जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

विश्व वातावरण दिवसको उपलक्ष्यमा सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा बृक्षारोपण सम्पन्न

सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार कोशी प्रदेशको विराटनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले बृक्षारोपण गरेकाे हाे ।

विश्व वातावरण दिवस २०२५ को दिन बृहत बृक्षारोपण कार्यक्रम विश्वकर्मा चोक वडा नम्बर ८ मा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”(भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सकियो

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । काठमाडौँ, कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सभाले साढे चार प्रतिशत बोनस सेयर पारित गरको छ । यो वर्ष कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी १० अर्व ४० करोडको ४.५० प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले प्रवन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंकको साताव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न

स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडले साताव्यापी लामो वृक्षारोपण कार्यक्रम आयोजना गर्दै यो वर्षको विश्व वातारण दिवस मनाएको छ । बैंकले किर्तिपुरमा रहेको ल्याबरोटरी स्कुलमा जेठ २४ गते वृक्षारोपण गर्दै कार्यक्रमको समापन गरेको हो ।
७०० भन्दा बढी विरुवा रोप्न बैंकका करिब ३५० जना कर्मचारी सहभागी थिए । उक्त अवसरमा फल दिने, फूल फुल्ने र छहारी प्रदान गर्ने विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो । बैंकका कर्मचारीले वृक्षारोपण स्थल सफा गुर्नका साथै यसअघिको वृक्षारोपण गरिएको स्थानको अवलोकन समेत गरेका थिए ।

यो पहलले हरियाली प्रवद्र्धन, जैविक विविधता र दीर्घकालिन वातारण संरक्षणमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ । वृक्षारेपण कार्यक्रमको सुरुवात बैंकका सीईओ गोरख राना, डेपुटी सीईओ सर्बेन्द्र मिश्र र ल्याबरोटरी स्कुलका सह प्राधनध्यापक पेम्बा छिरिङ शेर्पाले गरेका थिए ।

नेपाल इन्स्योरेन्सले घटायो हकप्रद सेयरको अनुपात

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरको अनुपात घटाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनपश्चात हकप्रद सेयरको अनुपात घटाउने निर्णय गरेको हो ।
कम्पनीले यसअघि १०ः४ अनुपातमा रु. १०० अंकित दरका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने जनाएको थियो । तर अब भने कम्पनीले १०ः ३.४७८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि यही जेठ ३० गते बुक क्लोज गर्दैछ । यसर्थ जेठ २९ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा निष्कासन गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

गत चैत १९ गते सम्म कम्पनीको ७६ औँ वार्षिक साधारणसभाले चुक्तापुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको १५ प्रतिशतले हुन आउने २४ करोड ६६ लाख ३६ हजार २९१ रुपैयाँबराबरको बोनस सेयर पारित गरी चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ कायम भएकोले सोहीबमोजिम ३४.७८ प्रतिशत हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ।

टेलिकमकी एमडी संगिता पहाडीसहित १८ जनामाथि ३३ करोड भ्रष्टाचारको मुद्दा

नेपाल टेलिकमको बिलिङ प्रणालीसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक (एमडी) संगिता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार प्रतिस्पर्धाविनै ठेक्का नविकरण गरी चिनियाँ कम्पनी ‘एसिया इन्फो टेक’ लाई अनुचित लाभ दिलाइएको र त्यसबाट राज्यलाई रु ३३ करोड ४८ लाख १७ हजार ४३० बराबरको आर्थिक क्षति पुगेको छ।

सम्झौता प्रक्रिया र अनियमितता
नेपाल टेलिकमले सन् २०१२ देखि एसिया इन्फोसँग बिलिङ तथा मर्मतसम्भार सेवा सम्झौता गर्दै आएको छ। आयोगका अनुसार २०७९ पुसमा सञ्चालक समितिको निर्णयमार्फत पुरानै कम्पनीसँग चार वर्षका लागि मर्मतसम्भार सम्झौता नविकरण गरिएको थियो। सो सम्झौतामा प्रतिस्पर्धा नअपनाई एकल कम्पनीलाई सोझै ठेक्का दिइएको पाइएपछि आयोगले अनुसन्धान अघि बढाएको हो।

सम्झौतामा थप एक वर्षको समयावधि थप्ने प्रावधान समेत राखिएको थियो। आयोगले यस्तो निर्णय प्रक्रिया सार्वजनिक खरीद ऐन र नीति विपरीत भएको निष्कर्ष निकालेको छ।

प्रतिवादीको सूचीमा पूर्व उच्चपदस्थहरू

मुद्दामा टेलिकमकी एमडी पहाडीका साथै पूर्वमहाप्रबन्धकहरू सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा सुवेदी, रामप्रताप कर्ण, नवल चौधरीलगायत १८ जना प्रतिवादी बनाइएको छ। उनीहरू सबैले मिलेमतोमा सार्वजनिक संस्थालाई वित्तीय क्षति पु¥याएको आरोप छ।

आधारभूत प्रणालीमा ठेक्का खेल

टेलिकमको बिलिङ प्रणाली दूरसञ्चार सेवाको मेरुदण्ड मानिन्छ। यस्ता आधारभूत संरचनाको व्यवस्थापनमा पारदर्शिता, प्रतिस्पर्धा र जवाफदेहिताको उच्च मापदण्ड अपनाइनुपर्नेमा त्यसको उल्लंघन गरिएको आयोगको ठहर छ।

सम्झौतामार्फत निजी कम्पनीलाई प्राविधिक पहुँच प्रदान गरिएको हुँदा राष्ट्रको सूचना सुरक्षामासमेत चुनौती सिर्जना भएको आयोगको दाबी छ।

विशेष अदालतमा सुनुवाइको पर्खाइ

अख्तियारले दायर गरेको मुद्दामाथि अब विशेष अदालतले सुनुवाइ अघि बढाउनेछ। दोषी ठहर भएमा कानुनबमोजिम कैद, जरिवाना तथा बिगो असुल उपर गरिनेछ।

ठमेलको संचय कोष भवनमा हिमालयन बैंकको नयाँ शाखा, न्यूरोड शाखा-२ को सेवा स्थानान्तरण

हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा संजालहरु स्थानान्तरण गरेको छ। न्यूरोड शाखा-२ लाई स्थानान्तरण गरि काठमाडौं महानगरपालिका वडा नं २७ स्थित ठमेलको संचय कोष भवनबाट संचालनमा ल्याइएको छ।

आजदेखि ठमेल शाखा नामबाट सम्पूर्ण सेवा प्रदान गर्ने गरि शाखा संचालनमा ल्याएको हो।

शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरेका थिए। हाल बैंकको देशभर१७४ शाखा कार्यालयहरु संचालनमा छन्।

प्रभु बैंक र होटल यार्शाबीच छुट सम्झौता

प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

दोलखा जिरीमा रहेको होटल यार्शासँगको यो अफर जिरी नगरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।

यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल यार्शाका कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

यी छुट अफरले ग्राहकलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग पुग्ने जनाइएको छ ।

प्रधानमन्त्री ओलीले भने- आर्थिक अभावका कारण उपचार नपाउने अवस्थाको अन्त्य हुनुुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुुपर्ने बताएका छन्।

मोरङको कटहरी गाउँपालिका-२ स्थित जीवन विकास सामुुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

‘जीवन विकास सामुुदायिक अस्पतालले पैसा नभएकै कारण उपचार नपाउने अवस्था हुन नदिने अठोट व्यक्त गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ। संसारमा कमै मात्र यस्ता अस्पताल हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘२ सय शय्याबाट ३ सय शय्यामा अस्पताललाई स्तरोन्नतिसहित मेडिकल कलेज संचालन गर्ने जीवन विकास समाजको योजना पूरा होस्। सरकार आवश्यक सहयोग गर्न तयार छ।’

अस्पतालका अध्यक्ष एवं सङ्घीय सांसद योगेन्द्र मण्डलको सृजनशील, सहकारिता र एकताबद्ध प्रयासको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलता र रोजगारी वृद्धिका लागि जनप्रतिनिधिले भाषणभन्दा यसैगरी काम गर्नुपर्नेमा जोड दिए। उनले अनुकूल प्रतिफल नहुने र तिर्न नसक्ने ऋण लिएर लगानी खेर फाल्नुभन्दा यस्तै अनुकरणीय काम गर्न अन्य जनप्रतिनिधि र पार्टीका नेतालाई पनि आग्रह गरे। रासस

मुक्तिनाथ बैंक र मानव मिलनको सहकार्यमा सेतीदेवी विद्यालयमा खानेपानीको व्यवस्था

लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका रामेछाप नगरपालिका–७ सुकाजोरको सेतीदेवी आधारभुत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक शुक्रबारदेखि विद्यालयमा नव निर्मित धारामा पानी झरेपछि खुसी छन् । खानेपानीको अभाव पुरा भएपछि विद्यालयका विद्यार्थी मात्र हैन सिङ्गो गाउँमानै खुसीयाली छाएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशिल रहेको मानव मिलन नारी जागरण काठमाडौँले मुक्तिनाथ बैङ्कसँगको सहकार्यमा खानेपानीको लाइन निर्माणसहित धारा निर्माण गरी उक्त विद्यालयमा खानेपानीको धारा बनाएपछि गाउँँमानै खुसियाली छाएको स्थानीय समाजसेवी सन्देश घिमरेले बताए ।

एक समारोहबीच विद्यालयलाई खानेपानीको धारा हस्तान्तरण गरिएको छ । स्थापनाकालदेखिँनै खानेपानीको अभाव ब्यहोर्दे आएको उक्त विद्यालयमा धारा पुग्दा त्यहाँका विद्यार्र्थी, शिक्षक र अभिभावक मात्र नभएर सिङ्गो गाउँँमानै खुसीयाली छाएको विद्यालयका प्रधानाध्यापक खिलाबहादुर कार्कीले बताए ।

एक कार्यक्रमबीच रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले खानेपानीको धारा विद्यालयलाई हस्तान्तरण गरे । कार्यक्रममा मानवमिलन नारी जागरण काठमाडौँका अध्यक्ष सुनिता सिग्देलले धारा निर्माण भएसँगै विद्यालयमा अध्ययनरत बालबालिकाले सहज रूपमा पिउने पानी उपभोग गर्न पाउने बताए । नगरको सीमित स्रोत र साधनले नपुग्ने अवस्था भएकाले मुक्तिनाथ विकास बैङ्कसँगको सहकार्यले खानेपानीको व्यवस्था गर्नसकिएको बताए ।

मानवमिलन नारी जागरणकी अध्यक्ष सुनिता सिग्देलले विभिन्न दातृ निकायसँग सहयोग मागेर यहाँ खानेपानीको व्यवस्था गर्न सकिएको बताए । विद्यालयलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने उनले बताए । यो आयोजनाबाट विद्यालय मात्र नभएर विद्यालय आसपासमा वासोवास गर्ने स्थानीयसमेत लाभान्वित भएका छन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कीर्तिपुरमा रोप्यो ७०० भन्दा बढी विरुवा

स्ट्यान्डर्ड चार्टर्ड बैंकले विश्व वातावरण दिवस २०२५ को सन्दर्भमा सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमलाई वृहत वृक्षारोपण अभियानमार्फत समापन गरेको छ । उक्त अभियान कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।

कार्यक्रमअन्तर्गत बैंकका ३५० भन्दा बढी कर्मचारी सहभागी भई २० भन्दा बढी जातका ७०० भन्दा बढी फलफूल, फूलफुल्ने र छायाँ दिने विरुवा रोपिएका थिए ।यस अभियानले हरियाली प्रवर्द्धन, जैविक विविधता संरक्षण तथा दीर्घकालीन वातावरणीय दिगोपनामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

साथै, गत वर्ष रोपिएका बिरुवाहरूको समेत सफाइ र हेरचाह गरिएको थियो । वृक्षारोपण कार्यक्रमको औपचारिक सुरुआत बैंकका सीईओ गोरख राणा, डेपुटी सीईओ सर्वेन्द्र मिश्र र विद्यालयका उप-प्रधानाध्यापक पेम्बा छिरिङ शेर्पाले संयुक्त रूपमा गरे ।

कार्यक्रम अघि बैंकले वातावरण संरक्षण, जलवायु लचिलोपन र दिगोपनका विषयमा जनचेतनामूलक गतिविधिहरू पनि सञ्चालन गरेको थियो ।

विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंकले चोभारमा रोप्यो १ हजार बढी विरुवा

बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न सिटिजन्स बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शनिबार काठमाडौंको कीर्तिपुर नगरपालिका–१४, चोभारस्थित मञ्जुश्री पार्कमा आयोजित कार्यक्रममा करिब १ हजार २८५ विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जल विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन, बैंकका उच्च व्यवस्थापन टोली तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी पोखरेलले भने, ‘हरियाली बढाउने र वातावरण संरक्षण गर्ने प्रतिबद्धता यही कार्यबाट देखाउँछौं, र हरेक वर्ष ‘स्मार्ट बचत खाता – १ खाता, १ रुख’ अभियान अन्तर्गत रूखहरू रोप्ने प्रण गर्दछौं ।’ सिटिजन्स बैंकले यसअघि पनि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, मठमन्दिर तथा सार्वजनिक संरचनामा सहयोग गर्दै आएको छ।

आगामी असार १५ गतेसम्ममा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पास हुन्छ : शिक्षामन्त्री पन्त

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक-२०८०’ आगामी असार १५ गतेसम्ममा सङ्घीय संसद्, प्रतिनिधिसभाबाट पास हुने दाबी गरेका छन्।
प्रारम्भिक बालविकासका लागि सङ्घीय सांसदहरूको सहकार्य र समन्वय समूहले यहाँ आज आयोजना गरेको ‘प्रारम्भिक बालविकाससम्बन्धी परामर्श कार्यक्रम’मा उनले विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको उल्लेख गरे।

शिक्षामन्त्री पन्तले भने, ‘शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुन्छन्, सोहीअनुसार काम भइरहेको छ, आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विधेयक पारित हुन्छ।’ उनले विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिए। सरकार र शिक्षकबीचमा विगतमा भएका सहमतिलाई पनि सम्भव भएसम्म विधेयकमा समावेश गर्ने उनको भनाइ छ।

शिक्षामन्त्री पन्तले भने, ‘समय सापेक्ष कानुन संशोधन गर्दै जाने हो, युगको आवश्यकताअनुसार सम्बोधन गर्दै जानुपर्छ।’ संविधानको मर्म र अर्थतन्त्रले धान्न सक्ने माग सम्बोधन हुने उनको भनाइ छ। ‘जुन दिन शिक्षकहरुसँग सम्झौता भएको थियो, मैले त्यही दिन सार्वजनिक रुपमा ९ बुँदे सहमति नगद हो भनेको थिएँ, उक्त सहमति आगामी साउनदेखि लागू हुन्छ,’ शिक्षामन्त्री पन्तले भने, ‘उहाँहरुका जायज माग सम्बोधन हुन्छ।”

मुलुकको शिक्षा प्रणालीलाई सुधार गर्ने विषयमा उपयुक्त, वैज्ञानिक र आर्थिक रुपमा धान्न सक्ने सुझावलाई सरकारले ग्रहण गर्ने उनले उल्लेख गरे। उनले भने, ‘प्रारम्भिक बाल विकासलाई शिक्षा प्रणालीभित्र कसरी समावेश गर्ने र सम्रग बालबालिकाको विकासलाई कसरी नीतिगत रुपमा समावेश गर्नेभन्ने कुरामा हामी पहिला प्रष्ट हुनुपर्छ।’

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति अम्मरबहादुर थापाले प्राथमिकताको आधारमा शिक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले सरकारले बालबालिकाको प्रारम्भिक विकाससँगै अन्य विषयमा पनि ध्यान दिनुपर्ने धारणा राखिन्। नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य जीवन परियारले बालबालिकाको विकासको निम्ति प्रारम्भिक बालविकाससँगसम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने विषयमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराए। रासस