जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  •   शाह र भण्डारीलाई लागेको कानुन हिमालयन बैंकका सीइओ राणालाई चाहि किन लागेन ?

  शाह र भण्डारीलाई लागेको कानुन हिमालयन बैंकका सीइओ राणालाई चाहि किन लागेन ?

नेपालको कानुन दैवले जानुन भन्ने उखान जस्तै भएको छ । नेपाली बैंकहरुको कर्पोरेट सुशासन भन्दा अब चाहि फरक पर्दैन । नेपाल राष्ट्र बैंकले करिब ७ वर्ष अगाडी एउटै व्यक्ति एउटै बैंकमा २ कार्यकाल (८ वर्ष मात्र) सीइओ हुन पाउने निर्देशिका नै जारी ग¥यो । यसैमा टेकेर तत्कालीन मेगा बैंक लिमिटेडका सीइओ अनिल केशरी शाहको जागिर गयो । उनी नबिल बैंकमा डिपुटी सीइओ हुँदै सीइओ बने ।

तत्कालीन सिद्धार्थ बैंक लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीको २ कार्यकाल पूरा भए पछि उनीको पनि जागिर गयो उनी कुमारी बैंकको सीइओ बने । यि त पात्र मात्रै हुन् ।

तर विगत १२ वर्ष देखि एउटै बैंकमा सीइओ बनिरहेकाहरु पनि नेपाली बैंकमा छन् भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो । नेपाल राष्ट्र बैंकका प्रथम गर्भनर हिमालयन सम्शेर राणाको र खेतान ग्रुप लगायत अन्य समूहको लगानीमा स्थापना भएको हिमालयन बैंकमा अशोक सम्शेर राणालाई पुन चौथो कार्यकालका लागि असार २२ गते बैंक संचालक समितिले सीइओ नियुक्त गरेको छ ।

भनिन्छ कानुन सबैलाई एउटै हुनुपर्दछ । तर २ वर्ष सीइओ शाह र भण्डारीलाई लागेको कानुन हिमालयन बैंकका सीइओ राणालाई चाहि किन लागेन ? नबनियुक्त गर्भनर महाप्रसाद अधिकारीज्यू, ? जनतालाई कानुन लाग्ने राणा राजा साबहरुलाई चाहि नलाग्ने नेपालमा अर्को कानुन पनि छ गर्भनर साब ?

यसको उत्तर अब तपाईले मौद्रिक नीति मार्फत दिनै पर्दछ । नेपाल राष्ट्र बैंकले ७ वर्ष अगाडी एउटै बैंकमा २ कार्यकाल भन्दा बढि सीइओ हुन नपाउने निर्देशिका जारी गर्दै नेपालका बैंक वित्तिय संस्थाहरुलाई आ–आफ्नो बैंक र वित्तिय संस्थाको प्रबन्ध पत्र, नियमावलीमा व्यवस्था गर्न निर्देशन नै दियो ।

प्रायः सबै बैंकले राष्ट्र बैंकको सो निर्देशनलाई प्रबन्ध पत्र, नियमावलीमा राख्ने व्यवस्था गरे र राष्ट्र बैंकलाई जानकारी दिए । तर, केही बैंकहरुले यसलाई रद्दीको टोकरीमा फालेर लगातार बैंकको सीइओ बन्दै आएका छन् भन्दा फरक पर्दैन तर निकम्मा राष्ट्र बैंक चुपचाप छ । कारण के हो ? अथमन्त्री डा. युवराज खतिवडाज्यू ?

दुई कार्यकाल भन्दा बढि सीइओ एउटै बैंकमा बन्न नपाउने निर्देशनलाई एनबी बैंक र हिमालयन बैंकले अझै आफ्नो बैंकको प्रबन्ध–पत्र, नियमावलीमा साधारण सभाबाट पास गरी राखेको देखिदैन र यसैलाई टेकेर पूर्व गर्भनर डा. चिरनजीवी नेपालको आर्शिवादबाट एनबी बैंकमा तेस्रो कार्यकालको लागि ज्ञानेन्द्र प्रसाद ढुंगाना सीइओ बने भने २०७७ असार २२ गते हिमालयन बैंकको सीइओ अशोक सम्शेर राणा चौथो कार्यकालका लागि सीइओ बने ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले ७ वर्ष अगाडी दिएको निर्देशन अझै लागु नगर्ने बैंकहरुलाई कारवाही र जरिवाना हुुन्छ कि हुदैन गर्भनर साब ? सानालाई मात्रै कानुन लाग्ने ठूलालाई छुट हुनु कुन कानुनको कति दफामा कहाँ उल्लेख छ । प्रस्ट अब गर्भनर अधिकारीज्यूले नै पार्ने बेला आएको देखिन्छ ।

यसरी नै ठुलावडाका बैंकले राष्ट्र बैंकको निर्देशनलाई पालना नगर्ने हो भने भोली बैंक र वित्तिय क्षेत्रमा अराजकता बढ्ने र कर्पोरेट सुसाशनको अन्त्य हुने प्रस्टै देखिन्छ ।

हिमालयन बैंकको सीइओ पुनः राणा !
अशोक सम्शेर ज.ब.रा. हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् ।
गत सोमबार अर्थात असार २२ गते बसेको बैंक संचालक समिति बैंठकले ज.ब.रा.लाई नै प्रमुख कार्यकार िअधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।  ज.ब.रा.लाई थप ४ वर्षका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय भएको बैंक्ले जनाएको छ । आजलाई यत्ति ।

17640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका