जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ६ महिनामा पुँजीगत खर्च जम्मा ९.३९%, अर्थमन्त्रीले भने- बाँकी ६ महिनामा शतप्रतिशत खर्च गरौं

६ महिनामा पुँजीगत खर्च जम्मा ९.३९%, अर्थमन्त्रीले भने- बाँकी ६ महिनामा शतप्रतिशत खर्च गरौं

अर्थमन्त्री जनार्दन शर्माले चालु आवको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएका छन् ।

चालु आवको पुस २७ गतेको तथ्यांकअनुसार जम्मा ९.३९ प्रतिशत पुँजीगत खर्च भएको अवस्थामा बाँकी आधा समयमा शतप्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएका हुन् । यसअघि अर्थमन्त्री शर्माले चालु आवको पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने योजना सुनाएका थिए ।

अर्थमन्त्रीको योजना अनुसार हालसम्म ४० प्रतिशत पुँजीगत खर्च भइसक्नु पर्ने थियो । तर पुँजीगत खर्च प्रतिशतमा दोहोरो अंकमा समेत हुन सकेको छैन ।

पुँजीगत खर्च हुन नसकिरहेको अवस्थामा मंगलबार अर्थमन्त्रालयमा हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्दै जसरी पनि खर्च गर्न आग्रह गरे ।

‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि मैले रातको १२ बजे पनि तपाईंहरूलाई सहयोग गर्न तयार छु ।’

मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गरेका हुन् । उनले ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड समेत दिएका छन् ।

ठूला आयोजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उनको भनाइ छ ।

त्यस्तै उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् । उनले हरेक मन्त्रालयमा फाइल बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने धारण व्यक्त गरे ।

‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’

अर्थमन्त्रालयका अनुसार हालसम्म चालु खर्च ३८.९ पप्रतिशत र वित्तीय खर्च २५.४१ प्रतिशत भएको छ । हालसम्म २९.११ प्रतिशत बजेट खर्चभएको छ ।

4215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका