Sticky Breaking News
चितवनबाट चुनाव हारेका डा.पौडेल मुलुकको १८ औं गभर्नरः अब राष्ट्रको बन्नेकी कांग्रेसको ?


अन्तत नेपाल राष्ट्र बैंकले १८ औं गभर्नरमा डा. विश्व नाथ पौडेललाई पाएको छ भन्दा अब चाहि फरक पर्दैन । डा. विश्व नाथ पौडेल चितवन क्षेत्र नम्बर १ बाट कांग्रेस पार्टीको टिकट लिएर चुनाव हारेका व्यक्ति हुन भन्दा अन्यथा नहोला । यति मात्रै होइन उनी कांग्रेस पार्टीको महासमिति सदस्य समेत रहेका व्यक्ति हुन् । यि माथीका शब्दबाटै प्रस्ट हुन्छ कि नयाँ गभर्नर नियुक्त भएका डा.पौडेल अब राष्ट्र बैंकको बन्नेकी कांग्रेस पाटीको ? यो भविष्यले नै बताउला । गभर्नर डा. पौडेलको क्षमता र दक्ष माथी प्रश्न उठाउने ठाँउ छैन । तर, पाटीको सदस्य त्याग्नु पर्दछ कि पर्दैन यो गम्भीर प्रश्न उनीमाथी उठ्नेछ र उठेको पनि छ । हेक्का होस् ।
अर्थशास्त्री डा विश्व नाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नर बनेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई आगामी ५ वर्षका लागि गभर्नर नियुक्त गरेको हो । देशको अर्थतन्त्र हाँक्ने जिम्मेवारी पाउनु डा. पौडेलका लागि ठूलै अवसर हो, अवसरसँगै उनीसामू चुनौती पनि छन् भन्दा फरक पर्दैन । खुला बजार अर्थनीतिका पक्षपाति पौडेलको नियुक्तिले निजी क्षेत्र खुसी छ । किनभने, वामपन्थी पृष्ठभूमिका यसअघिका गभर्नर महाप्रसाद अधिकारीले राजनीति गरेको र निजी क्षेत्रलाई कस्ने काम मात्रै गरेको आरोप लगाउँदै आएको छ । यस अर्थमा, नियमन कम गरी बजारलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने मान्यता राख्ने गभर्नर पाउँदा निजी क्षेत्र खुसी हुनु स्वाभाविक पनि हो ।तर नवनियुक्त गभर्नर पौडेलसँग प्रशासकीय अनुभव निकै कम छ । राष्ट्र बैंकभित्रको अनुभव त उनीसँग छँदै छैन । त्यसैले पौडेलसामू राष्ट्र बैंकको आन्तरिक संरचना बुझ्नु र कुशल व्यवस्थापकीय क्षमताको विकास गर्नु पहिलो चुनौती हुनेछ । राष्ट्र बैंकको आन्तरिक संरचना र बैंकिङ टर्मिनोलोजी बुझ्दाबुझ्दै गभर्नर डा.पौडेललाई केही समय लाग्ने निश्चित देखिन्छ ।
गभर्नर पौडेलको कांग्रेससँगको प्रत्यक्ष निकटताले राष्ट्र बैंक र मौद्रिक नीति राजनीतिक पूर्वाग्रहबाट मुक्त हुने सम्भावना निकै कम देखिन्छ । ५ वर्ष लगातार एमालेनिकट कर्मचारीको पेलाइमा परेका राष्ट्र बैंकका कांग्रेसनिकट कर्मचारीहरुले पौडेलको नियुक्तिसँगै पेलाइको पैँचो तिर्ने पालो कुरेर बसिरहेको देखिन्छ ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकभित्र र बाहिर व्यापक राजनीतिक रङ देखाएको आरोप लाग्यो । त्यसैले सरोकारवालाहरु राजनीतिक प्रभावबाट मुक्त व्यावसायिक गभर्नर चाहन्छन् । गभर्नर पौडेलको कांग्रेससँगको प्रत्यक्ष निकटताले राष्ट्र बैंक र मौद्रिक नीति राजनीतिक पूर्वाग्रहबाट मुक्त हुने सम्भावना निकै कम देखिन्छ । ५ वर्ष लगातार एमालेनिकट कर्मचारीको पेलाइमा परेका राष्ट्र बैंकका कांग्रेसनिकट कर्मचारीहरुले पौडेलको नियुक्तिसँगै पेलाइको पैँचो तिर्ने पालो कुरेर बसिरहेको देखिन्छ । हेक्का होस् । २०७९ मंसिरमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चितवन क्षेत्र नं १ बाट सांसदको उम्मेद्वार थिए डा.पौडेल । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरि ढकालसँग चुनाव हारेका पौडेल त्यसयता काठमाडौं विश्वविद्यालयमा अध्यापन गराउनुका साथै पार्टी कार्यकर्ता प्रशिक्षणमा सक्रिय रहँदै आएका व्यक्ति पनि हुन् । सचेत भया । कांग्रेस सभापति शेरबहादुर देउवासँग अत्यन्तै निकट रहेका पौडेललाई देउवाले नै महत्वपूर्ण जिम्मेवारीमा पु¥याए । देउवाकै जोडबलमा पौडेललाई केपी शर्मा ओली प्रधानमन्त्री रहेको मन्त्रिपरिषदले गभर्नरमा नियुक्त गरेका हुन् भन्दा फरक पर्दैन । एमाले निकट कर्मचारीलाई पैंचो तिर्ने कांग्रेसनिकट कर्मचारीको सपना र अन्य दलनिकट कर्मचारीको त्रास दुबैलाई सन्तुलनमा मिलाएर अघिबढ्न सकेमात्रै डा. पौडेल सफल गभर्नरका हुनेछन् । यसका लागि उनले गभर्नरको पदभार सम्हालेपछि कांग्रेसको नभई राष्ट्रको बन्न सक्नुपर्छ ।
भनिन्छ कांग्रेसको सक्रिय राजनीति गरेका पौडेल राजनीतिक पूर्वाग्रहबाट मुक्त हुनु पहिलो शर्त हो । नेपाल राष्ट्र बैंक ऐनको दफा २१ (क) मा राजनीतिक दलको सदस्य वा पदाधिकारीकारुपमा नियुक्त हुन नहुने व्यवस्था छ । हेक्का होस् । राजनीतिमा सक्रिय भनेर डा. विश्व नाथ पौडेललाई गभर्नर बनाउन नहुने स्वरहरु पनि सुनिन थालेका छन् । यद्यपि उनीमात्रै राजनीतिमा सक्रिय भएका व्यक्ति होइनन् । त्यसो त राष्ट्र बैंकका गभर्नरको पदमा आसिन महाप्रसाद अधिकारी नै एमालेको अर्थ विभागमा रहेको ‘एम अधिकारी’ का नाममा एमालेको राजनीतिमा सक्रिय थिए । डेपुटी गभर्नर रहेकै अवस्थामा २०७३ मा महाप्रसाद अधिकारी खोटाङ भनेर विभागको सदस्य रहेकोमा ६ वर्षपछि २०७९ मा नाम परिवर्तन गरेर ‘एम अधिकारी’ खोटाङ नाममा सक्रिय राजनीतिमा थिए । तर अधिकारी डा. पौडेलको जस्तो चुनाबै लडेका भने थिएनन् । हेक्का होस् । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्व नाथ पौडेल नियुक्त भएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोकत्वको समितिले सिफारिस गरेको ३ नाममध्ये मन्त्रिपरिषदले पौडललाई राष्ट्र बैंकको जिम्मेवारी सुम्पिएको हो । सरकारले पौडेल सम्मिलित गभर्नर सिफारिसको लागि गठित सिफारिस समितिको सदस्य बनाएको थियो । गभर्नरको नाममा कांग्रेस र एमालेबीच लामो रस्साकस्सीपछि पौडेललाई गभर्नर बनाउने सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा पुगेका थिए । पौडेललाई गभर्नर बनाउने सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिए ।

यता मन्त्रिपरिषदले पुरानो सिफारिस समिति विघटन गर्दै डा. पोषराज पाण्डे र पूर्वगभर्नर महाप्रसाद अधिकारी सम्मिलित नयाँ सिफारिस समिति गठन गरेको थियो । गभर्नर छान्ने जिम्मा पाएका पौडेल अन्तिममा आफैं गभर्नर बनेका छन् । यसअघि कांग्रेसले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नरमा अघि बढाउने गरी राजीनामा दिन लगाएको थिए । तर, कायममुकायम गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले समितिको सदस्य रहेका पौडेललाई नै गभर्नर बनाउने प्रस्ताव गरेको थियो । २०८१ २४ चैत मा तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पुरा भएसँगै गभर्नर रिक्त थियो ।
को हुन् नयाँ गभर्नर पौडेल ?
२०३२ सालमा चितवनको रत्ननगर नगरपालिकामा पौडेलको जन्म भएको थियो । उनले अमेरिकाको क्यालिफोर्निया विश्व विद्यालयबाट विद्यावारिधी गरेका हुन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, इन्टरनेशनल सेन्टर फर इन्ट्रिग्रेटेड माउन्टेन (इसिमोड)को सञ्चालक समितिको अध्यक्ष भएका समेत काम गरेका थिए । इतिहास साक्षी छ । हेक्का होस् । त्यस्तै, कोलम्बो प्लान काउन्सिलको अध्यक्ष भएर समेत काम गरेका छन् । ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं. १ मा नेपाली कांग्रेसकोतर्फबाट उमेदवार बनेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालसँग पराजित भएका हुन् । निर्वाचन आयोगको तथ्यांकअनुसार, पौडेलले २५ हजार २२ मत पाएका थिए । पौडेलले नेपालको आर्थिक नीति निर्माण र योजना विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री देउवा रहँदा पौडेल २०७८ साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । उनी प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र र अर्थशास्त्र इतिहासका ज्ञाता पनि हुन् ।

डा. पौडेलका करिब दुई दर्जन अनुसन्धानपत्र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन् । डा. स्वर्णीम वाग्ले राष्टिय योजना आयोगको उपाध्यक्ष हुँदा उनी विज्ञ सल्लाहकार थिए । पछि डा. प्रकाशशरण महत अर्थमन्त्री बन्दा पौडेल वरिष्ठ आर्थिक सल्लाहकारका रुपमा काम पनि गरे । चीनबाट इन्जिनियरिङमा स्नातक गरेका पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया (बक्र्ले) बाट कृषि तथा संशाधन अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन् । उनी हाल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा प्राध्यापक हुन् । उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकारको रूपमा काम गरेको अनुभव पनि छ ।

डा. पौडेलले सानिमा बैंकको सञ्चालक समिति सदस्य, विश्वबैंकको लागि अल्पकालीन परामर्शदाता, सानिमा मिडल तमोर हाइड्रोपावरको सञ्चालकको भूमिका निर्वाण गरिसकेका छन् । उनले सानिमा बैंक लिमिटेडको निर्देशक, मिलेनियम च्यालेन्ज नेपालका अर्थशास्त्री, र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेको आर्थिक सल्लाहकारको रूपमा पनि कार्य गरेका छन् । सन् २०१२ देखि २०१५ सम्म विश्व बैंकमा परामर्शदाताका रूपमा कार्यरत थिए । यसैगरी, इसिमोड बोर्ड अफ गभर्नरका अध्यक्ष, नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकार रहेका थिए । सचेत भया ।