जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

एनएमबि बैंक विच्याट भुक्तानी प्रणाली भित्र्याउने पहिलो बैंक बन्यो, चिनियाँ पर्यटकलाई सहज हुने

एनएमबि बैंकले चिनियाँ कम्पनी टेन्सेन्ट होल्डिङ लिमिटेडसँग सम्झौंता गरेको छ। यो सम्झौंतापछि नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले विच्याटमार्फत सहज रुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्नेछन्।

एनएमबि बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंक भएको विज्ञप्तिमार्फत दाबी गरिएको छ। ‘१.१७ अर्ब भन्दा बढी  मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसँग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेका छौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संख्यात्मक हिसाबले समेत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या उल्लेखनीय छ। देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको बैंकले जनाएको छ। बैंकका अनुसार यसबाट चिनियाँ पर्यटकहरुले सामना गरेको मुद्रा विनिमयको समस्यालाई सहज बनाउने छ।

चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत सहयोग पुग्ने बैंकले जनाएको छ। बैंकका अनुसार यसबाट देशको विदेशी मुद्राको संचिति बढाउन समेत सहयोग पुग्नेछ।

विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई बिदेशी मुद्रा कारोवारको हिसाव मिलानको सहज व्यवस्थापन गर्न सहज हुने बैंकले दाबी गरेको छ।

प्रभु लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँको सेयर जारी गर्ने, स्वीकृति माग्न धितोपत्र बोर्ड

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ। कम्पनीले साधारण सेयर जारी गर्ने प्रक्रिया सुरु गरेको छ।

प्रभुले सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग स्वीकृति माग गरेको छ। कम्पनीले ६० लाख कित्ता सेयर निष्कासन गर्न असोज २३ गते बोर्डमा निवेदन दिएको हो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको छ। कम्पनीले जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो। ६० करोडको सेयर जारीपछि कम्पनीले चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

प्रभु बैंकको श्रीनगर शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा आफ्नो २०९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन  शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले उद्घाटन गरेका थिए  ।

बैंकको श्रीनगरमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी सुरेश अधिकारीज्यूले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेका थिए ।

बैंकको श्रीनगरमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् ।

एनएमबी बैंकबाट किआ अटोमोबाइलका गाडीहरुमा २४ घण्टाभित्रै अटो लोन

एनएमबि बैंक लिमिटेड र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच किया (KIA) अटोमोबाइलको प्राथमिक फाईनान्सिङ्गको रुपमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा. लि.का तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेका थिए ।

उक्त साझेदारीको प्रावधान अनुरुप एनएमबि बैंकले कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा.लिद्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गर्दछ । दुबै संगठनहरूले संयुक्त रूपमा साझेदारीलाई बढावा दिनेछन् र ग्राहकसंगको अन्तक्रियाले ब्रान्ड भ्यालु बढाउन ग्राहकको अनुभव बढाउन सुनिश्चितता गर्नेछ ।

किआ मोटर्स लगातार स्थीर रुपमा दक्षिण कोरियाबाट आयातित एक सर्वोत्कृष्ट अटोमोबाइल ब्रान्डको रूपमा रहेको छ र हामी विश्वस्त छौं कि कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राइजेज लिमिटेड जसले एक दशक भन्दा बढी समयदेखि आफ्नोे ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ, जससंगको यो सहकार्यले ग्राहकहरूको लागि सहज वित्तीय सुविधा सहित एक उत्तम मोटर वाहनको ब्रान्ड प्राप्त गर्ने चाहना साकार गर्ने मद्दत गर्नेछ । ’ बैंकद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

कोरोना बीमाको दावी भुक्तानी फास्ट ट्रयाकबाट गर्ने तयारी

लामो समयदेखि रोकिएको कोरोना बीमाको दावी भुक्तानी फास्ट ट्रयाकबाट गर्ने तयारी गरिएको छ । कोरोना बीमाको दावी भुक्तानी ७१ करोडभन्दा बढि भइरहेको छ । ठूलो रकम दावी भुक्तानी गर्न बाँकी रहेपछि बीमा पुलमार्फत फास्ट ट्रयाक बिधिबाट कोरोना बीमाको दावी भुक्तानी गर्न लागिएको नेपाल बीमक संघले जनाएको छ ।

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले सिष्टम बन्दै गरेकोले दावी भुक्तानीमा ढिलाई भएको र अब तीव्र गतिमा भुक्तानी हुने बताउँछन् । बीमा समितिका अनुसार कोरोना भाइरस संक्रमितको नाम तथा विवरण स्वास्थ्य मन्त्रालयबाट प्रमाणित गरेर मात्रै दावी भुक्तानी गर्ने गरी सिष्टम बनाउँदा समय लागेको हो । बीमा समितिले स्रोतले भन्यो, ‘यसै साताबाट नतिजा देखिने गरी भुक्तानी हुन्छ ।’ बीमा समितिमा कोरोना बीमाको संक्रमण भएका कारण पनि थप ढिलाई भएको हो ।

बीमक संघ, बीमा समिति र स्वास्थ्य मन्त्रालयबीचमा समन्वय स्थापना गर्न ढिलाई भएकोमा अब तीव्र गतिमा भुक्तानी गर्ने गरी काम भइरहेको बीमक संघको भनाई छ । नेपाल बीमक संघले केही दिन पहिले बक्तव्य निकालेर कोरोना बीमाको दावी भुक्तानीमा ढिलाई भएको जनाएको थियो ।

आइएमई पे वालेट मार्फत सामान किन्दा ३० प्रतिशत क्यास ब्याक

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रबद्र्धित ‘आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।

किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू जस्तैः– औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको हो । यो अफर २५ असोजबाट शुरू भइ कार्तिक ७ गतेसम्म कायम हुने जनाएको छ ।

कोरोना भाइरस बढेको भन्दै यो पटक राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

नेपाल राष्ट्र बैंकले यसपाली दशैँमा नयाँ नोट सटही नगर्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने राष्ट्र बैंकले निर्णय गरेको हो ।

विगतका वर्षहरुमा दशैंमा नयाँ नोट निष्काशन गरी वितरण गर्दै आएको थियो । तर यस वर्षको दशैमा भने हाल तीव्र रुपमा कोरोना भाइरसको संक्रमण बढेको र नोट वितरण गर्दा बैंकहरुमा भिडभाड हुने हुँदा नयाँ नोट सटही नगर्ने भन्र्दै केन्द्रीय बैंकले सुचना जारी गरेको छ ।

जारी सुचनामा भनिएको छ– ‘राष्ट्र बैंकमा नै र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको भएको परिपेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनैपनि कार्यालयहरुबाट यस वर्षको वडादशैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’

गत वर्षको दशैंमा मात्र राष्ट्र बैंकले करिब ६० अर्ब रुपियाँ नयाँ नोट वितरण गरेको थियो ।

बीमा समितिलाई चुनौती दिँदै सगरमाथा इन्स्योरेन्स कम्पनीले कानुन विपरित बीमा लेख जारी गरेको खुलासाः बीमा समिति बेखबर ! (प्रमाण सहित)

नेपालको पुरानो निजीवन बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीले कानुन बिपरित बीमा लेख जारी गरेको फेला परेको छ ।
बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले स्थलगत निरिक्षण गरेको पछिल्लो प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको भेटिएको हो ।

बीमा समितिले गरेको स्थलगत निरिक्षण प्रतिवेदन भित्र भनिएको छ । चंखु क्षेत्री सीइओ रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीले सुन्दा पनि अचम्म लाग्ने बीमा लेख जारी गर्दै बीमा समितिलाई चुनौती दिँदै आएका छन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले उधारोमा बीमा लेख मात्रै जारी गरेको छैन । पशुपक्षी बीमा, माछापालन बीमा कानुन बिपरित गरेको प्रतिवेदनमै उल्लेख देखिन्छ ।

नेपाल बीमक संघका महासचिव समेत रहेका सगरमाथा इन्स्योरेन्स कम्पनीका सीइओ चंखु क्षेत्रीले बीमा समितिले स्थलगत निरीक्षण गरि दिएका दर्जनौ निर्देशन अझै पालना भएको देखिदैन कारण के हो बीमा समितिका अध्यक्षज्यू ?

पटक/पटक नियमनकारी निकाय बीमा समितिले दिएको दर्जनौ निर्देशन सीइओ चंखु क्षेत्रीले रद्दीको टोकरीमा फोलेको बीमा समिति उच्च स्रोतको दाबी छ ।

बीमा समिति उच्च स्रोतले पंक्तिकारसंग भन्यो सगरमाथा इन्स्योरेन्सका सीइओ चंखु क्षेत्रीले आफू सच्चिने प्रतिबद्धता आफै आएर बीमा समितिमा बुझाएका थिए । बीमा समिति र सगरमाथा इन्स्योरेन्सका प्रतिनिधी र सीइओ सहित छलफल पनि भए तर, सीइओले टेरेनन् स्रोतको दाबी छ ।

सगरमाथा इन्स्योरेन्सले पटक/पटक गल्ती गरेकै कारण हामीलाई पनि लागेको छ बीमा समिति उच्च स्रोतले भन्यो । अहिले सगरमाथा इन्स्योरेन्स माथी कारवाही नभएको भन्दै बीमा समितिका अध्यक्षलाई अख्तियारमा उजुरी हाल्ने काम बीमा समितिकै पूर्व कर्मचारीबाट भएको भेटिएको छ । यो गलत काम हो भन्नै पर्दछ ।

हेरौ त सगरमाथा इन्स्योरेन्सबाट कहाँ के के कानुन विपरित काम भए । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमालेख जारी गर्दा समेत कानून विपरित गरेको देखिएको छ । बीमा गर्दा प्रस्ताव फारम पूर्णरुपले भराइ प्राप्त प्रस्तावित विवरणको आधारमा बीमा गर्न प्रस्तावित विषय बस्तुको भैतिक अवलोकन तथा परीक्षण गरी बीमालेख जारी गर्नुपर्नेमा त्यसो नगरी हचुवाको भरमा बीमा लेख बनाएको देखिन्छ । यो पहिलो गल्ती भन्न सकिन्छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा शुल्क प्राप्त गर्नुभन्दा पहिले नै बीमालेख जारी गरी उधारो बीमा गरेर कानुनी राज्यको धज्जी उडाएको मात्रै छैन । बीमा समितिलाई चुनौती दिने काम गरेको देखिन्छ । बीमा ऐन २०४९ को दफा २७ अनुसार कुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमा बापतको शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गरी बीमा शुल्क प्राप्त गरेपछि मात्रै बीमालेख जारी गर्नुपर्ने देखिन्छ । तर, यसमा सगरमाथा इन्स्योरेन्स चुकेको फेला परेको छ । यो बीमा बजारमा राम्रो संकेत पक्कै होइन ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमकले बीमालेख नविकरण गर्दा बीमा गरिएको ह्रासयोग्य सम्पत्तिमा ह्रासकट्टी नगरी नविकरण गरेको उजुरी पत्रमा उल्लेख छ ।

सगरमाथा इन्स्योरेन्सले सर्भेयरहरुले समयमा प्रतिवेदन पेश नगरेको खुलेको छ । बीमा नियमावली २०४९ को नियम ३२ (३) मा सर्भेयर नियुक्त गरेको १५ दिनमा सर्भे प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था भएकोमा त्यो व्यवस्था पालना नभएको उजुरीमै उल्लेख छ ।

सगरमाथा इन्स्योरेन्सले पशुुपन्छी र लघुुबीमामा पनि कानूनको बर्खिलाप गरेको र पशुपन्छी बीमालेखमा नलाइने टिकटको मूल्यमा मात्रै मूल्य अभिवृद्धि कर लगाएर राज्यलाई कर छलेको उजुरीमै उल्लेख छ ।

अर्को गम्भीर गल्ती सगरमाथा इन्स्योरेन्सले बीमकले माछा पालन बीमालेख जारी गर्दा १९.३ हेक्टर (२८.५ बिगाहा) मा माछाको अधिकतम संख्या १ लाख ९३ हजार हुनुपर्नेमा ४ लाख माछाको जोखिम बहन गर्ने गरी बीमालेख जारी गरेर कम्पनीलाई नै घाटा पु¥याउने गम्भीर गल्ती गरेको उजुरीमा उल्लेख छ ।

अर्को गल्ती फेरि दोहो¥याएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमालेख जारी गर्दा बीमितको दुुर्घटना बीमा बापतको बीमाशुल्क निर्धारित बीमाशुल्क भन्दा बिमितसंग बढि लिएको देखिन्छ ।

यति मात्रै होइन बीमा समितिको अध्यक्षज्यू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरमिा भनिएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले ३० दिन भित्र गर्नु पर्ने बीमाको दाबी भुक्तानी २ वर्ष ढिला गरी गरेको गम्भीर र डरलाग्दो कुरा उल्लेख गरिएको देखिन्छ ।
यति सम्मको बीमा समितिको निर्देशन विपरित ५ जना देखि ७ जनासम्मको सगरमाथा इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति हुनुपर्नेमा बीमा समितिलाई नै चुनौती दिँदै यस अगाडी ९ जना राखिएको उजुरी पत्रमा भनिएको छ ।

अर्को महत्वपूर्ण कुरा के पनि छ भने सम्पति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी निवारण निर्देशिका २०७५ को दफा ७ को उपदफा २ मा उल्लेख भएको बीमकले ग्राहक तथा कारोबारको जोखिम मूल्याङक गर्दा त्यस्तो ग्राहक वा कारोबारमा निहित जोखिमलाई वर्गीकरण गर्नुपर्ने छ भन्ने व्यवस्था रहेकोमा सोको पालना नेपाल बीमाक संघका महासचिव समेत रहेका सगरमाथा इन्स्योरेन्स कम्पनीका सीइओ चंखु क्षेत्रीले नगरेको देखिन्छ ।

यस बारेमा प्रतिक्रिया दिँदै सगरमाथा इन्स्योरेन्स कम्पनीका सीइओ चंखु क्षेत्रीले भने यी सबै पुराना कुरा हुन् । कम्पनी आफैमा राम्रो छ । उच्च जोखिम भन्ने कुरा गलत छ । बीमाले जोखिम बहन गर्ने हो । सगरमाथा इन्स्योरेन्स कम्पनी उच्च जोखिममा भए अरुको जोखिम छैनन् त बुझेर मात्रै कमल चलाउन उनीले पत्रकारलाई चुनौती दिए । जे भए पनि बीमितले दुःख पाउनु हुँदैन । हाम्रो भनाई यति हो । सचेत भया ।

सनराइज बैंकको ग्राहकहरुकालागि भाटभटेनी सुपरमार्केटमा विशेष छुट

सनराइज बैंकले कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नबिनतम् सेवाहरु सुरु गर्दै लैजाने योजना अनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना प्रस्तुत गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वाक्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम रु.५०० सम्म तत्काल छुट पाउने व्यवस्था गरिएको छ । सन्राइज बैंकले आफ्नो १३ आंै वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ असोज २५ देखि कार्तिक ११ गते सम्मको लागी यो योजना ल्याएको हो ।

जापानको प्रख्यात खाना ‘बेन्तो’ नेपाल भित्रियो

भाटभटेनी सुपर मार्केटसँगको सहकार्यमा जापानी खाना ‘बेन्तो’ नेपाली बजारमा भित्रिएको छ। होक्काइदो रामन हाउसले ल्याएको बेन्तो भाटभटेनीमा बिक्री हुनेछ।

‘बेन्तो’ जापानमा तालिम प्राप्त अनुभवी सेफले जापानीकै निगरानीमा नेपालमा तयार पार्छन्। यसमा प्रयोग हुने तरकारीहरू आफ्नै बारीमा फलाइन्छ।

आजदेखि बिक्री शुरू हुने बेन्तो हाललाई ५ विभिन्न किसिमका हुने छन्। अहिलेलाई नक्सालको भाटभटेनीमा उपलब्ध हुनेछ।

बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट संचालन गरी काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका अन्य शहरी क्षेत्रमा बिक्री गरिने विज्ञप्तिमा उल्लेख छ। होक्काइदो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले जापानी खानाको सौन्दर्यलाई कायम राखिएको बताए।

‘बेन्तो’ भन्नाले एक जनालाई पुग्ने  खाना पसल र रेष्टुराँबाट ‘टेक आउट’ अथवा  घरमै बनाएर पनि बाहिर बोकेर लान मिल्ने खाना बुझिन्छ। बेन्तोमा प्राय भात, नुडल, माछा, मासु, पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ।

सगरमाथा इन्स्योरेन्सको सहयोगमा ‘बक्स अफिस साइकलिङ’

सगरमाथा इन्स्योरेन्सको सहयोगमा २४ गते शनिबार बक्स अफिस साइकलिङ प्रयोगिता हुने भएको  छ ।  भद्रकालीदेखि कागेश्वरी सहिद पार्कसम्म हुने छ । प्रतियोगिता “नेपाली मन नेपाली सिनेमा, आन्तरिक पर्यटनमा टेवा साइकल चलाउ, प्रदूषण हटाऔं, पर्यावरण जोगाऔं”भन्ने  नारा सहित प्रतियोगिता हुन लागेको हो ।

उक्त प्रतियोगितामा इन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रतिप्रतियोगी पाँच लाख रुपैयाँको निशुल्क दूर्घटना बीमा गर्ने र आर्थिक सहयोग समेत गरेको जनाएको छ  । यसै गरि सगरमाथा इन्स्योरेन्स कम्पनिले विगतमा पनि आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यका विभिन्न कार्यक्रम गरेको कम्पनीले दावी गरेको छ।

प्रभु टिभीले आईपिओ निष्काशन गर्दै, प्रभु डिजिटल लिमिटेड कम्पनीमा रुपान्तरण

नेपालका बैंक, बीमा कम्पनी तथा औद्योगिक क्षेत्रमा ठूलो लगानी गर्दै आएको प्रभु ग्रुपले सञ्चालन गर्दै आएको प्रभु टिभीले आईपिओ निष्काशन गर्ने भएको छ । सो ग्रुप अन्तर्गत सञ्चालित प्रभु डिजिटल प्रालिले आईपिओ निष्काशन गर्नको लागि पब्लिक कम्पनीको रुपमा रुपान्तरण गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट ईमेल सहित सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनी अब पब्लिक लिमिटेड कम्पनीको रुपमा संचालन हुने भएको छ ।

दुर सञ्चार सम्बन्धी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल प्रालिले सञ्चालन गरेको सेवालाई प्रभु डिजिटल लिमिटेडको नाममा सञ्चालन गर्न अनुमति दिइसकेको जनाएको छ । यसअघि नै प्रभु डिजिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रभु डिजिटल लिमिटेड नाम संसोधन गरिसकेको छ ।

प्रभु डिजिटल प्रालिले २०७४ साल कात्तिक ७ गतेदेखि अनुमतिपत्र लिई इन्टरनेट सेवा संचालन गरिरहेको छ । यसका साथै कम्पनीले टेलिभिजन, आईपिटिभी÷ओटिटि सेवा समेत संचालन गरिरहेको छ । प्रभु डिजिटलको आईपिओ सम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।