थिए  । घातक रोग विरुद्धको यस सुविधा बापत प्राप्त उक्त रकमले उहाँको उपचारमा सहयोग पुग्ने कुरामा कम्पनी विश्वसत रहेको कुरा प्रमुख कार्यकारी अधिकृत ले जानकारी गराएका थिए  ।

सिटिजन लाइफद्धारा म्यादी जीवन बीमा अन्तर्गत १३ लाख भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको कञ्चनपुर शाखाले वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत १३ लाख भुक्तानी गरेको छ। भुक्तानी लिने हकवाला रम्भा कुमारी चौधरीलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय कञ्चनपुरको शाखा प्रबन्धक सुर्य नारायण चौधरीले कार्यालयमा चेक हस्तान्तरण गरे ।

श्रीमती रम्भा कुमारी चाधरीले दावी भुक्तनी पाइसकेपछी सिटिजन लाइफ इन्स्योेरेन्सले आज घाउमा मलमको काम गरेको बताएका थिइन ।

कार्यक्रममा जीवन बीमाको महत्व र आवश्यकता बारे एजेन्सी म्यानेजर जयकान्त चौधरीले बताएका थिए भने सिटिजन लाइफ इन्स्योरेन्समा बीमा गरि सम्पुर्णले आफ्नो आर्थिक सुरक्षा गर्नुपर्ने ऐजेन्सी म्यानेजरहरुले बबताएका थिए ।

कार्यक्रममा कञ्चनपुर शाखा प्रमुख सुर्य नारायण चौधरी, कञ्चनपुर शाखाको एजेन्सी म्यानेजर जयकान्त चौधरी, नारायण कुमार मण्डल र अभिकर्ताहरुको उपस्थित रहेको थियो।

सर्वोच्चले भन्यो, ‘अवकाश भुक्तानीमा ५ प्रतिशतमात्रै कर लिनु’

सर्वोच्च अदालतले अवकाश भुक्तानीमा ५ प्रतिशत मात्रै कर कट्टा गर्न आदेश दिएको छ । विभिन्न ५ जनाले राष्ट्रिय वाणिज्य बैंकले आफूहरुको अवकाश भुक्तानी रकमबाट १५ प्रतिशत कर लिएको भन्दै दायर गरेको मुद्दामा आदेश गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीले १५ प्रतिशत कर लिन नपाउने आदेश गरेका हुन ।

यससम्बन्धी गत मंसिर २१ मै भएको आदेशको पूर्णपाठ बिहीबार आएको छ । वेदबहादुर लावती, मीना मोक्तान, पूर्णप्रसाद राई, शैलेन्द्र कुमार थापा, नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट अधिकारप्राप्त अध्यक्ष दीपेन्द्र कार्की, नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट अधिकारप्राप्त अध्यक्ष गगनसिंह घिमिरे र रावा कर्मचारी संघ नेपालको तर्फबाट अधिकारप्रापत अध्यक्ष हेमराज सुवेदीले १५ प्रतिशत कर लिनु गैरकानुनी भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनीहरुले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सोही बैंकको अवकाश कोष, सञ्चालक समिति, प्रशासक, आन्तरिक राजस्व विभाग र करदाता सेवा कार्यालयविरुद्ध मुद्दा दायर गरेका थिए ।

बैंकको उक्त कोषले उनीहरुलाई अवकाश भुक्तानी गर्दा १५ प्रतिशत कर कट्टा गरेपछि दायर मुद्दामा सर्वोच्चले भनेको छ, ‘आयकर ऐन २०५८ को दफा ६५ को उपदफा १ मा प्रयुक्त अवकाश भुक्तानीको व्यवस्थामा आर्थिक ऐन, २०७५ ले योगदानमा आधारित भन्ने वाक्यांश थप गरेको भए पनि स्वीकृत अवकाश कोषका हकमा योगदानमा आधारित वा हितबाट भएको लाभका हकमा समेत उक्त व्यवस्था समान रुपमा आकर्षित हुने देखिएको, तर प्रस्तुत विवादमा निवेदकहरुले राष्ट्रिय वाणिज्य बै.क लिमिटेडको अवकाश कोष योगदानमा आधारित भनी दाबी गरेको र प्रत्यर्थीहरुले उक्र दाबीलाई इन्कार गरेको नदेखिएको स्थितिमा निवेदकहरुको अवकाश भुक्तानीमा आयकर ऐन २०५८ को दफा ८८ को उपदफा १ को प्रतिबन्धात्मक वाक्यांशको देहाय १ को व्यवस्था आकर्षित हुनु नपर्ने कुनै युक्रयुक्त आधार कारण देखिन आउँदैन ।’

निवेदकहरुलाई हुने अवकाश सुविधा भुक्तानीमा आयकर ऐन २०५८ को दफा ६५ को उपदफा १ को व्यवस्था अनुसार आयको गणना हुनुपर्ने देखिएको छ ।

चेक बाउन्सको आरोपमा प्रहरीद्वारा एक जना पक्राउ

चेक बाउन्सको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले धनुषा जनकपुरधाम उपमहानगरपालिका-८ स्थायी घर भई हाल बानेश्वर बस्ने कमलकुमार सिंहलाई चेक बाउन्सको आरोपमा पक्राउ गरेको हाे।

उनले विभिन्न व्यक्तिलाई प्रलोभनमा पारि अनेक बाहाना बनाई साझेदारीमा जग्गाजमिन खरिद गर्ने र व्यापार व्यवसाय सञ्चालन गर्ने भनि झुक्याएर बाउन्स चेक दिने गरेको प्रहरीले जनाएको छ।

विभिन्न व्यक्तिसँग लिएको रकममध्ये एक जनालाई ६० लाख फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा उक्त चेक सटहीको लागि बैंकमा पेश गर्दा पर्याप्त रकम नरहेकाले बैंकबाट चेक बाउन्स भएपश्चात बैंकिङ कसूर मुद्दामा पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए।

यस अघि अर्का एक व्यक्तिलाईसमेत सिंहले दिएकाे ६१ लाखको चेक बाउन्स भई उच्च अदालत पाटनको आदेशले १५ लाख धरौटी माग हुँदा तत्काल बुझाउन नसकी डिल्लीबजार कारागारमा पठाएको प्रहरीले जनाएको छ।

एशियन लाइफ इन्स्योरेन्सको सन्देशमूलक श्रव्य दृश्य सामाग्री सार्वजनिक

 एशियन लाइफ इन्स्योरेन्सले जीवन बीमा सम्बन्धि सन्देशमूलक श्रव्य दृश्य सामग्री सार्वजनिक गरेको छ। जीवन बीमाको लागि गरिने बचतले बीमावापतको सुरक्षाको प्रत्याभूति दिने मात्र नभएर आर्थिक सम्मुन्नति पनि सँगसँगै प्रदान गर्छ भन्ने सन्देश दिने प्रयास गरिएको छ।

केही वर्ष अघिमात्र साहूको वर्कशपमा जागिरे देव नाम गरेका मुख्य पात्र अहिले आफ्नै मोटरसाइकल वर्कशपका मालिक भएका छन्। उनले आफ्नो वर्कशपमा चार पाँच जना यूवालाई रोजगारी दिएका छन्। हरेक महिना तलब बाँडेपछि उनी आफ्ना सबै कामदारलाई जीवन बीमाको किस्ता रकम तिर्नको लागि अनिवार्यरुपमा बचत गर्न लगाउँछन्।

आफ्नो नियमित आम्दानीबाट केही रकम जीवन बीमाको किस्ताको लागि छुट्याउनुपर्छ भन्ने शिक्षा उनले आफ्नो मालिकबाट पाएका हुन्। त्यही सिकोलाई उनले‌ आफ्नो वर्कशपमा कार्यरत कामदारलाई समेत पालन गर्न प्रेरित गरेको कथा चित्रण गरिएको छ।

जीवन बीमा सम्बन्धि प्रायस् श्रव्यदृश्य सामाग्री वा विज्ञापनहरुमा घरपरिवार, श्रीमान श्रीमतिलाई मुख्य विषयवस्तु श्रव्यदृश्य सामाग्री उत्पादन गरिंदै आएकोमा एशियन लाईफ इन्स्योरेन्सले‌ त्यस्तो प्रवृत्तिलाई तोड्दै फरक प्रसंग र पात्रहरुलाई जीवन बीमा सचेतनाको माध्यम बनाएको छ। साथै आर्थिक रुपमा सम्पन्नहरुबीच मात्र जीवन बीमाको प्रचारप्रसार केन्द्रित रहने गरेकोमा यो श्रव्यदृश्यले सामान्य आर्थिक पृष्ठभूमिका कामदार, ज्यालादारीका लागि पनि सामान्य आम्दानीबाट समेत बचत र जीवन बीमा गर्न संभव छ भन्ने सन्देश प्रवाह गरेको छ।

यो श्रव्यदृश्य सामाग्री कम्पनीको प्रचारभन्दा‌ पनि जीवन बीमाको महत्व बुझाउन केन्द्रित छ, एशियन लाईफ इन्स्योरेन्सले‌ भनेको छ, जीवन बीमाको लागि सबैलाई प्रेरित गर्नु हाम्रो मूल उद्देश्य हो।

https://www.facebook.com/watch/?v=206184403066026