जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्दै

कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्दै

कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्ने भएका छन् ।

कुमारी बैंकको अगुवाई तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सेती खोला हाइड्रोपावर प्रालिले कास्की जिल्लाको पोखरा महानगरपालीकामा निर्माण गर्न लागेको २२ मे.वा.विद्युत उत्पादन क्षमता रहेको सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता अनुसार कुमारी बैंकबाट २ अर्ब र इन्फ्रास्ट्रक्चर बैंकबाट १ अर्ब २५ करोड गरी जम्मा ३ अर्ब २५ करोड रुपैंयाँ बराबरको कर्जा सिमा स्वीकृत भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंकको तर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्यले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा अनुप आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य दु्रत गतीमा संचालन गरी परियोजनाको अनिवार्य व्यवसायीक संचालन मिति (RCOD) भित्रै परियोजना सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे  ।

यस्तै, कुमारी बैंकका नायव महाप्रबन्धक खनालले हालसम्म बैंकले ४९ वटा विभिन्न परियोजनामा जम्मा २२ अर्ब ८५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको जानकारी दिए । साथै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्म ७ वटा विभिन्न परियोजनामा जम्मा ८ अर्ब ३५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको नायव कार्यकारी अधिकृत पाण्डेले इन्फ्रास्ट्रक्चर जानकारी दिए ।

5685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका