जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • चेक बाउन्सको आरोपमा प्रहरीद्वारा एक जना पक्राउ

चेक बाउन्सको आरोपमा प्रहरीद्वारा एक जना पक्राउ

चेक बाउन्सको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले धनुषा जनकपुरधाम उपमहानगरपालिका-८ स्थायी घर भई हाल बानेश्वर बस्ने कमलकुमार सिंहलाई चेक बाउन्सको आरोपमा पक्राउ गरेको हाे।

उनले विभिन्न व्यक्तिलाई प्रलोभनमा पारि अनेक बाहाना बनाई साझेदारीमा जग्गाजमिन खरिद गर्ने र व्यापार व्यवसाय सञ्चालन गर्ने भनि झुक्याएर बाउन्स चेक दिने गरेको प्रहरीले जनाएको छ।

विभिन्न व्यक्तिसँग लिएको रकममध्ये एक जनालाई ६० लाख फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा उक्त चेक सटहीको लागि बैंकमा पेश गर्दा पर्याप्त रकम नरहेकाले बैंकबाट चेक बाउन्स भएपश्चात बैंकिङ कसूर मुद्दामा पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए।

यस अघि अर्का एक व्यक्तिलाईसमेत सिंहले दिएकाे ६१ लाखको चेक बाउन्स भई उच्च अदालत पाटनको आदेशले १५ लाख धरौटी माग हुँदा तत्काल बुझाउन नसकी डिल्लीबजार कारागारमा पठाएको प्रहरीले जनाएको छ।

6660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?