जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

सानिमा बैंकका ग्राहकलाई सफायर एस्थेटिक्समा विशेष छुट

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाईसफायर एस्थेटिक्स प्रालि, कुपोन्डोल, ललितपुरमा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकका ग्राहकहरूले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरणे वेबसाईटमा हेर्न सकिने बैंकले जनाएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा एटीएम सञ्जालहरू सञ्चालनमा रहेका छन् ।

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोटमा १५ प्रतिशत सहुलियत

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिर्सोट अन्तर्गत रहेका होटलहरूका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ । कम्पनी र इला होटल एन्ड रिर्सोटबीच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो ।

सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप आईएमई लाइफ मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । यसैगरी, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुटसुविधाको लाभ लिन सक्नेछन् ।

इला होटल एन्ड रिर्सोट अन्तर्गत मौलाकालिकामा स्थित इला होटल एन्ड रिर्सोट, बाग्लुङस्थित इला कम्फर्ट र लाजिम्पाटस्थित सेक एड फेन्ज रेस्टुरेन्ट, यसैगरी आईएमई हस्पिटालिटी एण्ड होटलअन्तर्गत पोखरास्थित दी लेकसाइड रिट्रिट र लाजिम्पाटमा रहेको होटल ले हिमालय लगायतका होटल तथा हस्पिटालिटिहरू रहेका छन्।

उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एप आईएमई लाइफमार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।

विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमईको वृहत् वृक्षरोपण कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् वृक्षरोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षरोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरूमा वृक्षरोपण कार्यक्रम गरेको हो ।

यसै अवसरमा बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा १ हजार कागतीका विरुवा रोपण गरेको हो । उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नागरिकलगायत बैंकका कर्मचारीहरूको ठूलो उपस्थिति रहेको थियो । त्यसैगरी, बैंकले काठमाडौँको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा ३०० वटा विरुवा रोपण गरेको छ ।

बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगती सामुदायिक बन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानहरुमा ३,७०० वटा, मधेश प्रदेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका ९भाटिघारी सामुदायिक बन० लगायतका विभिन्न स्थानमा ५,०५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानहरुमा २,३००, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानहरुमा २,१००, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्ग लगायतका विभिन्न स्थानमा १,५००, कर्णाली प्रदेशको विरेन्द्रनगर र रास्कोट लगायतका विभिन्न स्थानहरुमा ७०० र सुदुरपश्चिमको बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरुमा २,०८६ विरुवा रोपण सुरु गरेको छ ।

बैंकले वृक्षरोपणको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरी शहरको सौन्दर्यकरण, सामुदायिक वन, विद्यायल, अस्पताल परिसरहरू तथा सार्वजनिक स्थानहरू छनौट गरेको छ । उक्त वृक्षरोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

१९ बीमा कम्पनीको लाभांश घोषणा

नेपालमा सञ्चालन रहेका १९ बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये आव २०८०–८१ को सञ्चित मुनाफाबाट १० जीवन बीमक र नौ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम चुक्तापूँजी पुगिसकेका बीमा कम्पनीले नगदमा बढी जोड दिएका छन्, भने पूँजी नपुगेका कम्पनीले तोकेको चुक्तापुँजी पुर्याउने बराबरको मात्रै बोनस घोषणा गरेका छन् । लाभांश प्रस्ताव गरेका बीमकहरुमा अधिकांशले नगद लाभांशमा जोड दिएका छन् ।

जीवन बीमा कम्पनीतर्फ न्यूनतम ८ प्रतिशतदेखि अधिकत २८.४१ प्रतिशत लाभांश घोषणा वितरण गर्ने घोषणा गरेका छन् । जसमा सिटिजन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै लाभांश वितरण गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट २६.९८४१ प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि १.४२०२ प्रतिशत नगद गरी कुल २८.४०४३ प्रतिशत लाभांश वितरण गरेको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले जसमा १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ११.०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८०र०८१ को मुनाफाबाट शेयरधनीलाई करसहित २१.०५ नगद लाभांश र सूर्यज्योति लाइफले गत वर्षको मुनाफाबाट करसहित २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १.२४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कुल ९.२४ प्रतिशत र हिमालयन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई करसहित ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल एलआईसीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । साथै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८०र०८१ को मुनाफाबाट शेयरधनीलाई ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट करसहित १२.६३१५ प्रतिशत नगद लाभांश र नेशनल लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

नन लाइफ कम्पनीहरु

निर्जीवन बीमा कम्पनीहरुमध्ये हालसम्म नौं कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । कम्पनीहरुले न्यूनतम २.६६ प्रतिशतदेखि अधिकत ३० प्रतिशत लाभांश घोषणा वितरण गर्ने घोषणा गरेका छन् ।

हिमालन एभरेष्ट इन्स्योरेन्सले गत आवको मुनाफाबाट ८.७५ प्रतिशत करसहितको नगद लाभांश दिने घोषणा गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ९.७३६८ प्रतिशत र सिद्धार्थ प्रिमियरले ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

सानिमा जिआईसी इन्स्योरेन्सले कुल ७.८९४७ प्रतिशत, शिखर इन्स्योरेन्सले १०.५२६३ प्रतिशत, एनएलजी इन्स्योरेन्सले २.६३१६ प्रतिशत, नेको इन्स्योरेन्सले ७.३६८४ प्रतिशत र नेपाल इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश दिने भएका छन् ।

१० ठूला बैंकको ऋण समिक्षा गर्न छनौट कम्पनी विवादित भएको खुलासा

नेपाल राष्ट्र बैंकले देशका दश ठूला वाणिज्य बैंकहरूको ऋण पोर्टफोलियो (Loan Portfolio) पुनरावलोकन गर्न छनौट गरेको कम्पनी विवादित भएको पाइएको छ। छनौट भएको कम्पनी ‘हाउलादार युनुस एन्ड कम्पनी’ बंगलादेशमै पनि विवादित भएको पाइएको हो।

अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सिफारिसमा अघि बढाइएको बैंकहरूको ऋण पोर्टफोलियोको कार्यले नेपाललाई ग्रे लिस्टबाट मुक्त गराउने शर्त पूरा गर्नुपर्ने अनिवार्यता बोकेको छ। तर अडिटर छनौट प्रक्रिया र त्यसमा बंगलादेशको विवादास्पद फर्म Howladar Yunus & Co. लाई पुनः प्राथमिकता दिइनुले पारदर्शिता र निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

IMF ले नेपाली बैंकहरूको ऋण पोर्टफोलियोमा गहिरो समीक्षा आवश्यक रहेको बताउँदै नियामक पारदर्शिता र वित्तीय अनुशासन मजबुत पार्न आग्रह गरेको छ। IMF ले देखेको चिन्ता पनि यथेष्ट छन् — ब्याज पूँजीकरण, कृत्रिम नाफा, न्यून प्रावधान र ठूला व्यावसायिक घरानासँगको मिलेमतोका कारण बैंकहरूको वित्तीय स्थिति विश्वसनीय छैन भन्ने संकेत यसमा छ।

यसअघि Howladar Yunus & Co. ले SR Pandey & Co. सँग मिलेर राष्ट्र बैंकको अडिट २० दिनमा सम्पन्न गरेको थियो। यस्तो जटिल संस्था र प्रणालीको अडिट यति छोटो समयमै सकिनु आफैमा अस्वाभाविक देखिन्छ।

उक्त अडिटले एकातर्फ, कुनै ठोस कमजोरी, जोखिम वा सुधारका उपाय नदेखाएको जानकारको भनाई छ। अर्कोतर्फ, SR Pandey & Co. स्वयम् केही प्रमुख वाणिज्य बैंकहरूको अडिटर हो, जसले निष्पक्षता र हितको टकरावबारे प्रश्न उठाउँछ।

Howladar Yunus & Co. बंगलादेशको NBR ले प्रमाणित गरेको VAT छलिसम्बन्धी घटनामा समेत जोडिएको छ, जसमा अडिट प्रतिवेदनले गम्भीर त्रुटिहरू लुकाएको आरोप छ। यस्ता पृष्ठभूमि भएको अडिटर फर्मलाई फेरि नियुक्त गर्ने तयारी हुनु राज्य नियमनको विश्वसनीयतामाथि ठूलो आघात भएक एक विज्ञले बिजपाटीलाई बताए।

IMF ले केवल औपचारिकता होइन, प्राविधिक रूपमा गहिरो र स्वतन्त्र समीक्षा चाहेको हो। तर NRB ले पुरानै पहुँचवादी प्रवृत्ति दोहोर्‍याउन खोजेमा नेपाललाई ग्रे लिस्टबाट मुक्त गराउने प्रयास विफल हुने सम्भावना बलियो देखिन्छ। यस्तो अवस्था नेपाली वित्तीय प्रणाली, लगानीकर्ता विश्वास, र आम नागरिकको भविष्यका लागि समेत घातक बन्न सक्ने खतरा छ।

बढ्दो डिजिटलाइजेशनः परम्परागत बैंकहरुको अस्तित्व खतरामा !

एक प्रतिवेदनले विश्वमा रहेका परम्परागत बैंकहरुको अस्तित्व खतरामा पुगेको जनाएको छ । बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी)ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार परम्परागत तरिकाले काम गर्ने बैंकहरुलाई नयाँ र द्रुत गतिमा चल्ने वित्त कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न गाह्रो हुँदै गएको छ ।

‘वित्त क्षेत्रमा आम्दानी बढ्दै गएको छ, तर पुराना बैंकहरुले आफ्नो हिस्सा बचाउन संघर्ष गरिरहेका छन्। वित्त सेवाहरुबाट आम्दानी बढ्दै गएको छ तर बैंकहरुले आफ्नो उचित हिस्सा पाइरहेका छैनन्’, प्रतिवेदनमा भनिएको छ, ‘अब पैसा फिनटेक, प्राइभेट क्रेडिट फन्ड, नन–बैंक लिक्विडिटी प्रोभाइडर र डिजिटल बैंकजस्ता कम्पनीतर्फ गइरहेको छ। अर्थात्, प्रविधि प्रयोग गरेर वित्तको कामलाई सजिलो बनाइरहेका कम्पनीहरु अगाडि बढिरहेका छन्।’

प्रतिवेदनमा डिजिटल सम्पत्ति अर्थात् क्रिप्टोकरेन्सीजस्ता अनलाइन सम्पत्तिहरु धेरै छिटो बढिरहेको पनि उल्लेख छ। यसले वित्तीय क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ तर धेरैजसो बैंकहरु अझै पनि यसबाट टाढा छन्। तीव्र गतिमा बढिरहेका कम्पनीहरु डिजिटल प्रविधि प्रयोग गर्नमा माहिर छन्। डिजिटल बैंकहरु विगत ५ वर्षमा ८५–१०० प्रतिशतको दरले बढेका छन्। प्राइभेट क्रेडिट कम्पनीहरु र रिटेल ट्रेडिङ प्लेटफर्महरु पनि द्रुत गतिमा बढिरहेका छन्।

तुलनात्मक रुपमा पुराना बैंकहरुको आम्दानी केवल १०–१५ प्रतिशतका दरले बढेको छ। यद्यपि तिनीहरुसँग सबैभन्दा धेरै सम्पत्ति छ। ‘नयाँ युगका कम्पनीहरु अगाडि रहनुको कारण भनेको तिनीहरुसँग ठूलो प्लेटफर्म छ, तिनीहरुको खर्च कम छ र तिनीहरु डिजिटल तरिकाले काम गर्छन्’, बीसीजीको प्रतिवेदनमा भनिएको छ, ‘गैर–परम्परागत बैंकहरुले प्रतिस्पर्धात्मक रुपमा कमाउने नयाँ तरिकाहरु खोजिरहेका छन्। प्रविधिको उचित प्रयोग गरिरहेका कम्पनीहरु द्रुत गतिमा बढिरहेका छन्।’

नयाँ स्टक एक्सचेञ्जः शिवाकोटीको प्रतिवेदन सार्वजनिक गर्ने सेबोन सञ्चालक समितिको निर्णय

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सन्दर्भमा नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटी नेतृत्वको अध्ययन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक हुने भएको छ । बिहीबार बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।

नयाँ स्टक ल्याउनका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकारले २०८० माघमा शिवाकोटीको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति बनाएको थियो । उक्त समितिले २०८१ वैशाखमा सरकारलाई नेप्सेको पुनर्संरचना गरी नयाँ स्टकलाई लाइसेन्स दिन सुझाव दिएको थियो जसको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।

बिहीबारको बोर्ड बैठकले सोही प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सेबोन स्रोतले जानकारी दिएको छ । ‘बोर्ड बैठकले शिवाकोटी नेतृत्वले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ,’ सेबोन स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘यसका अलावा सेबोनले बनाएको समितिले निकालेको निष्कर्षका विषयमा पनि छलफल भएको छ ।’

गएको २०८१ पुस ५ मा नेपाल सरकार मन्त्रिपरिषद्ले चिन्तामणी शिवाकोटी नेतृत्वले तयार पारेको प्रतिवेदन कार्यान्वयनको बाटो खोलिदिएको थियो । यसपछि, सोही प्रतिवेदन कार्यान्वयनको लागि आवश्यक सुझाव सहित पेश गर्न भन्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बोर्डकै सञ्चालक समितिको नेतृत्वमा अर्को समिति बनाएका थिए ।

शिवाकोटीको प्रतिवेदन कार्यन्वयन गर्नका लागि कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक विनोदकुमार भट्टराईको नेतृत्वमा समिति गठन भएको थियो । उक्त समितिले १ महिना अघि नै बोर्ड अध्यक्षलाई कार्ययोजना सहितको प्रतिवेदन बुझाएको थियो ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो मैत्री सेवा आश्रममा खाद्यान्न वितरण

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत काठमाडौं जिल्लास्थित मैत्री सेवा आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।

२०७८ जेष्ठ २१ गते सम्पन्न कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक नरेश थापा र शाखा प्रबन्धक रोजिना मानन्धरको उपस्थितिमा खाद्यान्न सामग्री आश्रमलाई हस्तान्तरण गरिएको हो । हाल आश्रममा ३० जना जेष्ठ नागरिकले सेवा लिइरहेका छन् ।

कम्पनीले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा थप योगदान दिने लक्ष्य राखेको जनाएको छ । सानिमा रिलायन्सले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि समेट्दै जाने विश्वास व्यक्त गरेको छ । भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना रहेको कम्पनीले स्पष्ट पारेको छ ।

हाल देशभर १६९ शाखा विस्तार गरिसकेको कम्पनीको पूँजी ५ अर्बभन्दा बढी रहेको छ भने २० अर्बभन्दा बढीको लगानी परिचालित छ । त्यस्तै, कम्पनीमा हाल २० हजारभन्दा बढी अभिकर्ताहरू सक्रिय रूपमा कार्यरत छन् ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले इन्जिनियर्स एसोसिएसन सदस्यलाई विशेष छुट दिने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । बैंक र एसोसिएसनबीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र एसोसिएसनका तर्फबाट अध्यक्ष सुभाषचन्द्र बरालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकले एसोसिएसनका सदस्यहरूलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने छ । बैंकका २ सय ७५ शाखामार्फत बचत खाता खोली १० लाखको दुर्घटना बीमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा र डेबिट/क्रेडिट काडर्, मोबाइल बैकिङमा विशेष छुटको व्यवस्था रहेको बैंक सीईओ पाण्डेले जानकारी दिए ।

सम्झौताबाट इन्जिनियर्स एसोसिएसनका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

लक्ष्मी सनराईज बैंक धरापमाः सिइओ लगायत दर्जनौ कर्मचारी बिरुद्ध मुदा दायर

पतञ्जलि योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा विभिन्न बैंकर पनि मुछिएका छन् । अख्तियारले एकीकृत समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यो प्रकरणमा आधा दर्जन बैंकका कर्मचारीहरु पनि मुछिएका छन् । हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै आयोगले बिहीबार मुद्दा दर्ता गरेको हो । त्यसमा झन्डै एक दर्जन व्यक्ति तत्कालिन सनराइज बैंकका उच्च अधिकारीहरु छन् ।

आयोगले प्रमुख आरोपितहरूमा तत्कालीन सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किशोरकुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीव सापकोटा र अधिकृत ममता पराजुली लगायतका बैंकका अधिकारीहरू छन् । यस्तै, सनराइजबैंकै अन्य कर्मचारीहरू जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उपप्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविनकुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिलरत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्ट पनि आरोपित छन् । अख्तियारका अनुसार तत्कालिन सनराइज बैंकका यी अधिकारीहरूले मिलेर पतञ्जलीको नाममा काभ्रेमा रहेको सरकारी जग्गाको धितो बन्धक पारित गरि ऋण प्रवाह गरेका थिए ।

न्यौपाने यसअघि तत्कालीन सेञ्चुरी बैंकका सीईओ थिए भने पछि सेञ्चुरी प्रभु बैंकमा गाभिएपछि उनी डीसीईओ बनेका थिए । उनी माधव नेपालका भाञ्जा पनि हुन् । अहिले उनले बैंकिङ नै छोडिसकेका छन् । अख्तियारले पतञ्जलीको नाममा हदबन्दी छुटमा जग्गा खरिद गरी दुई महिनाभित्रै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिएको आरोपमा १३ बैंकरसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले मुख्य कसुरदारलाई कैद सजाय, १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको विगो असुल, जरिवाना र सोही अनुसार अन्य संलग्नलाई पनि मुख्य दोषी सरह सजाय हुनुपर्ने मागदाबी गरेको छ । यसैगरी आयोगले माधव नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्यको हकमा भने बिगो रकम फरक–फरक छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

उद्योग र शैक्षिक प्रतिष्ठान सञ्चालनका लागि हदबन्दी छुटमा लिएको जग्गा गैरकानुनी रूपमा बेचबिखन गरी राज्यलाई ठूलो रकम हानी नोक्सानी पुर्याएको पाएपछि अख्तियार मुद्दा चलाउने निष्कर्षमा पुगेको हो । यस प्रकरणमा चारवटा कसुरजन्य कार्य भएको र जसमध्ये एक कसुरमा नेपाल व्यक्तिगत रूपमै संलग्न भएको देखिएपछि नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय भएको बुझिएको छ ।

पतञ्जलिको नेपाल कार्यालयका केही अधिकारी, जग्गा व्यवसायी र सरकारी निकायका अधिकारी मिलेर गैरकानुनी रूपमा ३५३ रोपनी जग्गा अपचलन गरेको उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको थियो । बहुदलीय व्यवस्थापछि प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो ।

बार्षिकोत्सवमा हिमालयन लाइफका १० जना कर्मचारीहरु सम्मानित

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १७ औं बार्षिकोत्सवको अवसरमा बिहिवार १० जना कर्मचारीहरुलाई सम्मान गरेको छ । कम्पनीमा १० बर्ष भन्दा बढि सेवा अवधि पुरा गरेका कर्मचारीहरलाई कम्पनीले सम्मान गरेको हो ।

सम्मानित भएकाहरु कम्पनीको केन्द्रिय कार्यालय, शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारी रहेका छन् । कम्पनीले कर्मचारीहरुलाई सम्मानपत्र सहित खादा लगाएर सम्मान गरेको हो । सो सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले कम्पनीमा लामो समय सम्म काम गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्न र भविष्यका लागि उत्प्रेरित गर्न सम्मान गरिएको बताउनुभयो ।

यस्तै सो अवसरमा कम्पनीको उपप्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल, कर्मचारी संघका अध्यक्ष हरी बहादुर खड्काले सम्मान कार्यक्रमबाट कर्मचारीहरुलाई उर्जा प्राप्त हुने बताउनुभयो । कम्पनीले बार्षिकोत्सवको अवसरमा सातै प्रदेशका विभिन्न स्थानहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम आयोजना गरेको छ ।

बर्दघाटमा नबिल बैंकको दोस्रो चरणको उद्यमशीलता तालिम सम्पन्न, ७५ युवाले लिए तालिम

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम अन्तर्गत आज बर्दघाट २५ युवालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसमा दोस्रो चरणको ६ महिना लामो तालिममा सहभागी युवाहरुलाई प्रमाणपत्र उपलब्ध गराइएको हो । पश्चिम नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद विनोद चौधरीले उनीहरुलाई प्रमाणपत्र उपलब्ध गराएका थिए ।

पहिलो चरणमा सोहि क्याम्पसबाट ५० जना युवाहरुले तालिम लिएर उद्यमशीलता सुरु गरिसकेका छन् । सांसद चौधरीले युवाहरुलाई आफूले तालिमबाट सिकेको कुरा साथीहरुलाई पनि सिकाउन आग्रह गरे । ‘दिव्यज्योतिले ५० वटा उद्यमी पहिला नै जन्माइसकेको छ । अब यी नयाँ भाइबहिनीहरुले के संकल्प गरेर जानुपर्छ भने म आफु मात्रै म सफल हुन्न,’ उनले भने, ‘‘इच वान टिच वान’ भन्ने सिद्धान्त अंगिकार गर्नुपर्छ । म मात्र हैन म अर्को पनि एउटा उद्यमी जन्माउछु भन्ने मानसिकताका साथ आज तपाईहरु यहाँबाट जानुभयो भने नविलको यो कामले सार्थकता पाउँछ ।’

नेपालका प्रतिष्ठित उद्योगपतिसमेत रहेका संघीय सांसद चौधरीले उद्यमशील बन्न अनुशासन र आत्मविश्वास आवश्यक हुने बताउनुभयो । ‘उद्यमशीलताले खोज्ने भनेको सबैभन्दा ठुलो कुरा अनुशासन हो । दोस्रो, आफूमाथि विश्वास गर्नू हो । यदि आफूमा आत्मविश्वास छ भने जस्तोसुकै कठिन समयमा पनि तपाईले सफलता प्राप्त गर्नसक्नुहुन्छ,’ उनले भने ।

पछिल्लो समय नेपालमा केहि पनि गर्न सम्भव छैन भन्दै युवाहरुमा निराशा बढेको आफूले पाएको उनको भनाई थियो । कहाँ नेपालमा गर्न सकिन्छ रु यहाँ गर्नै दिँदैन । सरकारले दुख दिन्छ । फलानाले दुख दिन्छ यसले दुख दिन्छ, उसले दुख दिन्छ । त्यो त्यो मानसिकता बोक्ने मानिसले कहिले पनि केहि गर्न सक्दैन, सांसद चौधरीको भने, ‘यस्तो निराशाका बीचमा म गर्छु भन्ने पनि मान्छेको एउटा ठुलै जमात छ देशमा । उहाँहरुले गरिराख्नुभएको छ ।’

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलताको विकास गर्दै युवाहरूलाई स्वरोजगार बनाउने र सामाजिक समस्या समाधानमा टेवा पुर्याउने लक्ष्य लिएको नबिल बैंकले जनाएको छ । बैंकले यो कार्यक्रम अन्तर्गत देशभर विभिन्न शैक्षिक संस्थाहरूसँगको सहकार्यमा युवाहरुलाई उद्यमशील तामिल दिँदै आएको छ ।

समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने नवीन उद्यमशील सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्नु र उनीहरूको व्यावसायिक सपनालाई साकार पार्न सहयोग गर्नु कार्यक्रमको उद्धेश्य रहेको छ ।