जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • लक्ष्मी बैंकले थाल्यो क्युआरबाट बसको टिकट खरिद गर्न सकिने सेवा

लक्ष्मी बैंकले थाल्यो क्युआरबाट बसको टिकट खरिद गर्न सकिने सेवा

लक्ष्मी बैंकले ल्होत्से बहुद्देश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न पाउने गरी थप नयाँ सुविधा ल्याएको छ।

 

अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनि-वालेटबाट क्युआर स्क्यान गरी फोनपे नेटवर्क अन्तर्गत भुक्तानी गर्न सक्नेछन्।

क्युआरबाट बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौंको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ।

TaTaक्युआर पेमेन्टले ग्राहकहरुलाई छिटो एव छरितो सहज रूपले भुक्तानी गर्न सक्ने विश्वास बैंकले लिएको विज्ञप्तिमा उल्लेख गरेको छ।

लक्ष्मी बैंकले विगतमा  क्युआर पेमेन्टलाई अस्पताल, शपिङ मल र इन्टरनेट सेवा प्रदायक लगायत विभिन्न साना( ठूला ब्यापारिक संस्थाहरुमा सञ्चालन गदै आएको छन्।

6800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका