जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • डलर खाताको मार्केटिङ गर्न बैंकहरुलाई अर्थमन्त्री शर्माको आग्रह

डलर खाताको मार्केटिङ गर्न बैंकहरुलाई अर्थमन्त्री शर्माको आग्रह

 डलर खाताको मार्केटिङ गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुलाई आग्रह गरेका छन्। विदेशमा रहेका नेपाली नागरिकलाई लक्षित गरी बैंकहरुले डलरखाताको मार्केटिङ गर्नुपर्ने उनले बताएका हुन्।

देशमा विदेशी मुद्रा सञ्चिति बढाउनका लागि राष्ट्र बैंकले डलर खाता खोल्ने कानुनी तर्जुमा गरेको भन्दै मन्त्री शर्माले यसको मार्केटिङ गर्न आग्रह गरे।

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवमा बोल्दै उनले डलरमै रकम जम्मा गरेर डलरमै फिर्ता लैजान पाउने व्यावस्थाको राम्रो मार्केटिङ गर्न सुझाएका हुन्।

बैंकहरुले उत्पादनशील क्षेत्रमा लगानीको अनुपात बढाउनु पर्नेमा उनले जोड दिए। देशभित्रै उत्पादन कम भएकाले आयात बढिरहेको मन्त्री शर्माको भनाइ थियो।   

7260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका