जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनसेलले महिलाका लागि ल्यायो गो सिम, ९९ रुपैयाँको सिममा बण्डल, बोनस, आपतकालीन सुविधासम्म

एनसेलले महिलाका लागि ल्यायो गो सिम, ९९ रुपैयाँको सिममा बण्डल, बोनस, आपतकालीन सुविधासम्म

एनसेलले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाका साथ ‘गो सिम’ ल्याएको छ।

आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपतकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधा भएको यो सिम महिलाहरुका लागि ल्याइएको हो ।

यो सिम ग्राहकले कार्तिक १ देखि नजिकैको एनसेल सेन्टर वा खुद्रा बिक्रेताबाट ९९ रुपैयाँमा खरिद गर्न सक्ने एनसेलले प्रेस विज्ञप्ती जारी गरी जानकारी दिएको छ।

गो सिमको खरिदसँगै ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्स,  सात दिनको समयसीमा रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० ओटा एसएमएस प्राप्त गर्ने पनि कम्पनीले जानकारी दिएको छ।

ग्राहकले गो सिम मार्फत दामी म्युजीक तथा हङ्गामा म्युजीक प्रो ३० दिनसम्म निःशुल्क सुचारु गर्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ।

ग्राहकले यो सिम सुचारु भएको अर्को दिनको मध्य रातीसम्ममा गरेको पहिलो १०० रुपैयाँ वा त्यसभन्दा बढिको रिचार्जमा १०० मिनेट अन नेट टक टाइम र १०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ। यसरी प्राप्त बोनस सात दिनको लागि मान्य रहनेछ ।

महिलाहरुका लागि विषेश रुपमा डिजाइन गरिएको यस प्रकारको पहिलो महिला केन्द्रित प्याक सुरु गर्न पाएकोमा हामी धेरै खुसी छौं, एनसेल आजियाटा लिमिटेडका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने। उनले बन्डल सेवादेखि लिएर आपतकालिन अवस्थाका लागि सञ्चार सेवा, सुरक्षाको लागि एसएमएस सेवा र महिलाका क्षेत्रमा काम गर्ने संस्थामा निःशुल्क कल सेवा जस्ता थुप्रै सुविधाह रहेको समेत जानकारी दिए।

यो प्याक ल्याउनुको प्रमुख कारणहरु मध्ये महिला सुरक्षा एक हो। यसले महिला वर्गलाई दुरसञ्चार सेवा सुनिश्चित गर्ने मात्र नभई यसमा उपलब्ध सेवा, सुविधा तथा सुरक्षाको हिसाबले समेटिएको विषेशताले महिला सशक्तिकरणमा सहयोग पुर्याउने विश्वास हामीले लिएका छौ,  श्रीवास्तवले भने।

महिलाहरुलाई दुरसञ्चार सेवाको पहँच सुनिश्चित गर्दै यसको लाभ प्रदान गर्ने उद्देश्यअनुरुप ल्याइएको गो सिम अन्तर्गत ग्राहकले सिम खरिद गरेको दिन देखि १२ महिनासम्म हरेक रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्ने पनि कम्पनीले जानकारी दिएको छ।

सिम लिने ग्राहकका लागि आपतकालिन सञ्चार सेवाका लागि विषेश सुविधा रहेको छ। यस अन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्समा ५ रुपैयाँभन्दा कम भएको अवस्थामा लाग्ने शुल्क पछि तिर्ने गरी १० मिनेट अन नेट टक टाइम तथा १० वटा एसएमएस सेवा लिन सक्ने पनि कम्पनीले जानकारी दिएको छ। ग्राहकले आफ्नो सिम रिचार्ज गरेपछि यस सेवा वापतको करसहित १० रुपैयाँ मात्रै मेन ब्यालेन्सबाट काटिने छ।

त्यसैगरी यो सिममा महिलाहरुको सुरक्षाका लागि निःशुल्क उपलब्ध हुने अर्को विषेश सुविधा पनि रहेको छ। जस अन्तर्गत प्रयोगकर्ताले आपतकालिन अवस्थामा आफुले चाहेका तीन एनसेल नम्बरहरुमा आपतकालिन सन्देश पठाउन सक्नेछन्।

गो सिम प्रयोगकर्ताले एस्ट्रिक्स१७१८०ह्यास डायल गर्ने बित्तिकै आफुले छानेका तीन नम्बरहरुमा पुर्वनिर्धारित आपतकालिन सन्देश ‘अर्जेन्ट आइ निड हेल्प। प्लीज कल’ एसएमएस आपतकालिन सन्देशका रुपमा गो सिम प्रयोगकर्ताको नम्बर सहित स्वतः जानेछ।

ग्राहकले यसरी आपतकालिन सन्देश प्रवाह गर्नपर्ने तीन नम्बरहरु एस्ट्रिक्स १७१८० एस्ट्रिक्स १ ह्यास डायल गरी सजिलै राख्न, हटाउन वा परिवर्तन गर्न सक्ने पनि एनसेलले जानकारी दिएको छ। यो सेवा ग्राहकले आपलकालिन अवस्थामा मात्र आवश्यक सहयोगको लागि प्रयोग गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ।

गो सिम प्रयोगगर्ने कोही पनि महिलाले महिलाका क्षेत्रमा कामगर्ने विभिन्न संस्थाहरुमा महिनामा ६० मिनेटसम्म निःशुल्क कल गर्न सक्ने सुविधा समेत छ। यसबाट महिलाहरुले आफुलाई आवश्यक परामर्श सजिलै लिन सक्नेछन् कम्पनीको विश्वास छ।

4425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?