जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

विकास बैंकहरु मात्रै होइन, १ दर्जन वाणिज्य बैंक हरु को भन्दा बढि वितरण योग्य मुनाफा नाफा कमाएको मुक्तिनाथ विकास बैंकको भित्री कथा ?

नेपालका विकास बैंकहरुमा नम्बर १ वान बनेको मुक्तिनाथ विकास बैंक वाणिज्य बैंकहरुलाई चुनौतीको विषय बनेको छ भन्दा फरक पर्दैन ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण केलाउने हो भने मुक्तिनाथ विकास बैंकले ८ अर्ब चुक्ता पूँजी भएका १२ वटा वाणिज्य बैंकलाई उछिनेको छ भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो ।

नेपालको ग्रामीण भेगलाई कर्मथलो मान्दै आएको मुक्तिनाथ विकास बैंक लिमिटेडले कर्जा प्रवाह र डिपोजिट संकलनमा नेपालका सबै विकास बैंकलाई उछिनेको भेटिएको छ ।

बैंकको सीइओ प्रद्युमन पोखरेल दक्ष एवं अनुभवी बैंकरहरुको सूचिमा पर्ने नाम हो । उनी विकास बैंक संघको उपाध्यक्ष पनि छन् । मुक्तिनाथ विकास बैंक भित्र युवा र अनुभवी बैंकरहरुको टिम छ । दुरदराज र ग्रामीण क्षेत्रमा लगानी गरेको मुक्तिनाथ विकास बैंकले केही वाणिज्य बैंकहरुलाई चुनौती दिएको देखिन्छ ।

मुक्तिनाथ विकास बैंकले राजधानीमा प्रधान कार्यालय सञ्चालन गरेको केही वर्ष मात्रै भएको छ तर, उसको प्रगतिले वाणिज्य बैंकहरु आत्तिएका छन् भन्दा फरक पर्दैन ।

विकास बैंक संघका पूर्व अध्यक्ष भरतराज ढकाल मुक्तिनाथ विकास बैंकका अध्यक्ष छन् । उनी आफैमा अनुभवी बैंकरहरुको नाम भित्र पर्दछन् । भने बैंकको सीइओ प्रद्युमन पोखरेल दक्ष एवं अनुभवी बैंकरहरुको सूचिमा पर्ने नाम हो । उनी विकास बैंक संघको उपाध्यक्ष पनि छन् ।
मुक्तिनाथ विकास बैंक भित्र युवा र अनुभवी बैंकरहरुको टिम छ । दुरदराज र ग्रामीण क्षेत्रमा लगानी गरेको मुक्तिनाथ विकास बैंकले केही वाणिज्य बैंकहरुलाई चुनौती दिएको देखिन्छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले हालै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अवधिसम्ममा बैंकको अधिकांश सुचकमा उच्च सुधार भएको विवरणमा देखिएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.२८प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ भन्दा फरक पर्दैन ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४६ पैसा रहेको देखिन्छ ।

खुद ब्याज आम्दानीमा सामान्य मात्र सुधार देखिएपनि अन्य सञ्चालन आम्दानी बढेका कारण बैंकको खुद नाफा ३० प्रतिशत बढेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५२ करोड ५५ लाख रुपैयाँ रहेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.८० प्रतिशत बढेर १ अर्ब १६ करोड २४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २८.१९ प्रतिशत बढेर ८६ करोड ५२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी १ करोड ३० लाख रुपैयाँबाट बढेर ३१ करोड १४ लाख रुपैयाँ पुगेको छ। यही आम्दानीले बैंकको खुद नाफा वृद्धिदर बढाउन टेवा पुर्याएको देखिन्छ ।

पुस मसान्तसम्ममा ४ अर्ब ८१ करोडा रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९३ लाख ३० हजार रुपैयाँ र रिटेन्ट अर्निङ्गमा ५३ करोड २६ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी ११.२५ प्रतिशत र जगेडा कोष १४.३९ प्रतिशत बढेको छ भने रिटेन्ट अर्निङ्ग १३.२२ प्रतिशत घटेको देखिन्छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४६ पैसा रहेको देखिन्छ ।

पुस मसान्तसम्ममा ४ अर्ब ८१ करोडा रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९३ लाख ३० हजार रुपैयाँ र रिटेन्ट अर्निङ्गमा ५३ करोड २६ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी ११.२५ प्रतिशत र जगेडा कोष १४.३९ प्रतिशत बढेको छ भने रिटेन्ट अर्निङ्ग १३.२२ प्रतिशत घटेको देखिन्छ ।

समीक्षा अवधिमा बैंकको आधार दर ११.१८ प्रतिशतबाट ८.३८ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ५.६६ प्रतिशतबाट ४.९९ प्रतिशतमा झरेको छ । यी सबै बैंकका सूचकले मुक्तिनाथ विकास बैंक सबल र सक्षम बैंक हो भन्दा फरक पर्दैन । सचेत भया ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप ३०.६४ प्रतिशत बढेर ७४ अर्ब ८७ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी २२.२७ प्रतिशत बढेर ५८ अर्ब २७ करोड ४० लाख रुपैयाँ पुगेको देखिन्छ ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा बैंकको निष्क्रिय कर्जा ०.११ प्रतिशतबाट बढेर ०.३० प्रतिशतमा पुगेको देखिन्छ । समीक्षा अवधिमा बैंकको आधार दर ११.१८ प्रतिशतबाट ८.३८ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ५.६६ प्रतिशतबाट ४.९९ प्रतिशतमा झरेको छ । यी सबै बैंकका सूचकले मुक्तिनाथ विकास बैंक सबल र सक्षम बैंक हो भन्दा फरक पर्दैन । सचेत भया ।

 

एभरेष्ट बैंक र किर्तिपुर नगरपालिकाबीच कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता

स्थानीय तहमा सुविधा प्रदान गर्नका लागि स्थानीय सरकारसँगको साझेदारीलाई  निरन्तरता दिदैँ एभरेष्ट बैंकले आफ्नो बैंकको केन्द्रीय कार्यालयमा माघ १६ गतेका दिन सम्पन्न भएको कार्यक्रममा किर्तिपुर नगरपालिकासँग कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकद्वारा आफ्नो आन्तरिक क्रेडिट निर्देशिका तथा नेपाल राष्ट्र बैंकको निर्देशिकाको प्रावधान अनुसार किर्तिपुर नगरपालिकाका बासिन्दाहरुलाई कृषि कर्जा, सहुलियत कर्जा, एसएमई कर्जा तथा शैक्षिक कर्जा उपलब्ध गराउनेछ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके नेगी र किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले एभरेष्ट बैंकका नायव महाप्रबन्धक डा। सन्धिर कुमार तथा अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिका बिच हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्नो वृहत सञ्जाल मार्फत अत्याधुनिक  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।  हाल बैंकको ७ ओटै प्रदेश गरी  १०० शाखा कार्यालय , ३१ राज्वस्व सङ्कलन काउन्टर तथा १३१ स्थानमा एटीएम काउन्टर रहेका छन् ।

कामना सेवाले ल्यायो ‘वीच्याट–युनियन पे’ भुक्तानी सेवा

कामना सेवा विकास बैंक र फस्र्ट पे टेक्नोलोजी प्रालिबीच वीच्याट पे र क्यू पेको भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गदैं वीच्याट पे र यूनियन पेबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो ।

यस सम्झौता पश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी गा्रहकहरुले कामना सेवा विकास बैंक लिसंग आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम क्युआर कोड स्क्यान गरि/गराई वीच्याट पे र युनियन पेको साथै अलि पे, खल्ति, प्रभु पे, क्यू पे, आईएमई पे, स्मार्ट पे लगायत अन्य ४६ वटा अन्र्तराष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन् ।

बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

सानिमा बैंकका ग्राहकले सामसुङको एस२१ सिरिज किस्तामा गरिद गर्न पाउने

सानिमा बैंकले सामसुङको एस२१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी को व्यवस्था गरेको छ । यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु आईएमएस स्मार्ट कम्पनी र हिम इलेक्ट्रोनिक्स (सामसुङ प्लाजा)संग सम्झौता गरेको छ ।

ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुबिधाका साथै निःशुल्क प्रशासनिक शुल्क र सामसुङको तर्पmबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरिएको छ  । सामसुङ एस२१ सिरिजको प्री‐बुकिङ्ग सुरु भइसकेको छ र ग्राहकहरुका लागि माघ २३ बाट उपलब्ध हुने अपेक्षा गरिएको छ ।

प्रभु लाइफ द्धारा ५० लाख मृत्युदाबी भुक्तानी

महोत्तरी जिल्ला हतिसर्वाका सुरेश प्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्स लि. संग जीवन बीमा गर्नुभएकोमा निजको मृत्यु भई निज बिमीतकी अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी बापत रु ५० लाख भुक्तानी गरिएको व्यहोरा कम्पनीले जनाएको छ । मृत्यु दाबी भुक्तानीका लागी अनुरोध भई आएकोमा आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी काठमाडौं कमलादी स्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत रु ५० लाखको बैंक चेक निजकी श्रीमती अनुराधा कुमारी यादवलाई हस्तान्तरण गरिएको थियो ।

मुक्तिनाथ विकास बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा

मुक्तिनाथ विकास बैंक लि.ले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट –पे’ संग साझेदारी गरेको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गर्नुभएको थियो । यो सम्झौता पछि वीच्याट –पे मोवाईल वालेट प्रयोगकर्ताहरुले मुक्तिनाथ बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । चीनमा निकै लोकप्रिय रहेको वीच्याट –पे मार्फत नेपाल भ्रमण गर्ने चिनिया पर्यटक वा व्यापारीहरुले विभिन्न सामाग्री तथा सेवा खरिदको लागि वीच्याट –पे मार्फत भुक्तानी गर्न सक्नेछन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिषा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको ब्त्ः बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

स्टार्ट अप आइडिया कल कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकको साथ

सञ्चार तथा सुचनाप्रविधि मन्त्री पार्वत गुरुङ्ले युवा उद्यमशीलता विकासका लागि सरकारले सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको बताउनु भएको छ । राजधानीमा नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमको सचिवालयमार्फत बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक, विशाल फाउण्डेशन र युनिग्लोव कलेजले आयोजना गरेको युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री गुरुङ्ले कोभिड—१९ ले सिथिल भएको अर्थतन्त्र उकास्न र बैदेशिक रोजगारीलाई ब्यवस्थीत गदैं देशमै रोजगारीका अवशर सृजना गर्नका लागि सरकारले उद्यमी बन्न चाहनेका लागि सहुलियतपुर्ण कर्जा कार्यक्रम अघि सारेको जानकारी दिनु भयो ।

आर्थिक समृद्धीका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउनुपर्नेमा मन्त्री गुरुङ्को जोड थियो । सोहि कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी निर्वतमान अध्यक्ष भवानी राणाले स्टार्टअप ब्यवसाय गर्न चाहनेका लागि अहिले अवशर नै अवशर रहेको बताउदैं युवाहरुमा सोच, संकल्प, निरन्तरता र ब्यवसायिक रणनिति हुनुपर्ने बताउनु भयो । उद्यमीमैत्री वातावरणका लागि सरकारले नेतृत्व लिनुपर्ने उहाँको भनाई छ । कार्यक्रममा बैंक तथा बित्तिय संस्था परिसंघका अध्यक्ष एवं बरिष्ठ उद्यमी पवन गोल्यानले कम्फट जोनमा बसेर समस्या देखाउनु भन्दा नयाँ अवशरहरुको उपयोग गर्न आग्रह गनु भयो ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो कर्जा एकदमै सस्तो र सरल किसिमले पाउने भएकाले सदुपयोग गरी व्यवसाय गर्न आग्रह गर्नुभयो । कार्यक्रमका बिभिन्न सेसनहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, उद्यमी महिला महासंघका अध्यक्ष रिता सिंह, बिजनेश अक्सीजनका अध्यक्ष सिद्रान्तराज पाण्डे, सुविसु केवल नेटका अध्यक्ष सुधिर पराजुली, राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठ, बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका नवराज पुडासैनी, महिला उद्यमी डा. सुमित्रा गुरुङ् मानन्धर, युनिग्लोव कलेजका प्रिन्सीपल डा. नरबहादुर विष्ट, प्रा.डा राधेस्याम प्रधानलगायतले युवा उद्यमशीलताका चुनौति र अवशरबारे मन्तब्य राख्नु भएको थियो ।

विशाल फाउण्डेशनका कार्यकारी निर्देशक एवं आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्तभित्र आफनो इनोभेटिभ आइडिया पठाउने युवाहरुलाई निशुल्क तालीम र सहुलियतकर्जा प्रदान गर्ने बताउनु भयो । सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा सञ्चालन गरेको नवप्रवद्र्धन प्रस्ताव आह्वान कार्यक्रमको प्रवद्र्धनका लागि युनिग्लोव कलेजमा कार्यक्रम आयोजना गरिएको थियो ।

गरिमा विकास बैंकद्धारा ‘मेरो शेयर बचत खाता’ सार्वजानिक

नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पु¥याउन ‘मेरो शेयर बचत खाता’ सार्वजानिक गरेको छ । यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम रु ५०० मा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधा लिन सकिनेछ । पहिला नै डिम्याट खाता हुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधा लिन सक्नुहुनेछ ।

वर्तमान अवस्थामा कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो शेयर बचत खाता’मा आर्कषक ५.५% ब्याजदर प्रदान गर्ने बताएको छ । जनमानसमा शेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली शेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पु¥याउने यो खाताको मुख्य उद्घेश्य रहेको यस बैैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताउनुभएको छ ।

हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.मार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।

सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा सुरु

सनराइज बैंक लिमिटेडले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.–११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका–७, भुजिमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६८ पुगेको छ । दुई छुटाछुटै कार्यक्रममा प्रमुख अतिथिमा मन्थली नगरपालिका वडा नं.११, का उप–प्रमुख माया कुमारी कार्की र उमाकुण्ड गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रुद्रमणी नेवारको उपस्थिती रहेको थियो ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ६८ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

बिदेशी एजेण्ट र मेनपावरकाे अस्वस्थ प्रतिस्पर्धाले ठगिन्छन कामदार

बैदेशिक राेजगारमा सराेकार वाला निकायले अल आक्समाक्स मा ५ र ६ तारिख र ग्रिनतारामा ३,४र५ तारिख कामदार छनाैट प्रकृयाकाे सुरुवात चरण देखि अन्तिम कामदार बिदेश जाने प्रकृया सम्म बैराे बिभाग चनाखाे हुन जरुरी छ ।कतारकाे हमाद अस्पतालकाे डिमाण्ड अहिले नेपालकाे अल आक्समाक्स मेनपावर कामदार छनाैट प्रकृयामा छ ।त्यस्तै बिर्तामोड ,इटहरी लगायतका प्रमुख शहरमा ७,८तारिख मा गर्दैछ ।

उक्त डिमाण्ड हमाद अस्पतालबाट आएकाे भएता पनि विभिन्न बिदेशी एजेण्टबाट घुमेर नेपाल सम्म आउदा कम्पनीले सबै शुल्क फ्रि सँगै कम्पनीले पाँचसय अमेरिकन डलर सेवा सुल्क दिदै आएकाे छ ।तर नेपालमा भने आर्थिक चलखेलका कारण नेपाली कामदारले एकलाख देखि डेडलाख सम्म सुल्क लाग्ने भन्छन । कम्पनी राम्रो छ सेवा सुबिधा राम्रो छ तर आर्थिक चलखेलका कारण बिदेश जाने कामदार मारमा पर्ने निश्चित छ ।

बिभागले बिज्ञापन र सुरुकाे अन्तरबार्ता मै अल आक्समाक्स र ग्रिनतारा मेनपावरलाई अनुगमन गरेर बैराे बिभागले आफ्नो जिम्मेवारी निर्वाह गरेमा बिदेश जाने कामदार र बिदेशी एजेण्टकाे आर्थिक चलखेल राेकिने थियाे । कसरी ठगीन्छन बिदेशजाने नाममा युवा अन्तरबार्ता मै धेरै कठिनाइ भाेग्नु पर्छ डाइरेक्ट युवाले यस मेनपावरकाे अन्तरवार्तामा शहभागी हुन पाउदैनन ।

यहि ५ र६ तारीख मा काठमाडौं, ७ र८ तारिखमा इटहरी र बिर्तामोडमा हुने अल आक्समाक्स र ग्रिनतारा मेनपावरकाे अन्तरवार्तामा बिभाग र सराेकारवालाकाे छड्के अनुगमन गर्न सके बिदेश जाने युवालाई राहत हुने थियाे कि?? हमाद हस्पिटलकाे अन्तरवार्ता भनिए पनि बिभागमा अर्कै कम्पनीको स्वकृती लिएर बैराे बिभागलाइ नै झुक्याएर अन्तरबार्ता हुने एक अन्तरबार्ता शहभागीले बताए।

गरिमा विकास बैंकद्धारा नयाँ कर्जा सुविधाहरु सार्वजानिक

नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत गरिमा इजि एसएमई लोन र गरिमा इजि होम लोन सार्वजानिक गरेको हो ।

हाल विश्वमा आएको महामारी कोभिड १९ का कारण विश्व अर्थतन्त्र शिथिल भएको वेलामा हाम्रो देश पनि यसवाट टाढा रहन सकेन । यस विषम परिस्थितिमा वढ्दो वेरोजगार तथा उघमीहरुको उघमशिलतामा समेत ह्रास आएको वेलामा उघमीहरुलाई सरल र सहज तवरवाट कम व्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उघमशिलताको विकास सगै रोजगार सृजनामा ठुलो टेवा पुगोस् भनी बजारमा थप आक्रामक तवरवाट बजार विस्तार गर्न गरिमा विकास बैंकले ग्राहकमैत्री कर्जा सुविधाहरु लिएर आएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताउनुभयो ।

दुबै कर्जा सुविधाहरु ८.८८% ब्याजदरमा उपलब्ध भएको र धितो मुल्याङ्कनको शत प्रतिश ‘Garima Easy SME Loan’ मा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशत सम्म ‘Garima Easy Home Loan’ मा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ । साथै अन्य बैंक तथा वित्तिय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवा शुल्कमा पनि ५०% सम्म छुट सुबिधा पाउन सकिने छ ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।

पेट्रोलियम विक्रेताको कमिसन बढ्यो

नेपाल आयल निगमले उपभोक्तालाई प्रत्यक्ष भार पर्ने गरी व्यवसायीको कमिसन बृद्धि गरेको छ । निगम सञ्चालक समिति बैठकले विक्रेताहरुले पाउँदै आएको कसिमन प्रतिलिटर ३ प्रतिशतमा बृद्धि गर्ने निर्णय गरेको हो ।

पेट्रोलमा ०.३९५ र डिजेलमा ०.४७ प्रतिशत कसिमन थप हुनेछ । यो निर्णयसँगै व्यवसायीहश्ररुको कमसिन प्रतिलिटर डिजेलमा २१ र पेट्रोलमा १२ पैसा कवृद्धि हुनेछ भने एक ट्यांकर पेट्रोलमा २४०० र डिजेलमा ४ हजार २०० रुपैयाँ थप हुनेछ ।

उपभोक्ताको हितलाई मध्यनजर गर्दै कम भन्दा कम रकममा व्यवसायीहरुको माग सम्बोधन गरेको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले दाबी गरेका छन् । ‘व्यवसायीले कमिसन एक रुपैयाँ पाउनुपर्ने माग राखेका थिए, १२ र २१ पैसामा समाधान निकालिएको छ, पौडेलेले भने ।

विक्रेताहरुले पाउने थप कमिसन उपभोक्ताबाट असुल गरिनेछ ।

व्यवसायीको कमिसन बृद्धिका कारण डिजेल र पेट्रोलको उपभोक्ता मूल्यमा औषत ३६ पैसा समायोजन हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनकाअनुसार प्राविधिक क्षतिबापत व्यवसायीले पाउँदै आएको जर्ति सुविधा भने स्थगन गरिएको छ । १२ हजार लिटरमा ३० लिटर जर्ति सुविधा दिने गरिएको थियो ।