जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नबिल बैंकको मोबाइल बैंकिङ एपबाट अब ‘हाम्रो पे’ वालेटमा रकम लोड गर्न सकिने

नबिल बैंकको मोबाइल बैंकिङ एपबाट अब ‘हाम्रो पे’ वालेटमा रकम लोड गर्न सकिने

हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र नबिल बैंकबीच प्रयोगकर्ताहरूलाई थप सुविधा दिन सहकार्य भएको छ। सहकार्यअनुसार नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी हाम्रो पे वालेटमा सजिलै रकम लोड गर्न सकिने भएको हो।

यो सुविधाअन्तर्गत नबिलका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले ‘हाम्रो पे’ले प्रदान गर्दै आइरहेको क्यासब्याक र अफरहरूको लाभ उठाउन सक्नेछन्। यो सहकार्यले डिजिटल भुक्तानीलाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास कम्पनीले लिएको छ।

हाम्रो पेमा नबिल बैंक लिंक गर्ने सुविधा पनि छिट्टै सुरु हुँदैछ। यस सुविधाबाट प्रयोगकर्ताहरूले आफ्नो बैंक खाता सिधै हाम्रो पेमा लिंक गरी रकम स्थानान्तरण तथा अन्य वित्तीय कारोबार गर्न सक्नेछन्। यसले डिजिटल वालेट र बैंक खाताबीचको सम्बन्धलाई अझ सहज बनाउने बताइएको छ।

त्यसबाहेक नबिल बैंकका ग्राहकका लागि हाम्रो पेबाट कार्डरहित रूपमा रकम बैंकको एटीएमबाट निकाल्न सकिने सुविधा पनि चाँडै सुरु गरिने भएको छ। यसले प्रयोगकर्तालाई फिजिकल कार्डबिना मोबाइल एपबाटै रकम झिक्न सक्ने सुविधा दिनेछ।

1695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका