जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

सनराइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने

स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मासाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ । सनराइज बैंकका ग्राहकहरुले Sunrise Smart App प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रति बस टिकट रु. २०० र हवाई टिकट मा प्रति टिकट रु. ३०० का दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।

कोभिड १९ ले धेरै क्षेत्र र व्यक्तिहरुको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरुको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास छ । सन्राइज बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ असोज २५ देखि कार्तिक ११ गते सम्मको लागी यो योजना ल्याएको हो ।

महालक्ष्मी विकासका ऋणीलाई दशैको अफर ब्याजमा भारी छुट

महालक्ष्मी विकास बैंक बैंकबाट कर्जा सुविधा लिएका ग्राहकलार्ए ब्याजमा भारी छुटको अफर सार्वजनिक गरेको  छ । बैंकले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट गर्ने निर्णय गरेको हो ।

बैंकले व्याज रकममा १० प्रतिशत छुट असोज मसान्तभर प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाएको बैंकले जनाएका छ ।

देशकाशहरी तथा ग्रामीण क्षेत्रकाविभिन्न स्थानहरुमा १०२ वटा शाखातथा ३४ वटा एटिएमहरुमार्फत सेवाप्रदानगरिरहेको महालक्ष्मीविकास बैंक लि. को ग्राहक संख्याकरिब ५ लाखभन्दा बढी रहेको छ ।

प्रभु मनि ट्रान्सफरको दसैं उपहार योजना, हरेक साता ३२ इन्चको टिभी

प्रभु मनि ट्रान्सफरले दसैंका लागि विशेष उपहार योजना ल्याएको छ। कम्पनीले ‘सुरक्षित मनाऔ पर्व, प्रभुको उपहारसँग’ योजना ल्याएको छ। यो योजनाबाट रकम पठाउने र लिने दुबै लाभान्वित हुनेछन्।

यो योजनामा हरेक साता ३२ इन्चको टिभीसहित प्रभु सेटअप बक्स पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रभु क्यापिटलमा प्रभु बैंकको डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पेमार्फत मोबाइल वालेटमा ३० रुपैयाँ बराबरको टपअप र प्रभु डिजिटलबाट नेट तथा टिभीको वार्षिक प्याकेज लिने ग्राहकले दुई महिनाको अतिरिक्त बोनस पाउनेछन्।

नेपालमै पहिलो पटक सनराइज बैंकले ल्यायो मिस्ड कल गरेरै बिजुलीको पैसा तिर्ने व्यवस्था

सनराइज बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नबिनतम् सेवा प्रदान गर्दै आएको छ । यसै अनुसार नेपालमै पहिलो पटक सन्राइज बैकले आफ्ना ग्राहकबर्गहरुलाई लक्षित गरी मिस्ड कल सेवा मार्फत विद्युत महसुल भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।

यस सेवाको सुरु सँगै अब देखि सन्राइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकहरुले बैंकले तोकेको मोबाइल नम्बर ९८५१२७३८६२ मा मिस्डकल गरी आफ्नो मासिक विद्युत महसुल तिर्न सक्नेछन् । यस सेवा प्रयोग गर्नको लागी एकपटक आफ्नो विद्युत महसुल सम्बन्धी विवरण सन्राइज बैंकको कुनै पनि शाखामा दर्ता भने गराउनुपर्नेछ । ग्राहकहरुको सुविधाको लागि डिजिटल दर्ता प्रणाली पनि छिटै कार्यावयनमा आउने बैकले जनाएको छ ।

हालसम्म सन्राइज बैंकका ग्राहकहरुले सनराइन स्मार्ट एपबाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिनानै सामान्य मोबाइलबाटै मिस्डकल गरेर बिजुलीको बिल तिर्न सक्नेछन् । विद्यमान महामारीको समयमा घरैमा बसी बसी यसरी बिभिन्न सेवाका शूल्क भुक्तानी गर्न मिल्ने कारण यसले ग्राहकबर्गलाई भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैकको विश्वास छ ।

महामारीमा आइएमईको कल्याणकारी कदम, स्थापना ग¥यो ‘भरोसा कोश’ कोभिडका कारण विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग गर्ने

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने एक मात्र उद्देश्यका साथ आइएमईले ‘भरोसा कोश’ को स्थापना गरेको छ ।

कोशमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल कार्तिक मसान्तसम्म आवेदन दिन सक्नुहुनेछ ।

यसरी रितपूर्वक प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइनेछ । यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुनेछ । आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ–साइटहरू मार्फत आज एक आह्वान पत्र जारी गर्दै उक्त कुरा बताएको हो ।

हामी नेपालीले मनाउँदै आएका चाडपर्वहरूको यो मौसम पनि यसवर्ष हामीलाई फिक्का लागेको छ । त्यसैले पनि सधैँ चाडपर्वलाई लक्षित गरी ल्याइने सेवाग्राहीमुखी स्किम ल्याउन यसपटक हामी असमर्थ भयौँ ।

तथापि, चाडपर्वमा दिनुपर्ने विशेष सेवाको व्यवस्था सदा झैँ यसपटक पनि मिलाइएको छ । हामीले यस वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेका छौँ । हाम्रो यो प्रयासबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्नेमा हामी विश्वस्त छौँ । कम्पनीले आज जारी गरेको आह्वान–पत्रमा उल्लेख गरिएको छ । यस सम्बन्धि विस्तृत जानकारी कम्पनीका आधिकारिक वेभ–साइटहरूमा उपलब्ध हुनेछन् ।

एन आई सी एशिया बैंकको कार्डमार्फत ई–कमर्शमा अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म आकर्षक नगद फिर्ता प्राप्त गर्न सकिने

गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहनुहुने ग्राहक महानुभावहरूका लागि आकर्षक नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । उक्त आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu Marketplace, Thulo Pasal, Infistore, Okdam र Kalmart जस्ता ई–कमर्शबाट बैंकका ग्राहक महानुभावहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ बृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहक महानुभावहरूलाई प्रोत्साहन गर्नका निमित्त उक्त ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हो ।

पछिल्लोपटक डिजिटल कारोबारमा ग्राहक महानुभावहरूको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै यस बैंकले Sastodeal र Gyapu Marketplace मा २० प्रतिशत वा रू.२००० सम्म, Kalmart मा २५ प्रतिशत वा रू.१५०० सम्म तथा Thulo Pasal, Infistore र Okdam मा १५ प्रतिशत वा रू.१००० सम्म नगद फिर्ता हुने व्यवस्था गरेको छ । यस बैंकमा आबद्ध ग्राहक महानुभावहरूले २७ असोज देखि १ कार्तिक २०७७ सम्म ई–कमर्शहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्नुहुनेछ ।

चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका निमित्त बैंकले उक्त ई–कमर्शहरूसँग समझदारी गरी आकर्षक नगद फिर्ताको व्यवस्था गरेको हुँदा ग्राहक महानुभावहरूले सो अवसरको फाइदा लिनुहुने बैंकले विश्वास लिएको छ । साथै यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको iServe मार्फत समयमै आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउनुहुन हार्दिक अनुरोध गर्दछ ।

बैंकले कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे Cybersource मार्फत जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा जारी गरिएको कार्डहरूमार्फत अनलाइन रुपमा भुक्तानी प्राप्त गर्न सकिने सुविधा ल्याएको हुँदा इच्छुक मर्चेन्टहरूले आफ्नो व्यवसायमा यस बैंकको Cybersource अनलाइन भुक्तानी प्रणाली जोडी ग्राहक महानुभावहरूको भुक्तानी रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नुहुनेछ । बैंकले ल्याएको यस नवीनतम सेवाले भविष्यमा विभिन्न ई–कमर्शहरूसँग विभिन्न नगद फिर्ताको योजनामा सहकार्य गर्दै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्ने यस बैंकले लक्ष्य लिएको छ ।

डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न आफ्ना विभिन्न योजनाहरू जस्तै ई–कमर्शमार्फत किनमेल, Happy Hour, Super Six Campaign आदिबाट ग्राहक महानुभावहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्दै आएको छ ।

बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप विभिन्न सेवा तथा सुविधाहरूलाई डिजिटलमैत्री बनाउदै ग्राहक महानुभावहरूलाई समेत डिजिटल कारोबार तथा सेवा तर्फ आकर्षित गरिरहेको छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । साथै ग्राहक महानुभावहरूले MoBank बाट भुक्तानी गर्दा Happy Hour योजनाबाट रू. ४००  Super Six Campaign योजनाबाट रू. ५०० तथा अनलाइनबाट खाता खोली पहिलोपटक MoBank मार्फत कारोबार गर्दा रू. ५०० गरी मासिक रुपमा रू. १,४०० सम्मको नगदफिर्ता प्राप्त गर्ने योजना समेत बैंकले सञ्चालन गरिरहेको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै डिजिटल कारोबार गर्ने महानुभावहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच डिजिटल माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको Digital Nepal Framework अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहक महानुभावहरूलाई आकर्षित गरी मुलुकको अर्थतन्त्रलाई Cashless Economy बनाउन सहयोग पु¥याउन बैंकले यस प्रकारका योजनाहरू कार्यान्वयनमा ल्याइरहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४६९ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू. १ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

 

मुक्तिनाथले दिने भयो लेखापरीक्षकहरुलाई सहजकर्जा

मुक्तिनाथ विकास बैंकले लेखापरीक्षकहरुलाई सहज रुपमाकर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा उपलब्ध गराउने छ ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसकोतर्फबाट एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन । यो सम्झौता अनुसार लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभहुने बताइएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ ।

सानिमा बैंकमा पाँच दिन विषेश छुट अफर

चाडपर्वलाई लक्षित गर्दै सानिमा बैंकका ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा“बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्गपोर्टल सस्तो डिलसँगको सहकार्यमासंचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्गएप, सानिमा सजिलो ई–बैंकिङ प्रयोगकर्ताले क्यु आर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वाअधिकतम्  २ हजार ५००रुपैयाँसम्मक्यास ब्याक प्राप्त गर्न बैंकले जनाएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “ँष्चकत अयmभ ाष्चकत कभचखभ”को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । यो योजना २७ आश्विनदेखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ । सानिमा बंैकको सातै प्रदेशमाहाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

जनरल इन्स्योरेन्सको आईपीओ सूचीकृत

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । असोज २० गते बाँडफाँट भएको कम्पनीको आईपीओ मंगलवारदेखि कारोबार गर्न सकिने गरी सोमवार सूचीकृत भएको हो ।

नेप्सेले पहिलो कारोबारका लागि १०१ दशमलव ७६ रुपैयाँदेखि ३०५ दशमलव २८ रुपैयाँसम्मको ओपनिङ मूल्य रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको प्रतिशेयर नेटवर्थको आधारमा मूल्य रेञ्ज तोकेको हो । कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ मूल्य पाउने व्यवस्था छ ।

यस कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ दशमलव शून्य २ रुपैयाँ रहेको छ । यस कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । असोज २० गते बाँडफाँट भएको यो आईपीओ एक साताभित्र कारोबार योग्य भएको हो ।

सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भैसकेको यो शेयर मंगलवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । जनरल इन्स्योरेन्सको संस्थापकतर्फ ७० करोड रुपैयाँ र सर्वसाधारण तर्फ ३० करोड रुपैयाँको बराबरको १ करोड कित्ता शेयर सूचीकृत गरेको हो ।

बैंक अफ काठमाण्डूको संस्थापक शेयर विक्रीमा

बैंक अफ काठमाण्डूले भरत कुमार श्रेष्ठको नाममा रहेको १२ हजार ६३१ कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ । बैंकले श्रेष्ठले उक्त शेयर विक्री गर्न निवेदन दिएकाले लिलामीमा विक्री खुला गरेको हो । यो शेयर खरिदका लागि बैंकका बहालवाल संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिईने बताएको छ ।

यो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशन गरेको मितीले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर निवेदन दिन बैंकले अनुरोध गरेको छ । उक्त अवधिभित्र कसैको निवेदन प्राप्त नभएमा कानुन बमोजिम विक्री गरिने समेत बैंकले जानकारी गराएको छ ।

१० वर्षमाथि फिक्स्ड ब्याजदरमा कर्जा प्रवाह गर्दै माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले काक्तिक १ गतेदेखि लागू हुनेगरी कर्जा तथा निक्षेपमा नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

हाल बैंकले २५ प्रकारका भन्दाबढी बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा बैंकले साधारण बचत खातामा न्युनतम १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ ।

बैंकले ३ महिनादेखि १५ वर्षभन्दा माथिका मुद्दति खाता समेत सुचारु गरेको छ । जसमध्ये व्यक्तिगततर्फ ३ महिनादेखि १ वर्षसम्ममा ७.२५ प्रतिशत, १ वर्षदेखि ३ वर्षसम्ममा ८.२५ प्रतिशत, ३ वर्षदेखि ५ वर्षसम्ममा ८.७५ प्रतिशत र ५ वर्षदेखि १० वर्षसम्ममा ९.२५ प्रतिशत र सोभन्दा माथि ९.७५ प्रतिशत ब्याजदर दिने भएको छ । संस्थागत मुद्दतितर्फ बैंकले ३ महिनादेखि १५ वर्षभन्दा माथिमा खातामा न्यूनतम ६.५ प्रतिशतदेखि १०.२५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ ।

यसैगरी बैंकले कात्तिक १ गतेदेखि १० वर्षभन्दा माथिका फिक्स्ड ब्याजदरमा व्यक्तिगत कर्जाका प्रवाह गर्ने भएको छ । जसमा ५ बर्षमाथिमा घर कर्जा ९.८९ प्रतिशत, सवारी कर्जा ९.९९ प्रतिशत र अन्य खुद्रा कर्जाको १०.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले ५ बर्षदेखि १० बर्षसम्मका घर कर्जा १०.८९ प्रतिशत, सवारी कर्जा १०.९९ प्रतिशत र अन्य खुद्रा कर्जाको ११.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै, १० वर्षभन्दा माथिका घर कर्जाको ११.८९ प्रतिशत र अन्य खुद्रा कर्जाको १२.२४ प्रतिशत ब्याजदर तोकेको छ ।

  शाह र भण्डारीलाई लागेको कानुन हिमालयन बैंकका सीइओ राणालाई चाहि किन लागेन ?

नेपालको कानुन दैवले जानुन भन्ने उखान जस्तै भएको छ । नेपाली बैंकहरुको कर्पोरेट सुशासन भन्दा अब चाहि फरक पर्दैन । नेपाल राष्ट्र बैंकले करिब ७ वर्ष अगाडी एउटै व्यक्ति एउटै बैंकमा २ कार्यकाल (८ वर्ष मात्र) सीइओ हुन पाउने निर्देशिका नै जारी ग¥यो । यसैमा टेकेर तत्कालीन मेगा बैंक लिमिटेडका सीइओ अनिल केशरी शाहको जागिर गयो । उनी नबिल बैंकमा डिपुटी सीइओ हुँदै सीइओ बने ।

तत्कालीन सिद्धार्थ बैंक लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीको २ कार्यकाल पूरा भए पछि उनीको पनि जागिर गयो उनी कुमारी बैंकको सीइओ बने । यि त पात्र मात्रै हुन् ।

तर विगत १२ वर्ष देखि एउटै बैंकमा सीइओ बनिरहेकाहरु पनि नेपाली बैंकमा छन् भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो । नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयन सम्शेर राणाको र खेतान ग्रुप लगायत अन्य समूहको लगानीमा स्थापना भएको हिमालयन बैंकमा अशोक सम्शेर राणालाई पुन चौथो कार्यकालका लागि असार २२ गते बैंक संचालक समितिले सीइओ नियुक्त गरेको छ ।

भनिन्छ कानुन सबैलाई एउटै हुनुपर्दछ । तर २ वर्ष सीइओ शाह र भण्डारीलाई लागेको कानुन हिमालयन बैंकका सीइओ राणालाई चाहि किन लागेन ? नबनियुक्त गर्भनर महाप्रसाद अधिकारीज्यू, ? जनतालाई कानुन लाग्ने राणा राजा साबहरुलाई चाहि नलाग्ने नेपालमा अर्को कानुन पनि छ गर्भनर साब ?

यसको उत्तर अब तपाईले मौद्रिक नीति मार्फत दिनै पर्दछ । नेपाल राष्ट्र बैंकले ७ वर्ष अगाडी एउटै बैंकमा २ कार्यकाल भन्दा बढि सीइओ हुन नपाउने निर्देशिका जारी गर्दै नेपालका बैंक वित्तिय संस्थाहरुलाई आ–आफ्नो बैंक र वित्तिय संस्थाको प्रबन्ध पत्र, नियमावलीमा व्यवस्था गर्न निर्देशन नै दियो ।

प्रायः सबै बैंकले राष्ट्र बैंकको सो निर्देशनलाई प्रबन्ध पत्र, नियमावलीमा राख्ने व्यवस्था गरे र राष्ट्र बैंकलाई जानकारी दिए । तर, केही बैंकहरुले यसलाई रद्दीको टोकरीमा फालेर लगातार बैंकको सीइओ बन्दै आएका छन् भन्दा फरक पर्दैन तर निकम्मा राष्ट्र बैंक चुपचाप छ । कारण के हो ? अथमन्त्री डा. युवराज खतिवडाज्यू ?

दुई कार्यकाल भन्दा बढि सीइओ एउटै बैंकमा बन्न नपाउने निर्देशनलाई एनबी बैंक र हिमालयन बैंकले अझै आफ्नो बैंकको प्रबन्ध–पत्र, नियमावलीमा साधारण सभाबाट पास गरी राखेको देखिदैन र यसैलाई टेकेर पूर्व गर्भनर डा. चिरनजीवी नेपालको आर्शिवादबाट एनबी बैंकमा तेस्रो कार्यकालको लागि ज्ञानेन्द्र प्रसाद ढुंगाना सीइओ बने भने २०७७ असार २२ गते हिमालयन बैंकको सीइओ अशोक सम्शेर राणा चौथो कार्यकालका लागि सीइओ बने ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ७ वर्ष अगाडी दिएको निर्देशन अझै लागु नगर्ने बैंकहरुलाई कारवाही र जरिवाना हुुन्छ कि हुदैन गर्भनर साब ? सानालाई मात्रै कानुन लाग्ने ठूलालाई छुट हुनु कुन कानुनको कति दफामा कहाँ उल्लेख छ । प्रस्ट अब गर्भनर अधिकारीज्यूले नै पार्ने बेला आएको देखिन्छ ।

यसरी नै ठुलावडाका बैंकले राष्ट्र बैंकको निर्देशनलाई पालना नगर्ने हो भने भोली बैंक र वित्तिय क्षेत्रमा अराजकता बढ्ने र कर्पोरेट सुसाशनको अन्त्य हुने प्रस्टै देखिन्छ ।

हिमालयन बैंकको सीइओ पुनः राणा !
अशोक सम्शेर ज.ब.रा. हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् ।
गत सोमबार अर्थात असार २२ गते बसेको बैंक संचालक समिति बैंठकले ज.ब.रा.लाई नै प्रमुख कार्यकार िअधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।  ज.ब.रा.लाई थप ४ वर्षका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएको बैंक्ले जनाएको छ । आजलाई यत्ति ।