जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच आन्तरिक विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता

इजीलिंक रेमिट्यान्स प्रालि र कृषि विकास बैंकवीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कृषि विकास बैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल र इजीलिंक रेमिट्यान्स प्रालिका प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्याल तथा प्रबन्ध निर्देशक दिपेन्द्र खनालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौंता पश्चात अव कृषि विकास बैंक लिमिटेड ADBL Remit मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम इजीलिंक रेमिट्यान्सको नेपाल भरि छरिएर रहेका सात हजार भन्दा धेरै एजेन्टहरु मार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहिसम्म पुर्याउन यो सम्झौंताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।

महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

महालक्ष्मी विकास बैंक लिमिटेडको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको महेन्द्रनगर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।

महाकाली जनज्योती आधारभुत विद्यालयको प्राङगणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा स्थानिय २ सय ५० जनाको निःशुल्क स्वास्थ्य परिक्षण र औषधी समेत प्रदान गरिएको कुरा महालक्ष्मी विकास बैंक महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्लाले बताए ।

महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष समाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र सोहि अनुसार भीमदत्त–११ भुजेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । उक्त शिविरमा महाकाली प्रादेशिक अस्पतालका डा. गोविन्द रोकाया लगाएत १० जना स्वास्थ्यकर्मीको टोली रहेको थियो ।

गाउँघरमै आएर महालक्ष्मी विकास बैंकले निःशुल्क स्वास्थ्य चेकजाँच र औषधी प्रदान गरेकोमा खुशी लागेको कुरा स्थानियहरुले जाहेर गरेका छन् । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

एनएमबि बैंकले १ करोड २० लाख अमेरिकी डलर ऋण लगानी ल्यायो

एनएमबि बैंक लिमिटेडले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) संग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरि १२ मंसिर २०७८ मा सम्झौता भएको छ । सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्राउने गरि भएको यो सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडिसि बीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ ।

नेपाल स्वीट्जरल्याण्डको विकास सहयोगको प्राथमिकतामा पर्ने राष्ट्र हो । नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विशेषज्ञता र समन्वयको उपयोग गरि सिफेम र एसडिसी बीचको सहकार्यमा भएको यो लगानी नेपालसंग स्वीट्जरल्याण्डको लामो समयदेखिको साझेदारीको इतिहासमा एउटा कोसेढुंगा भएको बैंकले जनाएको छ ।

सिफेमबाट प्राप्त यस कर्जाको लागि एसडिसी ले सिफेमलाई जोखिम बाँडफाको आधारमा सुविधा क्रेडिट इनह्यान्स प्रदान गरेको छ । यस सम्झौताले एनएमबि बैंकको लगानीको स्रोतहरुलाई विविधिकरण गर्दै दीगो विकास गर्ने प्रतिवद्धतालाई पुनः पुष्टि गरेको बैंकले जनाएको छ । विशेष गरि वर्तमान बजार परिदृश्यमा यस सम्झौताको सान्र्दभिकता अझै महत्वपूर्ण छ ।

सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघुसाना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तिय पहँुच अभिबृद्धि गर्न बैंकले जनाएको छ । वित्तिय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी बृद्धिमा सहयोग र स्थानिय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्नेछ ।

नेपालका लागि स्वीट्जरल्याण्डकी राजदुत एलिजावेथ भोन क्यापेलरले“स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केटसको एनएमबि बैंक लिमिटेडमा ऋण लगानीबाट नेपाल – स्वीस सहकार्यमा नयाँ अध्यायको सुरुवात भएको छ । यो लगानीले नेपालको अर्थतन्त्रका प्रमुख संवाहकहरु, अर्थात नेपाली लघुसाना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच बढाउन सहयोग गर्नेछ ।” भने ।

त्यसैगरी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्झौताको महत्वलाई प्रकाश पार्दै “नेपालमा नै पहिलो पटक सिफेमबाट कर्जा लगानी भित्र्याउनका लागि सम्पन्न भएको यो ऋण सम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई थप गति दिएको छ । हालको चुनौतीपूर्ण समयमा साना व्यवसायहरूले उनीहरूको व्यवसायलाई निरन्तरता दिनको लागि निर्वाध रुपमा नगद प्रवाहमा पहुँच पु¥याउन यो सम्झौताले सहयोग गर्नेछ ।” भने ।

एनएमबि बैंक र सिफेम बीच सम्पन्न यो सम्झौता एनएमबि बैंककोे लगानीका स्रोतहरूलाई विविधीकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग सहकार्यलाई बढाउने रणनीतिको निरन्तरता हो । विगतमा समेत यस बैंकले अन्तराष्ट्रिय वित्त निगम, सीडीसी समूह, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष र सिम्बायोटिक्स लगायतका संस्थाहरुबाट ऋण लिई नेपाल राष्ट्र बैंकले तोके बमोजिम प्राथमिकताका क्षेत्रहरुमा लगानी गर्दै आएको छ ।

नेपालस्थित स्विट्जरल्याण्डको राजदूतावास नेपालमा स्विट्जरल्याण्डको आधिकारिक प्रतिनिधित्व र संघीय विदेश विभागको एक हिस्सा हो । स्विट्जरल्याण्डले नेपालमा सन १९५९ देखि विकास सहयोग गर्दै आएको छ भने दूतावास सन २००९ मा स्थापना भएको थियो । विकास सहयोग अहिले दूतावासको एकीकृत खण्ड रहेको बैंकले जनाएको छ ।

एनएमबि बैंक लिमिटेड नेपालीवित्तीय क्षेत्रमा २६ बर्ष देखि वित्तीय सेवाप्रदानगर्दै आएको “क”वर्गको बैंक हो । यो बैंक देशको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । यस बैंकलाई चालु वर्षमा बेलायत स्थित दीफाइनान्सीयल टाइम्सले वर्ष सन् २०२१ को लागि बैंक अफदी ईयर एसिया र बैंक अफदी ईयर नेपालबाट सम्मानित गरेको छ ।

विगत ५ वर्षमा यस बैंकले ४ पटक बैंक अफदी ईयर नेपाल र यस वर्षका लागि बैंक अफदी ईयर एसियाको सम्मानप्राप्त गरेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवाप्रदानगर्दै आइरहेका छ ।

सिफेम, सन २०११ मायसको हालको रूपमा स्थापित, स्विस कन्फेडेरेशनको विकास वित्त संस्था हो । सिफेमले विकासोन्मुख र उदीयमान देशहरूमा दीर्घकालीन र दिगोे आर्थिक बृद्धिलाई प्रवद्र्धन गर्ने बैंकले जनाएको छ्र । सिफेमले व्यावसायिक रूपमा साना र मध्यमआकारका कम्पनीहरूकासाथै द्रुत रूपमा बढ्दो उद्यमहरूलाई आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

कपिलवस्तुमा कार दुर्घटना हुँदा बैंकका कर्मचारीको मृत्यु

कपिलवस्तुमा बस र कार ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा भएको दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वाणगंगा नगरपालिका–२ घर भएका पाण्डे शाइन रेसुङ्गा विकास डेभलपमेन्ट बैंकको जितपुर शाखा प्रमुख एवम् क्लस्टर हेड हुन् ।

कारमा सवार वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्मा र कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनाल घाइते छन् । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गएराति नौ बजेतिर चारनम्बरबाट गोरुसिंगे जाने क्रममा कारलाई शुरुमा ट्रकले ठक्कर दिएको र लगत्तै ना ५ ख ३३८७ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको थियो ।

सुरुमा दुर्घटनामा घाइते भएकाहरुलाई चार नम्बर सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि गम्भीर घाइते पाण्डेलाई थप उपचार गर्न रुपन्देहीको बुटवलस्थित क्रिमसन अस्पताल लगिएको थियो । उनको राति १० बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

अर्का घाइते वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्माको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ ।

कारमा सवार अर्का घाइते कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनालको पनि भैरहवामा उपचार जारी छ । छातीमा चोट लागेका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार प्यूठानको नौबाहिनी नगरपालिका ७ का ३३ वर्षीय जोगेन्द्र रोका पनि घाइते भएका छन् । उनको मुखमा चोट लागेको छ । उनको अवस्था सामान्य छ । रोकाको कपिलवस्तुको चारनम्बरस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्लोबल आइएमई बैंकको मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।

२०७८ पुस १२ गते सोमबारदेखि पुस १७ गते शनिबारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैंकले सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ । शिविरमा महिलाहरुको स्वास्थ्य परिक्षण, औषधी वितरण तथा भीआईए जाँच लगायतका सेवाहरु निशुल्करुपमा उपलब्ध हुनेछन् ।

नेपाल परिवार नियोजन संघसँगको समन्वयमा हुने यस कार्यक्रमअन्तर्गत, कर्णाली प्रदेशको कुनाथरी स्वास्थ्य चौकी, बराहताल, सुर्खेतमा पुस १२ गते, प्रदेश १ को देवानगञ्ज स्वास्थ्य चौकी, देवानगञ्ज, सुनसरीमा पुस १४ गते, प्रदेश २ को प्राथमिक उपचार केन्द्र, गौशाला, महोत्तरीमा पुस १५ गते, लुम्बिनी प्रदेशको जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ्ग, रोल्पामा पुस १६ गते र सुदूरपश्चिम प्रदेशको श्रीकोट स्वास्थ्य चौकी, दोगडाकेदार, बैतडीमा पुस १६ गते, वागमती प्रदेशको पारच्याङ स्वास्थ्य चौकी, नौकुण्ड रसुवामा पुस १७ गते र गण्डकी प्रदेशको नौथर शेरा सामुदायिक स्वास्थ्य इकाई भवन, दोर्दी, लमजुङमा पुस १७ गते निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुनेछन् ।

यस अघि बैंकले महिलालाई आर्थिकरुपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्धती बचत खाता संचालनमा ल्याएको छ । मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिकरुपमा सशक्त बनाउने बैंकको यो अर्को महत्वपूर्ण प्रयास रहेको बैंकले जनाएको छ ।
स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरुको स्वास्थ तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

गरिमा विकास बैंकको नयाँ दुई शाखा संचालनमा

गरिमा विकास बैंकले प्रदेश नं १ अन्तर्गत धनकुटा जिल्लाको सदरमुकाम धनकुटामा धनकुटा शाखा र झापा जिल्लाको सदरमुकाम चन्द्रगढिमा चन्द्रगढि शाखा संचालनमा ल्याएको छ । 

यस सँगै गरिमा विकास बैंकले नेपालभर ११८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा नवलपरासीको जर्गाहामा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने  उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालिका, जर्गाहामा शुक्रबार  ८९ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्य लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ८९ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ८० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । 

यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान र विड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामागएर निवेदन दिने झन्झट बाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको बैंकले जनाएको छ । 

साथै कोभिड १९ को त्रास अझै पनिकायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधाप्राप्तगर्न सहजहोस् भनी यस बैंकमा बचत खाता संचालनगर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्वा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरु मापहिलो बर्षको शुल्कमिनाहा हुने व्यवस्था समेत मिलाएको बैंकले जनाएको छ । 

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने,  डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई  कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

नेपाल बङ्गलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकबाट बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डेलाई नियुक्त गरेको जनाएको छ । बैंकिङ्ग क्षेत्रमा झन्डै २० वर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

पाण्डे Fellow Chartered Accountant (FCA) ​हुनुका साथै उनले  वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन ।  हालका प्रमुख कार्यकारी अधिकृत  ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल यही २०७८ साल पौष १६ गते सकिँदैछ । नवनियुक्त वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पाण्डेले  आउँदो २०७८ साल माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने जानकारी बैंकले दिएको छ । 

“मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न”

मुक्तिनाथ विकास बैंक लि.ले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत लुिम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

यस पुस महिनामा बैंकले कोटीहवा स्थित पशुपती स्कूल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । सोही कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षक, शिक्षकाहरुको सहभागीता रहेको थियो ।
त्यसै गरी बैंकले सुन्वाल–११, जारगह स्थित नेपाल प्रहरी युक्ति टे«निङ्ग सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

उक्त कार्यत्रमहरुमा बैंकिङ्ग सेवा सुविधा , डिजिटल बैंकिङ्ग प्रविधि , बचत खाता लगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पु¥याउने उद्दश्य बैंकले लिएको छ ।

प्रिमियर इन्स्योरेन्स क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा जोडियो

प्रिमियर इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को प्रणाली प्रयोग गर्ने भएको छ।
जसका लागि प्रिमियर इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ। उक्त सम्झौता पछि प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआइ) सँग जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बनेको छ।

यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आइपीएस र कनेक्ट आइपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सकिने एनसीएचएलले जनाएको छ।

यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्‍याउने बताइएको छ। यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुको बैंक खाताहरुबाट गर्न सकिने एनसीएचएलले जनाएको छ।

एनपीआइमा जोडिए पछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित हुनुका साथै हिसाब मिलान गर्न सहज हुने बताइएको छ। एनपीआइसँग गरिने उक्त इन्टिग्रेसनमा प्रिमियर इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्सको पनि महत्वपूर्ण भूमिका रहेको कम्पनीले जनाएको छ। जसले प्रिमियर इन्स्योरेन्सलगायत १८ भन्दा बढी निर्जीवन बीमालाई कोर प्रणाली प्रदान गर्दै आएको छ।

प्रिमियर इन्स्योरेन्सलगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइनमार्फत् कनेक्ट आइपीएसबाट भुक्तानी गर्दै आएका छन्। साथै, सातवटा जीवन बीमा कम्पनीहरु यसअघिनै एनपीआइमा आबद्ध भएको एनसीएचएलले जनाएको छ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआइ सञ्चालनमा रहेको छ। जसमा हाल ६० वटा बैंक वित्तीय संस्थाहरु आबद्ध छन्।

अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ६८ गैरबैंकिङ संस्थाहरु अप्रत्यक्ष एवम् प्राविधिक सदस्यका रुपमा आबद्ध रहेको बताइएको छ।

सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

३ हजार ५ सय रुपैयाँमा जागिर शुरु गरेका सीईओ शाह भन्छन् सबैको कुरा सुन्नुहोस् डिसिजन आफ्नै गर्नुहोस्

अनिलकेशरी शाह, सीईओ, नबिल बैंक

सबैभन्दा पहिले आफूमा आत्मविश्वास हुनुपर्छ । मेरो मन्तव्यले इन्सपायर भएर केही हुँदैन । इन्सपायर हुनपर्ने छ भने इन्स्पाइरेसनलाई लिएर केही गर्नुहोस् । इन्सपायर भएर त्यो जुङे ले त राम्रो कुरा गर्यो भन्दै गफ गरेर भोलि त्यही काम गर्नुभयो भने त्यसको केही फाइदा हुनेवाला छैन् । जुन ठाउँमा तपाईँहरू उभिनुभएको छ, त्यो ठाउँमा सबैभन्दा महत्वपूर्ण भनेको आत्मविश्वास हो ।

म १६ वर्षको हुँदा ९ वटा विद्यालयमा पढेको थिए । ९ वटा विद्यालयमा रेस्टिगेट हुँदै फाल्दै होइन, मेरो मुवा परराष्ट्रमा र बुवा डाक्टर हुनुहुन्थ्यो । पोस्टिङ धेरै ठाउँमा हुने भएकाले म र मेरो भाइ ९ वटा विद्यालयमा पढ्यौ । म १६ वर्षको हुँदाखेरि अमेरिकाको युनिभर्सिटीमा पुगे । त्यहाँ उनीहरूले तिमी १६ वर्षको छौ, अधिकांश १८ वर्षका छन्, तिमीले एसएलसी पनि गरेका छैनौ, १२ कक्षाको स्कुलिङ पनि गरेको छैनौ । तर हामी तिमीलाई एउटा मौका दिन चाहन्छौ । तिमीले यो जिपिए भन्दा माथि राख्न सकेउ भने पढ्न सक्छौ, यदि यो भन्दा तल गयो तिमीले छोड्नुपर्छ भने ।

मैले भने म यसको बारेमा केही सोच्छु । उनीहरूले पनि हुन्छ भने । कलेज शुरु भएको एक हप्ता भइसकेको थियो । बाहिर एउटा पसलमा गएर कोक खादै मैले धेरै सोचे । यदि मैले मेरो परिवारलाई सोधे भने यदि गर भने नसकेपछि तपाईंले भन्नुभएको त होनी भन्ने हुन्छ । नगर भने खुसुक्क घर फर्किने । त्यो बेलामा मैले सही निर्णय गर्नुपर्ने थियो । म फर्केर जाँदा ४५ मिनेट जति भएको थियो । तिमी ब्याक भयौ भनेर सोधे । मैले उत्तर दिए मैले भने म सक्छु । मेरो आत्मविश्वास म भित्रबाट आयो । मैले बिबिए अमेरिकामा गरे । ब्याचलर अमेरिकामा गरिसकेपछि मास्टर दिल्लीमा गरे । ब्याचुलर उता गरेर मास्टर किन यता गर्न आएको भनेर धेरैले सोधे । सबैले मलाई यो त उल्टो भयो भने । फेरि मलाई विश्वास थियो की मास्टर यतै पढ्छु ।

दिल्लीमा एमबीए पढेर नेपाल आएर तत्कालीन नेपाल ग्रिनल्याण्ड बैंकमा पहिलो पटक जागिर गरे । मेरो पहिलो जागिरको तलब ३ हजार ५ सय रुपैयाँ थियो । त्यो बेलामा मेरो इष्टमित्र, साथीभाइ, शुभचिन्तकहरूसमेत अनिल तिमीले यो के गरेको ? ३ हजार ५ सय रुपैयाँ तलबको जागिर खाएर १० जुनिमा पनि तिम्रो बाउआमाले तिम्रो पढाईमा खर्च गरेको उठाउन सक्दैनन् । खुरुक्क यो छोडिदेउ । कसैलाई फोन गर्न लगाएर वा मन्त्री, यताउता भन्न लगाएर हिमाल सिमेन्ट, हेटौँडा सिमेन्ट, छाला जुत्ता उद्योगमा गएर जिएम पोजिशनमा जागिर खाऊ पनि भने । बाहिर पढेर आएको छौ, नेपालको ३ हजार ५ सयको जागिर खाएको ? तर म भित्र आत्मविश्वासको रूख बनिसकेको थियो । मेरो आत्मविश्वास थियो की कसैको फोन चाहिदैन, कसैले भन्नु पर्दैन, अनिल शाह आफ्नै बल बुद्धिमा अगाडि बढ्न सक्छ । त्यहीकारण म तपाइहरुको अगाडि उभिएको छु ।

सबै जनाको कुरा सुन्नुहोस् । आमाबुवा, दिदी भाइ, आफन्त, गुरुहरुको कुरा सुन्नुहोस् तर डिसिजन आफ्नै गर्नुहोस् । तपाईको अन्तरआत्माले तपाईको करियर मा के राम्रो गर्न सक्नुहुन्छ ? नराम्रो के छ, त्यो छोड्नुहोस । राम्रो के गर्न सक्नुहुन्छ, त्यो समात्नुहोस । हामीलाई सबै किसिमका ट्यालेन्ट चाहिन्छ । जुन तपाई राम्रो गर्न सकनुहुन्छ । गुड छौ भने गे्रट बन, ग्रेट छौ भने एक्स्पेसनल बन, एक्स्पेसनल छौ भने आउटस्ट्याण्डिङ बन । पारस खड्का क्रिकेट मात्रै खेल्छ, नवयुग श्रेष्ठ फुटबल मात्रै खेल्छ, गौरीका सिंह पौडी मात्रै खेल्छ । आफूलाई केमा प्रतिस्पर्धात्मक बनाउनन सकिन्छ, त्यो पत्ता लगाउनुपर्छ ।

म सानोदेखि हुँदादेखि नै धेरै जनाले नेपाललाई सिंगापुर, स्वीट्जरल्याण्ड बनाउँछु भनिसके । मेरो छोरी जन्मेपछि टिका लगाउन जाँदा मलाई तेरो भनेर सोदे । मैले भने भयो । तेरो त छोरा भयो होलानी भनेर सोधेपछि म खुसी हुँदै भने मेरो त छोरी भईन् । तर त्यो मान्छे म देखि रिसाउँदै तेरो छोरी त छोरा जस्तै होलानी । मैले हात जोड्दै भने रिसानी माफ एउटा बिन्ती मैले मेरो नेपाल सिंगापुर र स्वीट्जरलयाण्ड जस्तो होइन, जतिसक्यो राम्रो नेपाल चाहिएको छ । मेरो छोरी छोरा जस्तो होइन, जतिसक्यो राम्रो छोरी चाहिएको छ ।

(सीईओ शाहले करियर पोइन्ट एजुकेसन प्राइभेट लिमिटेडले आयोजना गरेको ‘तेस्रो करियर फेस्ट’ कार्यक्रममा राखेको मन्तव्य हो ।)

माछापुच्छ्रे बैंकका हाकिमको पारिश्रमिक तथा भत्ता १४ करोड ७२ लाख रुपैयाँ, सञ्चालकको भत्ता कति ?

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले एक बर्षमा १ करोड २८ लाख रुपैयाँ पारिश्रमिक तथा भत्ता वापत रकम बुझेका छन् । बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्ष २०७७–७८ अनुसार बैंकका सीईओ सन्तोष कोइरालाले १ करोड २८ लाख ६१ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बुझेका छन् । बोनस रकमलाई यहाँ उल्लेख गरिएको छैन् ।

त्यस्तै, बैंकका अनुसार नायव महाप्रवन्धक तथा प्रवन्धकहरुले गत आर्थिक बर्ष २०७७–७८ मा १३ करोड ४३ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा बुझेका छन् । बैंकले प्रमुख कार्यकारी अधिकृत र नायव महाप्रवन्धक तथा प्रवन्धकलाई गरी १४ करोड ७२ लाख ४६ हजार रुपैयाँ पारिश्रमिक तथा भत्ता प्रदान गरेको छ ।

सञ्चालकहरूलाई पारिश्रमिकको व्यवस्था गरिएको छैन । सञ्चालक समितिको बैठकमा भाग लिए वापत प्रतिबैठक अध्यक्षलाई १५ हजार रुपैयाँ र सञ्चालकलाई १२ हजार रुपैयाँ भत्ता उपलव्ध गराइएको छ । यस बाहेक प्रति महिना पत्रपत्रिका, मोवाइल तथा ईन्टरनेट खर्च बापत १० हजार रुपैयाँ उपलव्ध गराउने ब्यबस्था रहेको बैंकले जनाएको छ । साथै रु. ५० लाख बराबरको सामुहिक दुर्घटना बीमा गरिएको छ । बैंकको स्वीकृत नियमानुसार कर्मचारीहरुलाई उपलब्ध गराईएको दुर्घटना तथा औषधोपचार खर्चको बिमा प्रिमियम बैंकले ब्यहोर्दै आएको छ ।

सोही बमोजिम गत आर्थिक बर्ष २०७७–७८ मा बैंक सचालक समिति अध्यक्ष डा.विरेन्द्र प्रसाद महतोले ३ लाख ६० हजार रुपैयाँ, सञ्चालकहरु रोसन के.सी.ले २ लाख ६४ हजार रुपैयाँ, गोपीकृष्ण न्यौपानेले १ लाख ५६ हजार रुपैयाँ, जय मुकुन्द खनालले १ लाख ३२ हजार रुपैयाँ, विश्व प्रकाश गौतमले २ लाख ७६ हजार रुपैयाँ, हरिभक्त सिग्देलले १ लाख ३२ हजार रुपैयाँ, मुकुन्द महतले २ लाख ७६ हजार रुपैयाँ, सिर्जना कार्की भट्टराईले ९६ हजार रुपैयाँ बैठक भत्ता बुझेका छन्