जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रिमियर इन्स्योरेन्स क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा जोडियो

प्रिमियर इन्स्योरेन्स क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेसमा जोडियो

प्रिमियर इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को प्रणाली प्रयोग गर्ने भएको छ।
जसका लागि प्रिमियर इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउसबीच सम्झौता भएको छ। उक्त सम्झौता पछि प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआइ) सँग जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बनेको छ।

यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आइपीएस र कनेक्ट आइपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सकिने एनसीएचएलले जनाएको छ।

यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्‍याउने बताइएको छ। यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुको बैंक खाताहरुबाट गर्न सकिने एनसीएचएलले जनाएको छ।

एनपीआइमा जोडिए पछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित हुनुका साथै हिसाब मिलान गर्न सहज हुने बताइएको छ। एनपीआइसँग गरिने उक्त इन्टिग्रेसनमा प्रिमियर इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्सको पनि महत्वपूर्ण भूमिका रहेको कम्पनीले जनाएको छ। जसले प्रिमियर इन्स्योरेन्सलगायत १८ भन्दा बढी निर्जीवन बीमालाई कोर प्रणाली प्रदान गर्दै आएको छ।

प्रिमियर इन्स्योरेन्सलगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइनमार्फत् कनेक्ट आइपीएसबाट भुक्तानी गर्दै आएका छन्। साथै, सातवटा जीवन बीमा कम्पनीहरु यसअघिनै एनपीआइमा आबद्ध भएको एनसीएचएलले जनाएको छ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआइ सञ्चालनमा रहेको छ। जसमा हाल ६० वटा बैंक वित्तीय संस्थाहरु आबद्ध छन्।

अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ६८ गैरबैंकिङ संस्थाहरु अप्रत्यक्ष एवम् प्राविधिक सदस्यका रुपमा आबद्ध रहेको बताइएको छ।

सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

4690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?